
आज भन्दा चार बर्ष अगाडि मलेसियाको पेराक राज्यको इपो सहरस्थित एक फर्निचर कम्पनीमा साधारण कामदारको रुपमा आएका संखुवासभा सिद्धकाली २ स्थाई घर भएका बर्ष २५ को युवराज अधिकारीले आफ्नै साथीको खल्तीको पैसा चोरेर भागेको र चार दिन पछि उनलाई भेटाएको निहुमा कोतारायाको एक रेष्टुरेण्टमा राम धुलाई दिएकोे छ ।
कम्पनीमा सम्झौता अनुरुपको काम र दाम नपाएको कारण एक बर्ष बिद्दा नबिद्दै कम्पनीलाई छाडेर क्वालालमपुर आएका अधिकारी सुनवे पेरामिडमा संगै काम गर्ने नागी २ पांचथरका लोकेन्द्र लिम्बूको आरएम १४५० र एक सेट मोबाइल चोरेर गत शनिबार संगै सुतेको बिहान साथी बाथरुम जादा खल्तीमा रहेको नागरीकता, राहदानी फोटोकपी र अन्य सर सामान कुम्लो पारेर भागेको हो ।
सामान र पैसा कुम्लो पारेर हिडेका अधिकारी १० मिनेट पछि सम्पर्क बिहिन भएको थियो । लिम्बूको भनाई अनुसार इपोमा राम्रो काम छ तलब पनि राम्रो छ भनि अधिकारीले फकाएर ल्याएको र इपो जानको लागि कोतारायामा बास बसेको अवसरमा बिहान यस्तो घटना भएको हो । बाथरुमबाट र्फकदा खल्तीमा भएको पैसा र कगजात नभएकोले केही छिन वरपर खोजी गरेको तर पत्तो नलागे पछि भागेको थाहा भएकोले आफू संग कोठा पुग्ने सम्म गाडी भाडा नभएको कारण बास बसेको ठाउंमा २ रिङगेट मागेर कोठा पुगेको कुरा लिम्बूले बताए ।
चोर अधिकारीकोे खोजीमा लागेका लिम्बू अधिकारीका सबै साथीहरुलाई फोन सम्पर्क गरेर बुझदा उनले कतै सम्पर्क नगरेको कुरा थाहा भए पछि निरासा परेका थिए तर अन्त्यमा एक साथीलाई सम्पर्क गरी आफू कामको खोजीमा रहेको भनी काम गर्ने सर्तमा उक्त स्थानमा पुगेको बेला अधिकारीले भर्खरै काम गर्न थालेको दुई दिन मात्र भएको थाहा पाए पछि भोली बिहानै अधिकारीलाई उनको कोठामा सुती रहेको अवस्थामा समातेर कोताराया ल्याएको कुरा पीडितले बताए ।
खल्तीमा एक रिङगेट पनि नभएका अधिकारीलाई समातेर अनुसन्धन गर्दा चोरेको मोबाइल एक साथीलाई दिएको र पैसाले एक सोनी मोबाइल सेट आरएम ८०० मा किनेको र अन्य बांकी रकम भने काकालाई दिएको बताए तर काकालाई सोध्दा यो सत्य नभएको थाहा पाए पछि धुलाईको बेवस्था गरेको कुरा उनीहरुले बताए । काकालाई जिम्मा दिने भनी संगै कोठामा लिएर गएको लिम्बूले पुनः भोली पल्ट कोतारायामा काकाको रोहबरमा छाड्ने भनी काकालाई पर्खिरहेको अवस्थामा उक्त जानकारी पाउन साथ नेपाल मलाया खबर डट कम का प्रतिनीधी त्यहां पुगे पछि उनलाई एक पल्टलाई माफ दिने चोरेको पैसा उनको साथमा नभएको कारण काम गरेर जम्मा गर्ने र बुझाउने, अर्को पल्ट पनि यस्तै काम गरेको खण्डमा भौतीक कारर्वाही गर्ने चेतावनी सहित एक ८०० आरएमको मोबाइल सेट मात्र पीडितलाई बुझाएर मन बुझाउन अनुरोध गरेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|