
विश्व सर्वहारा वर्गको नेपाली श्रमिक सर्वहाराहरुको आधार विन्दु बनेर उदाएको \"नेपाल क्रान्तिकारी संगठन मलेसिया\" को क्षेत्रिय कमिटि इपोको आईतबार बसेको बैठकले मलेसिया तथा विश्वमा छरिएर रहेका सम्पूर्ण प्रवासी नेपालीहरुलाई गरिब, निमुखा, सर्वहाराहरुको भविष्य बनाउन २४० बर्षे शाही तन्त्रलाई अन्त्य गर्दै नयां नेपालको उदय गर्नको निम्ति यही २०६४ चैत्र २८ गते गणतान्त्रिक अभियान संविधानसभाको चुनावमा आ-आफ्नो परिवारजन, छर छिमेकलाई हभागि भएर हाम्रा नेताहरु अथवा भविष्यको महान व्याक्तिहरुलाई अत्याधिक बहुमतले बिजय गराउनको निम्ति विश्वभरीका नेपाली अनलाईन मिडिया, पत्रपत्रिकाबाट घचघचाउन पनि अनुरोध गरेको छ । उक्त बैठक केन्दि्रय कमिटिका सदस्य शमिर नेम्बाङको संयोजकत्वमा सम्पन्न भएको थियो भने संविधानसभाको चुनाव बारे वृहत छलफल भएको थियो । साथै आउंदो आइतबार नेपाल क्रान्तिकारी संगठन मलेसिया केन्दि्रय कमिटिको बैठकमा सबैजना उपस्थित भएर वृहत छलफल गर्ने कुरा व्यक्त गरीएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|