

प्रवासी नेपालीहरूको एकमात्र विश्वव्यापी सञ्जाल एनआरएनको मलेसिया राष्ट्रिय समन्वय परिषद (NCC) को गत २७ जुलाई २००८ का दिन क्वालालम्पुरमा पुनर्गठन भएको छ ।
एनआरएनका केन्द्रीय उपाध्यक्ष डि एम हिराचनको उपस्थितिमा पुर्नगठित उक्त परिषदमा नेपाली मूलका मलेसियन नागरिक शंकर बहादुरको अध्यक्षतामा १३ सदस्यीय मलेसिया राष्ट्रिय समन्वय परिषदको गठन भएको हो । जसमा कर्मा दोर्जे, भीम शेरचन, देवेन्द्र खापुङ लिम्बू, हाकिमकुमार श्रेष्ठ, क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरूमा भवानीशंकर तिवारी, विश्व राई, सुनिल चालिसे, शान्ति थापा, खुम राना, जीवन देवान, बालकृष्ण केसी, देव छन्त्याल रहेका छन् ।
हालसम्म ४४ राष्ट्रहरूमा एनसीसी गठन भएको र प्रवासी नेपालीहरूको लागि हकहितको आवाज एक स्वरमा दिन सक्षम भइसकेको र अब मलेसियाको नयाा समितिले अझ प्रोत्साहन दिने कुरा केन्द्रीय उपाध्यक्ष डिएम हिराचनले बताउनु भयो । विभिन्न मुलुकमा रहेका नेपालीहरूसाग प्रत्यक्ष अनुभूति बााड्न, व्यापारिक नाता बढाउन तथा देश विकासको निमित्त प्रवासमा रहेका नेपालीहरूले कस्तो किसिमको सहयोग गर्न सक्छन् भन्ने कुरा आवाज दिन एनआरएन मात्र सक्षम रहेको छ । साथै एनआरएनमा आवद्ध सदस्यहरूले पाउने सदस्यता पत्र राहदानी भन्दा महत्वपूर्ण हुनका साथै अन्यत्र देशका नागरिक भईसकेका नेपालीहरूले पनि उक्त कार्डबाट नेपालमा जग्गा खरिद गर्न, सम्पतिलाई जम्मा गर्न सक्ने कुरा पनि उक्त अवसरमा बताउनु भयो ।
भेलाले पूर्व अध्यक्ष सुरेश मानन्धरलाई लामो समयसम्म एनआरएन मलेसियाको आरोह अवरोहसंग जुध्दै पार गर्नुभएकोमा विशेष धन्यवाद पनि दिइएको थियो । साथै नवनिर्वाचित अध्यक्ष शंकरबहादुरले नेपाली मुलका मलेसियन नागरिक र नेपालबाट आएर विभिन्न कार्यमा संलग्न नेपालीहरूलाई एकआपसमा सहकार्य गराएर लैजाने कुरा पनि उक्त कार्यक्रममा विश्वास दिलाउनु भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|