

१९ अक्टोबर २००८ का दिन कोतारयास्थित जिरे खुर्सानी रेष्टुरेण्टको हलमा पेनाङ क्षेत्रिय कमिटिका संयोजक एन.वि. पुनको संयोजकत्वमा एक क्षेत्रिय भेला सम्पन्न भएको छ ।
उक्त भेलामा धौलागिरी अञ्चलका विभिन्न चार जिल्लाका गरि पचास जनाको उपस्थिती रहेको थियो । सो भेलामा उपस्थितीहरुमाझ छलफल गरी ९ सदस्यीय केएल क्षेत्रिय तर्दथ समिति गठन गरिएको छ । दिपक कुमार बोगटीको संयोजकत्वमा गठित उक्त कमिटिका सदस्यहरु ः कृष्ण बहादुर खड्का, बाल कृष्ण कडेल, हेम राज सापकोटा, युवराज पौड्याल, दल बहादुर छन्त्याल, पूर्ण बहादुर खड्का, देऊ बहादुर छन्त्याल र श्रीमान छन्त्याल रहेका छन् ।
उक्त भेलामा अन्य संघ संस्थाहरुले के गरे ? भन्दा पनि अब हामीले के गर्ने भन्ने सोंच राखी सम्पूर्ण धवलागिरी बासीहरु एक भई हातमा हात मिलाई हातेमालो गरी अगाडी बढ्नु पर्ने र धवलागिरी बासीमाथि आई पर्ने र आईपरेका समस्याहरुलाई व्याक्तिगत तथा संस्थागत रुपमा जुटेर सहयोग गर्नु पर्ने निर्णय गरिएको थियो । सोही बैठकमा धौलागिरी सम्र्पक डायरी पनि प्रकाश गर्ने निर्णय गरिएको हुंदा धवलागिरी अञ्चलको चिनारी तथा प्रत्येक जिल्लाहरुको छुट्टा छुटेटै चिनारी एतिहासीक स्थलहरुको चिनारी तथा धवलागिरी अञ्चलका वरिष्ठ व्याक्तिहरुको जीवनीहरु समावेश गरिने भएको कुरा मान छन्त्यालद्धारा प्रेषीत समाचारमा जनाइएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|