
गत मार्च १६/आइतबारका दिन अचनाक प्रवासी मगर संघलाई प्राप्त जानकारी पश्चात विश्व शान्ति भ्रमणमा निस्केका साईकल यात्रीहरु मध्ये बाग्लुङ राङखानीका पदम बहादुर पुन मगर विश्व शान्ति, नेपाल मगर संघको नारा र अभिभारा बारे जानकारी लिदै नेपालको राष्ट्रिय झण्डा बोकेर शान्ति पि्रय भावनाले भ्रमणमा मगरहरुको साहसी कदम चालेकोमा प्रवासी मगर संघ केन्दि्रय अध्यक्ष खुमरानाले धन्यवाद सहित सम्पूर्ण मगरहरु गर्वीत र हषिर्त भएको कुरा व्याक्त गर्नु भएको छ । यात्रीहरु मलेसिया प्रवेश गरेको धेरै दिन पश्चात सम्पर्क भएको कारण झट्ट कुनै ठूलो कार्यक्रम योजना गर्ने समय अनुकुल नभएकोले उहांहरुको विश्व साईकल भ्रमणको लक्ष्य सहित यात्रा सफल रहोस भन्दै प्रवासी मगर संघले शुभकामना व्याक्त गरेको छ । साईकल यात्रीहरुलाई सम्मान स्वरुप आरएम एकसय एक प्रदान गर्दै पदम बहादुर पुन प्रती मगरहरुको नाम विश्वमा चिनाउने अग्रसर भएकोमा संघका अध्यक्षले धन्यवाद टक्र्Юयाउनु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|