
यही १६ अगष्ट २००८ का दिन अनेसास मलेसियाको वाषिर्क कार्यक्रमअन्तर्गत प्रतिभा श्रृङ्खला भाग ७ सम्पन्न भएको छ । अनेसासको कार्यलय नेपाल हाउसको सभाकक्षमा सम्पन्न उक्त श्रृङ्खलामा मलेसियामा रहेका साहित्यनुरागीहरू दिलदुखी जन्तरे, रुद्र मिश्र, श्रीजनश्री, देवेन्द्र सुर्केली, जीवन देवान गाउंले, विक्रम साउदेन पूर्वेली, सन्जय राई छुच्चा, हरि रानाभाट, मनि राई गोठाले, वियोगी कार्इला, इन्द्र जिजिविषा र टंक चन्दले कविता, गीत, गजल पाठ गरेका थिए ।
सिर्जना बाचन गर्नुको साथै बिचविचमा छलफल कार्यक्रमसमेत भएको सो श्रृङ्खलामा सिर्जना लेखिने र सुनाउने तर कहिले पनि चर्चा नगरिने भएकोले गर्दा लेखकीय प्रस्तुति परिस्कृत नभएको कुरा औंल्याइएको थियो । मलेसियामा धेरै सिर्जनाहरू प्रस्फुटित भएका छन्, तिमध्ये धेरै नै उत्कृष्ट छन् तर उत्कृष्ट सिर्जनाको लेखाजोखा नभएको कारण लेखिने सुनाउनेमा सिमित रहेको छ ।
मलेसियाबाट प्रकाशीत हुने पत्रिकाहरूका कार्टुनिष्ट मनि राई गोठालेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनाम मण्डलीका श्रीजनश्री, किरात राई यायोख्खाका अध्यक्ष सन्जय राई छुच्चा, अनेसास मलेसियाका सल्लाहकार वियोगी कार्इला अतिथि रहेका थिए । कार्यक्रम अनेसास मलेसियाका अध्यक्ष टंक चन्दको सभापतित्व र उपाध्यक्ष इन्द्र जिजिविषाद्धारा सञ्चालनमा सम्पन्न भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|