

अक्टुबर १२ तारिखका दिन मुहारमा सांस्कृतिक संगम भव्यताका साथ सम्पन्न भएको छ । ढिलोगरि प्राप्त समाचार अनुसार बिजय दशमीको अवसरमा तयार पारिएको कार्यक्रम प्रविधिक गडबडिका कारण केही पछि सारीएको थियो । सो कार्यक्रम प्रवासी सांस्कृतिक मञ्च मुहारको पहिलो प्रस्तुती रहेको थियो ।
इश्वर पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि किरात याक्खा छुम्मा क्षेत्रिय कमिटिका अध्यक्ष धनबहादुर राई हुनुहुन्थ्यो भने अन्य अतिथिहरु आइएमई रेमिटका शेरमान बुढामगर, तनहुं सेवा समाजका हर्क थापा मगर, हातेमालो कल्याणकारी संस्थाका प्रकाश पौड्याल, प्रचुकल कल्बका रविलाल अधिकारी, रुकुमेली समाज मुहारका विकास रावल र आइर्कोहाई युवा परिवारबाट रहेका थिए ।
अतिथिहरुको आशनग्रहण संग संगै आयोजक टोलिका तर्फबाट स्वागत गीतबाट अतिथि कलाकार तथा कार्यक्रममा उपस्थिती सबैलााई स्वागत गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
आयोजक कमिटि सांस्कृतिक मञ्चका कलाकार लगायत विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नेक्रममा नारायण विरही सुनखानीमा सुन र श्याम राईले लुकी लुकी बोलको गीतमा नृत्य प्रस्तुती गरेको थियो । साथै कृण गाउंले ले फोन पत्रमा, मौरी घारमा गीत प्रस्तुत गरेका थिए, भने दुर्गा राईको मै छोरी सुन्दरी बोलको गीतमा नृत्य प्रस्तुती रहेको थियो । साथै अस्मीता लामा, मौनता गुरुङ, माया मगर को नृत्य तथा गीतले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिएको थियो । श्याम लामाको नेपाली बाबु, महेश दुःखीयाको हिन्दी गीतमा नृत्यका साथ साथै क्रन्तिकारी नृत्यले दर्शकहरुलाई तताएका थिए । साथै भरपुर मनोरञ्जन दिएका थिए । सो कार्यक्रमको संचालन गायक कृष्णले गरेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|