


शुक्रबार बेलुका ७:० बजे एक वृहत पत्रकार सम्मेलन तथा रात्री भोजको आयोजना गरी दि गोर्खाज रेष्टुरेण्ट को समुद्घाटन समारोह सम्पन्न भएको छ । मलेसिया स्थित नेपाली दुतावास, पत्रकारहरु व्यवसायी बुद्धिजिवी तथा श्रमिकहरुको वृहत उपस्थितीमा जीतमान लिम्बूका छोरी लोजीनाले पानसमा दियो बालेर रेष्टुरेण्टको प्रथम समुद्घाटन गरेको हो । \"हामी त सामान्य भनेर गयौं तर भव्य कार्यक्रमको आयोजना गरेका रहेछन् । सायद मलेसियामा यो पहिलो पल्ट हुन सक्छ कुनै रेष्टुरेण्टले यसरी ओपनीङ गरेको मलाई थाहा छैन, दि गोर्खाज रेष्टुरेण्टको हलमा नअटाउने गरी जम्मा भएका थियौं ।\" हाम्रो आवाज साप्ताहिकका पत्रकार श्रीमान छन्त्याल बताउनुहुन्छ । लोजीना रेष्टुरेष्ट अर्थात रेष्टुरेण्ट लोजीना एसडिएन बिएचडीका सञ्चालक जीतमान इम्बुङ लिम्बू मलेसियामा एक सक्रिय व्यापारी हुनुहुन्छ विगत ६ बर्षबाट सञ्चालित लोजीना रेष्टुरेण्टको सफलता र पूर्ण अनुभव पश्चात दि गोर्खाज रेष्टुरेण्टको स्थापना गरेको उहां बताउनु हुन्छ । मलेसियामा सबै भन्दा ज्यादा फस्टाएको व्यावसाय रेष्टुरेण्ट अझै व्यवस्थित नभईसकेको उहांको भनाई छ । \"म अर्को रेष्टुरेण्टको स्थापना गर्छु तर त्यसलाई एउटा नमुनाको रुपमा चिनाउन चाहान्छु ।\" रेष्टुरेण्ट स्थापना गर्नु अगाडि एक भेटमा उहांले भन्नु भएको थियो । साचै आज नमुनाको रुपमा स्थापना भएको छ । रेष्टुरेण्ट भित्र सजावट बस्तुहरु हेर्दा नेपालको एउटा वृतचित्र लुकेको महसुस हुन्छ । रेष्टुरेण्टको भित्र भित्ताहरुमा एतिहासिक तस्वीरहरु नेपाली ठेट बच्चाहरु, नेपाली परम्पराका पोषक संगको तस्वीरहरु, आदिवासी नेपालीहरु, नेपाली भरीयाहरु, गाउंले घरहरु, गाउंले चुलोहरु, केही सच्चा गार्खाली नेपालीहरु, वीर गार्खा सैनिकका तक्माहरु, किराती राजाहरु, शाहवंशी राजाहरु आदि इत्यादी तस्वीरहरुले नेपालीपना त झल्काउछ नै अझ भान्सा कोठा र काउन्टरको खरको छानोले रेष्टुरेटमा आउने ग्राहकहरुलाई नेपालमै पुगेको अनुभव दिलाउछ । खरको छानो माथि दायां र बायांमा हरीयो फर्सि, नाङलोमा पाकेको खुर्सानी, बादर्लीमा साराङ्गी, मादल, झुडाएर राखिएको दायां हलो र कादाली, बायां जुवा र दांती कौसीमा मकैको झुत्ता र लाल्टीन बालेको दुईतिर एवम काउनटरको दायां बायां पानसमा दियो आदिले पूर्ण नेपाली पना झल्काएको छ यस प्रवासमा थकिथ नेपालीहरुलाई आफ्नो गाउंघरको याद दिलाउने छ । रेष्टरेण्टको विशेषता भने अन्य नेपाली रेष्टुरेण्टहरुकै मुल्यमा सेवा प्रदान गर्नु र मुख्य विशेषता भनेको जो कोही ग्राहक दि गोर्खाज भित्र प्रवेष गर्न वितिकै काठको कचौरामा भुटेको मकै र कांचको गिलासमा एक गिलास दही सितैमा प्रदान गरीने कुरा सञ्चालक लिम्बू बताउनुहुन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|