
आइतबारका दिन किरात धर्म तथा साहित्य उत्थान सम्पर्क समिति मलेसियाको आयोजनामा क्वालालम्पुरको कोताराया स्थित एक वृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।
चन्द्र थोपडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कोपिला गौतम हुनुहुन्थ्यो भने मलेसियामा स्थिापित विभिन्न संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मिहरु साथै श्रमिकहरुको उपस्थिती रहेको थियो । ओत् तागेरा निङमाभूमाङ भन्दै प्रार्थानाका साथ साथै समितिको तर्फबाट अध्यक्ष पर्शुराम चोङबाङ, मोहोन थेवे अदिले किरात धर्मको ओत् तागेराको संक्षिप्त जानकारी गराउदै सो इच्छाले प्रार्थाना गर्ने अनुरोध गरीएको थियो । उक्त क्रार्यक्रमको शुरु दिनको १२ बजेबाट गरीएको थियो । भने निम्न बुदांहरुमाथि छलफल गरीएको थियो ।१
. प्राणघातक रोग एड्स र अन्य रोग सम्बन्धि जनचेतना ।२
. विलासिता फजुल खर्च कम गर्दै आर्थिक क्रान्तिको खोज ।३
. धुम्रपान मद्यपानबाट हुने हानिकारक र मृत्युदर ।४
.सुतेको सुत्यै हुने रोगबाट बच्ने प्राथमिक उपाय र दिर्घकालिन उपाय बारे ।५
. अवैधानिक रुप मलेसिया रहंदा पक्राउ परी विभिन्न जेलमा रहेका नेपालीहरुको लागि गर्न सक्ने पहल ।६
. अवैधानिक रुपमा रहदै आएका नेपाली नागरीकहरु प्रति हुने अपहेलनाको नियन्त्रण र समान व्यवहार गर्ने । साथै विभिन्न विषयहरुमाथी लगभग तीन घण्टा अन्र्तक्रिया गरीएको थियो । लामो अन्र्तक्रिया पश्चात मलेसियामा स्थिापीत सबै संघ संस्थाहरु एक्यवद्ध भएर यी विषयहरुमाथी अझ वृहत छलफल गरी अगाडी बढ्ने निणर्ाय गर्दै क्रार्यक्रमको विर्सजन गरीएको थियो ।| पाठक प्रतिक्रिया | |
|
|