
मलेसियामा विगत ६ बर्षयताबाट प्रकाशन शुरु गरेको श्रम साप्ताहिक क्रमशः नेपाल सन्देश जन पृष्ठभूमि, नादा टाइम्स, हाम्रो आवाज, श्री अभिलेख, नव कान्तिपुर, जनजाति आवाज, द पृष्ठभूमि, नवोदित आदि समाचारमूलक साप्ताहिक पत्रिकाहरु हुन । यहाँ तिब्रगतिमा पत्रकार र पत्रिकाको प्रकाशन हुनाले सम्पूर्ण श्रमिकहरुलाई सुसूचित गरेको अड्कल गर्न सकिन्छ भने अर्कोतर्फ (तँ साढें र म साढें) को टक्करमा पत्रिका-पत्रिका बीच हिलो छ्यापाछयाप गर्नाले पाठकहरु चिन्तित र आर्कोशित बन्ने गरेका छन् । यि विभिन्न नाम गरेका पत्रिकाहरुको प्रकाशन शुरु भए पनि सबैले निरन्तरता भने दिन सकेका छैनन् उल्लेखित पत्रिकाहरु मध्ये श्रम साप्ताहिक, श्री अभिलेख, द पृष्ठभूमि, नेपाल सन्देश, हाम्रो आवाजले भने केही हदसम्म निरन्तरता पाएको छ, तर अन्य पत्रिकाहरु भने साउनको भेल जस्तै आए र गए, यिनीहरु सहकालमा सलबलाएर अनिकालमा निस्तब्ध रहन सिवाय अरु उपाय छैन । पत्रिका प्रकाशनमा हुने आर्थिक संकटको दर्दलाई बुझ्दा बुझ्दै पनि पत्रिका प्रकाशन गर्ने र बन्द गर्ने मलेसियामा एउटा रीति नै बनेकोे छ । र पत्रिकाको साहरामा दादागिरी, ठगी, तस्करी अभियान मच्याउने गरेको कुराहरु यस भन्दा अगाडि थुप्रै वेभ पत्रिकाहरुमा प्रकाशन भइसकेको छ । यि पत्रिकाहरुको तिब्र गतिमा विकास हुनुको केही कारणहरुः १. मलेसियामा व्यापार व्यवसाय गर्न सजिलो र व्यवसायीहरुको तिब्र विकास । २. व्यवसायीहरुले आवश्यकता भन्दा ज्यादा विज्ञापन उपलब्ध गराउनु ३. विद्युतीय प्राविधिको तिव्र विकास वेभसाइटहरुमा नेपाली फन्टमा समाचार अपलोड गर्नु त्यसलाई जस्ताको त्यस्तै कपी गरेर पत्रिकामा राख्न सजिलो हुनु । ४.युनिकोडबाट नेपाली, नेपालीबाट युनिकोड रुपान्तर सफ्टवेयरको निर्माण । पत्रिकाहरुको नराम्रो गुणहरुः १. पत्रिकाको नेपालमा सम्वाददाता नहुनु । २. वेभसाईटहरुबाट समाचार कपी गरेर राख्नु तर स्रोत नखुलाउनु । ३. समाचार तथा लेख रचनालाई मनपरी काटछाट गर्नु शब्द सम्पादनको हेलचेक्राइ गर्नु । ४.प्रमाण विना समाचारहरु पत्रिकामा समावेश गरेर विवाद मच्याउनु । आदि इत्यादि यी ५ वटा पत्रिकामा सधै एउटै फोटो समाचार जुध्ने तथा समाचार पत्रिकामा समावेश गर्दा शब्द सम्पादनको ख्याल नगरी जे पायो त्यही थप्ने र घटाउनाले पाठकहरुमा ठूलो असर पर्न जान्छ । श्रमिकहरु हप्ताभरि साहूको काममा लादिएर बाहिर निक्केको अवसरमा पत्रिका यसो हेर्न पुग्यो भने एउटै समाचारको ५ वटा अर्थले कतिसम्म हानी पुर्Юयाउछ ? त्यसैले यस सम्बन्धि बिचार पुर्Юयाइएन भने पत्रिका प्रकाशक मण्डलको होइन समाचार संकलक सञ्चारकमीको दुरुपयोग हुनेछ ।
| पाठक प्रतिक्रिया | |
|
|