

क्वालालम्पुर २७ अक्टोबर २००८ का दिन क्वालालम्पुर कोतारायास्थित कोतायारा कम्प्लेसको छैटौं ललामा दिपावली सांझ भव्य रुपमा सम्पन्न भएको छ ।
प्रवासी मगर संघ मलेसियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको लागि हाम्रो रेष्टुरेण्ट तथा हाई माउण्टेन ट्राभल्स एण्ड टुर तथा हटलिङ टेलिकमको सह प्रायोजक रहेको थियो ।
प्रवासी मगर संघ मलेसियाका केन्दि्रय अध्यक्ष खुम राना मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कानुन व्यवसायी तथा सर्वोच्च अदालतका अधिवक्ता मातृका प्रसाद निरौंला रहनुभएको थियो भने अतिथिहरुमा मलेसियामा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधीहरु तथा संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको पहिलो चरण अन्र्तगत अतिथि आसन ग्रहण संग संगै अतिथिहरुलाइ स्वागत गरिएको थियो भने प्रमुख अतिथिको हातबाट दिप प्रजलन गरि व्यानर खोलेर कार्यक्रमको समुद्दघाटन गरिएको थियो । साथै प्रमुख अतिथिको तर्फबाट मन्तव्य राखिएको थियो । मन्तव्यको क्रममा अधिवक्ता निरौला एसिया कानून व्यवसायीहरुको सम्मेलनमा भाग लिन मलेसिया आएको अवसरमा खुशीयालीको दिप प्रजलन गर्न पाउदा आफू धेरै खुशी भएको, प्रवासमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको मेहेनत, लगनशिलता र एक्वद्धतालाई कदर गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो । एउटा महत्वपूर्ण पर्वलाई मनले नमानी नमानी पनि सम्मेलनमा भाग लिनको लागि मलेसिया आईपुगेको तर यहां नेपालीहरुमाझ खुशीयालीको दिप प्रजलन गरि शुभकामना आदान प्रदान गर्न पाउदा आफूलाई आफ्नै गाउंघर झै लागेको कुरा व्यक्त गर्नु भएको थियो । त्यस्तै प्रवासी मगर संघका अध्यक्ष तथा सभाका सभापति खुम राना मगरले पनि संघको तर्फबाट शुभकामना तथा मन्तव्य राख्नु भएको थियो ।
दोस्रो चरणको कार्यक्रम अन्र्तगत संघका प्रवक्ता सुन्दर आले मगर कार्यक्रम संचालनको लागि संघका सचिव रुवेन पुन मगरलाई माइक्रोफोन हस्तान्तरण गरे पछि संचालक पुन मगरले कार्यक्रमलाईन संगीतमय बनाएका थिए । त्यसै क्रममा कार्यक्रमको शुरुवात नेपाली स्वदेश गान जाग लम्क चम्क है नौ जवान हो भन्दै कलाकारहरु सिरुपाते खुकुरी तथा थालमा दिप र फूलपाती लिएर कार्यक्रमको शुभराम्भ गरेका थिए भने क्रमस झन्डै तीन दर्जन कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरु केश तमु, खिल राना, बाबुराम कट्टेल, कर्मा तमु, यमुना श्रेष्ठ, मिन अस्लामी मगर, श्याम लामा, राम थापा मगर, रोशन तमु, अरमान तमु, बदि्रका तमुस्यो, सन्तोष लिम्बू, कमल गाहा मगर, पदम राना, रमेश कुमार श्रेष्ठ, सर्वजित सिंह, माइत लामा, इन्द्र थापा, हेमा तमुस्यो, गणेश राना, उत्तम लामा, सन्तोष लामा, रोहित गुरुङ, कृष्ण बहादुर मगर, निलम लामा, सूर्य आले, भीम लिम्बू, अनिल सेन, कृष्ण मगर, राम गौतम, नरेश थापा, र मन राज घले रहेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|