
तनहुं सेवा समाज मलेसियाले एक विज्ञप्ती प्रकाशीत गरी मलेसियामा छरीएर रहेका सम्पूर्ण तनहुं जिल्लाबासीहरुलाई समाजमा आवद्ध हुन अनुरोध गरेको छ । समाजका हालै नव गठित कार्यसमितिका वर्तमान अध्यक्ष कृष्ण गाउंले द्धारा प्रेशीत उक्त विज्ञप्तीमा भनिएको छ लाखौं रुपैंय म्यानपावर र एजेण्टहरुलाई बुझाएर पैसा कमाउन हिडेका हामी विभिन्न कारणवस, विभिन्न दुःख र पीडाहरु भोग्नु परेको छ । कतिको अकालमा मृत्यु र मृतकको सव नेपालमा आफ्नो परिवार सम्म नपुगेको घटनाहरु छन् । त्यसै कारण हामी एक आपसमा हातेमालो गर्दै जानु आवश्यक छ, दुःख र पीडामा परेका नेपालीहरुलाई हामी सबै मिलेर सहयोग गरौं । साथै यस समाजमा आवद्ध भएर आफ्नो जिल्ला र समाजलाई सहयोग गर्नहुन अनुरोध गर्दछौं । साथै तनहुं सेवा समाज मलेसियाको पुरानो कमिटि विघटन गरी नयां कार्यसमिति चयन गरीएको छ । एक पटक समाजको साधारण सदस्यता लिए पछि बैठकमा सदस्यहरु उपस्थित नहुनाले समाजलाई अगाडि बढाउन अजिलो भएको छ । त्यसैले समाजमा आवद्ध सदस्यहरु तथा सम्पूर्ण तनहुं जिल्लाबासीहरुलाई समाजमा आवद्ध हुन यसै विज्ञप्ती मार्फत अनुरोध गर्दछौं । उक्त विज्ञप्तीमा भनिएको छ । अध्यक्ष सचिव कृष्ण गाउंले नेत्र पौड्याल सम्पर्क मोवाइल ०१६९०४६०८५ इमेल:-netrapoude@yahoo.com इमेल
| पाठक प्रतिक्रिया | |
|
|