


२६ अक्टोबर २००८ का दिन जोहोरबारु देशाचेम्बरलामस्थित लाइभ कन्सर्ट सम्पन्न भएको छ । २०६५ सालको दिपावलीको अवसरमा PRETVL कल्बद्धारा आयोजित उक्त कार्यक्रमको प्रायोजक आईएमई रेमिट, मनकामना रेमिट, मास्टर रेमिट र हटलिङ टेलिकम रहेका थिए ।
बाबुराम घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि रामजी पौंड्याल, साथै विभिन्न संघ संस्थाका प्रतिनिधीहरु रहेका थिए । भने दर्जनौ कलाकारहरुले कार्यक्रममा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कलाकारहरु कृष्ण गाउंले, रुद्र खतिवडा, कमला लामा, एवम लस्करा व्यण्डका कलाकारहरु रहेका थिए । कार्यक्रम दिनको १२:० बजेबाट शुरु भएर सांझ ५:० समापन गरिएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|