
पेनाङस्थित एक फलामको सोफा बन्ने कम्पनिमा कार्यरत कैलाली मसुरीया ७ शंकरपुर का पुरुषोत्तम बोहोररा, कृष्ण बहादुर बिष्ट र जोती प्रकाशलाई सुदुर पश्चिम सेवा समाजको पहलमा यही अगष्ट ४ तारिख नेपाल पठाइएको छ । प्राप्त जानकारी अनुसार समजका अध्यक्ष लोकेश शाहको अगुवाईमा दुतावासबाट ट्राभल्स डकुमेण्ट बनाइएको र टिकटको पैसा भने नेपालबाट मलेसिया पठाउने दलाल दिलीप विश्वकर्मा बाटै आरएम ८५० का दरले जम्मा २५५० आरएम मगाइएको थियो । पीडितहरुलाई केलाङको मिसन हाउसमा एक महिना खाने बस्ने व्यवस्था गरी राखेको र नेपाली दुतावास जाने आउने खर्च पनि सुदुर पश्चिम सेवा समाजले ब्यहोरेको कुरा प्रेषीत समाचारमा जनाएका छन् । दलाल दिलीपलाई उद्धारको लागि माग गर्दै पटक पटक सम्पर्क गर्दा पनि वेवास्था गरेको कारण दुतावास र पीडितहरुले फोन मार्फत सम्झौता गरेको कुरा अध्यक्ष शाहले बताउनु भएको छ । पीडितहरुको उद्धारको लागि दुतावासले पनि चासो लिएर काम गरेको र पीडितहरु चाडो भन्दा चाडो नेपाल र्फकन सफल भएकोमा नेपाली दुतावास र सेवा समाजलाई धन्यवाद दिएका छन् । पीडितहरु बंगला विमानबाट यही ४ तारीख बिहान ५ः० बजे स्वदेश फर्केका छन् ।
| पाठक प्रतिक्रिया | |
|
|