
यही १० ताखिर आइतबारका दिन क्वालालम्पुरमा सम्पूर्ण राईहरुको साझा संगठन किरात राई यायोख्खा, मलेसियाको एक भेलाबीच पुर्नगठन भएको छ ।
सञ्जय राई छुच्चाको अध्यक्षतामा पुर्नगठित समितिको उपाध्यक्षमा तेजबहादुर राई, सचिव ठूले दोभान अरुण कोइमी, सहसचिव राज रुङमाङ राई, कोषाध्यक्ष प्रमोद चाम्लिङ र सदस्यहरुमा नवीन राई, दशरथ राई र मनी राई गोठाले रहेका छन् ।
किरात राई यायोख्खा, केन्द्रीय कमिट, नेपालको मातहतमा रहेको किराया मलेसियाले अब मलेसियामा रहेका सम्पूर्ण राईहरुलाई यायोख्खाको सदस्यता दिलाउने र आजीवन सदस्यको संख्या बढाउने साथै भाइचारा संगठन संग संगठन बढाउने, आपसी सहयोग गर्ने कार्यक्रमहरु उक्त भेलाले तर्जुमा गरेको छ ।
साथै सो भेलाले विश्व राई र बलधन राईलाई संस्थाको संरक्षक तोकेको छ ।
| पाठक प्रतिक्रिया | |
|
|