

रोजगार शिलशिलामा आज भन्दा झण्डै चार बर्ष अगाडि बसुन्धरा स्थित शेर्पा मेनपावरमा ९५ हजार बुझाएर साधारण कामदारको रुपमा केलाङ स्थित एक फर्निचर कम्पनीमा आएका रानी गाउं २ पांचथर स्थाई घर भएका बर्ष २३ को बम बहादुर सम्बाङफे लिम्बू दुई महिना यता बाट खुट्टा भाचेर उपचारको क्रममा रहेका छन् ।
कम्पनीमा सम्झौता अनुरुप तलब नपाएको महिनामा ६० रिङगेट ६/७ महिना लगातार थाप्नु परेको कारण कम्पनी छाडेर एक सेक्युरिटी कम्पनीमा अबैधानीक ढंगबाट काम गर्दै गर्दा यस्तो घटना भएकोे उनले बताए ।
डियुटी सकेर खाना खाना मोटर चलाएर जादै गर्दा ट्राफिक लाईट बन्दै गरेको ठाउंमा बाटो काट्ने हुंदा विपरीत दिशाबाट एक्कासी आएको ट्क्सीले टक्कर दिदा बायां खुट्टा भाच्न पुगेको हो । ठक्कर दिएर ट्क्सी भागेको कारण ट्याक्सीको नं. थाहा नभएको पनि उनले बताए, पछाडी दोस्रो मोटरमा रहेको संगै काम गर्ने मलायु साथीले बम बहादुराई नजिकैको आसपतल सेरडाङमा उपचारको लागि भर्ना गरेका थिए ।
आस्पतालबाट पलस्तर गरेपछि छुट्टमिा पठाएको र दुइ महिना पछि आस्पतालले बेलाएको कारण हिजो शुक्रबार आस्तपात पुग्दा अप्रेसनको लागि डाक्टरले आरएम तीन हजर मागेको कारण आफू संग पैसा नभएकोले मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु एंव यहां स्थापीत संघ संस्थाहरुमा सहयोगको अपिल गरेको छ ।
उनलाई भेटन चाहानुहुने मित्रहरुले क्वालालम्पुर स्थित श्रद्धा ज्याती रेष्टुरेण्ट मा भेट्न सक्नुहुनेछ । विगत दुई महिना देखि उनी सो रेष्टुरेण्टमा बसेका छन् ।
| पाठक प्रतिक्रिया | |
|
|