

रोजगारको शिलशिलामा आज भन्दा तीन महिना अगाडि काठमाण्डौं कालीमाटी स्थित डल्पिmन मेनपावर मार्फत मलेसिया आएका तनहंुका नीर बहादुर थापा मगर दलालहरुको लापरवाहीको कारण विचल्लीमा परेका छन् ।
मलेसियाको मालाक्का राज्यको अलोरगाजास्थित एक गल्फ कम्पनीमा साधारण कामदारको रुपमा दलाललाई एक लाख बुझाएर आएका थापा आरएम ५४६ जनर वर्करको सम्झौता पत्रमा सेक्युरीटी गर्नु परेको हो । उक्त कम्पनीमा काम शुरु गरेको एक हप्ता पनि नबिदै थापालाई कम्पनिबाट निकालीएको थियो ।
कम्पनीमा यहांको स्थानीय मले र नेपाली कामदारबीच तं ठूलो र म ठूलो भनाभन परेपछि त्यहां कार्यरत सबै नेपालीहरुलाईलाई ओकेटोकेमा जम्माहुन अनुरोध गरेपछि त्यस ठाउंमा पुगेका थापा सबै भन्दा साना थिए । नेपालीहरुले काम बन्द गरेपछि मलेसियाको चाइनिज एजेण्ट आएर किन झगडा गरेको भन्दै झगडा नगर्ने चेतावनी दिदै सबैलाई काम गर्ने अनुराध गरे त्यस समयमा थापाले यो के भएको हो, बोस भनी सोध्दा चाइनिच एजेण्ट तस्रीनेगरी कराउदै तं ग्याङ स्टार र झगडाको नाइके भन्दै डियुटीमा लगाएको ड्रेस फुकाल्न लगाए थापाले केही नबोली पोषाक फुकालीदिए थापा संगै अन्य २०/२२ जनाले पनि पोषाक खोले तर एजेण्डले तिनीहरुलाई थमथमाउदै काम गर्ने अनुरोध गरे तर थापालाई भने उनको कार्यालयमा लगेर २५ दिन राखे ।
एजेन्टले आफ्नो समस्या हल गर्नको निम्ति तं यहांबाट भाग भनी बारम्बार भन्दा पनि थापा चुपचाप रहेको र मलेसियाको लागि डल्पिmन मेनपावरले खगेन्द्र न्यौपानेलाई जिम्मा दिएको तर खगेन्द्रले फोन सम्पर्क बन्द गरेपछि चाइनिच विकल्पको खोजीमा दौडियो अन्तमा एकजना गंगबुस्थित होलीभिजन ओभरसिज प्रा.लि.का चियरमेन भनौदा केशव सुवेदीले म तिम्रो भिषा लगाई दिन्छु भनी जिम्मा लिए र क्वालालम्पुर पुचोङस्थित एक सेक्युरीटि कम्पनीमा काममा पनि लगाइदिए तर थापाले ४० दिन गरेको कामको पैसा जर्बजस्ति मागेर हिडेको थाहा पाए पछि आफू बिचल्लीमा पर्ने कुरा महशुर गरे र नेपाली दुतावास जाने बाटो खोज्दै क्वालालम्पुर स्थित नेपाली बजारमा आईपुगे त्यहांबाट केही नेपालीहरुको सहयोगबाट नेपाली दुतावास पुग्न सफल भए तर घर र्फकन भने कहिले हो पत्तो छैन । दुतावासले भनेका छन् टिकट किनेर ल्याउनु तिम्रो पासपोर्ट पाए राम्रो हुने थियो, नभए अनुमती पत्र बनाएर भए पनि घर जानु । दुतावासको कमजोडी र सुस्त कार्यले गर्दा हाल थापाको पुरानो रोगले सताउन थालेको छ । थापाले आफूलाई हर्ष भएको र दिसा गर्दा रगत मात्र जाने कुरा बताएका छन् ।
यसै सन्दर्भमा मैले मलेसियाको लागि ०१६ ३०५२३०२ योे सम्पर्कमा खगेन्द्र न्यौपानेलाई फोन गरी यो के गर्नु भएको हो ? भनी सोधेको थिए । उनले भने मैले मलेसियामा सहयोग मात्र गरेको हो । उनलाई नेपालबाट मलेसिया पठाउने मोबाइल नं. ९८०३३४०२९१ शशी हुन तर मैले उक्त सम्पर्क नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन त्यसैले आफ्नौ बैनो परेको कारण त्यस ठाउंमा जानै पर्ने ढिपी गर्ने सामाखुशीकी एकजना मनमाया गुरुङलाई ९८४१२९३१८८ सम्पर्क गरेर तपाईले के गर्नु भएको यहां तपाईको मान्छे एक महिनाबाट भात खान नपाएर बिरामी परेको छ । तपाईले काममा लगाईदिन्छु भनेर विश्वास दिलाउनु भएको थियो रे तर तीन महिना बित्यो खोई भिषा पार्सपोर्ट र काम ? भनेर सोधेको थिए उनीले आश्र्चाय मान्दै भनिन् अम्मै बरा काम नगरी पो बसेको रहेछ । मैले त टुहुरो हो भनेर सहयोग गरेको अब मेरो ७० हजार पनि डुब्ने परेछ । तर भर्खरै सि.एम.ए. सिध्याएर बसेकी छोरी अमृताले भने ऊ मेरो साथीको श्रीमान हो साथी पैसाको अनिकालले छटपटाई रहेकी छे अब के हुन्छ होला दाई बरु यसो काम खोजेर गरे त हुने थियो नि । हो त नी बहिनी अब म परे पत्रकार एजेण्ट नै भएको भए त झुक्याएर पनि काममा लगाउथे ल तुरुन्त नेपाल झिकाउनुहोस् अब म एक हप्ता समय दिन्छु भनेर न्यौपाने र सामाखुशीका मनमायालाई समय दिएको थिए तर १२ औं दिन बित्दा पनि सधै न्यौपाने मिटिङमा व्यस्त रहनु र काठमाण्डौंबाट कुनै पहल नभएकोले थापाको विचल्ली भएको हो ।
| पाठक प्रतिक्रिया | |
|
|