
जोहोरबारुस्थित देशाचेम्वरलान देवान हलमा गत आइतबार खुल्ला गीत तथा नृत्य प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । दिपक नेपाल, चन्द्र बहादुर गुवाज, गौरी शंकर को आयोजनामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि रमेश पण्डीत तुफान हुनुहुन्थ्यो भने विभिन्न संघ संस्थाका प्रतिनिधीहरु अतिथि रहनुभएको थियो । कलाकारहरुले डांडा पाखा घन्कीन्ने लोकगीत देखि लिएर जुरुक जुरुक उठाउने पप गीत प्रस्तुत गरेर दर्शकहरुलाई तताएका थिए भने नृत्य कलाकारहरुले लोक, पप, चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिएका थिए । सो कार्यक्रम मलेसियाव्यापी भनेर विज्ञापन गरे पनि जोहोर क्षेत्रमा कार्यरत नेपाली कलाकारहरुको प्रतिभा प्रस्तुत गर्नलाई मात्र तय गरेको कुरा टाढा टाढाबाट उक्त कार्यक्रममा सहभागी कलाकारहरुले बताए । यसै सन्र्दभमा क्वालालम्पुरबाट बसमा ६ घण्टा लामो यात्रा पश्चात गीत गाउन त्यहां पुगेका कृष्ण गाउंले भने गीत गाउंदा गाउदै आधा नसकी म्यूजिक ट्रयाक निकालीएको थियो । उनले हाम्रा सम्वाददाता संग भने मलेसियाव्यापी खुल्ला प्रतियोगीता भनेर बोलाए, तर टाढाको कलाकारहरुलाई खेलौना सम्झीएछन्, कार्यक्रममा सहभागी बन्नको लागि उनीहरुले नै निम्तो गरेका हुन तर कार्यक्रममा हाम्रो नामावली छैन । त्यसतै विभिन्न क्षेत्रबाट त्यहां पुगेका कलाकारहरुको यस्तै गुनासो थियो । तै पनि बाहिरबाट टाढा टाढाबाट त्यहा पुगेका कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्न नपाए पनि कार्यक्रम भने भव्यताका साथ नै सम्पन्न भयो । एवम सोही कार्यक्रमा गत जुलाई ४ का दिन कम्पनीमा काम गरीरहेको अवस्थामा अचनाक मेसिन दुर्घटनामा परी घाईते हुन पुगेका तारा खोला ७, बाग्लुङ्ग घर भएका खेम बहादुर घर्ति मगरलाई कार्यक्रममा सहभागीहरुबाट चन्दा संकलन गरी जम्मा एकहजार एक सय आरएम पीडित घर्तिलाई हस्तान्तरण गरीयो ।
| पाठक प्रतिक्रिया | |
|
|