


हर्वो इन्टरनेशनल तथा हर्वो केयर एस.बी को आयोजनामा भाई टिकाको कार्यक्रम भब्य रुपमा मनाइयो ।
हर्वोका पूर्णकालिन लिडरहरु उपस्थित रहेको सो भाईटिका समारोहमा भरतपुर १२, चितवन स्थायी घर भई हाल हर्वो केयर एस.बीको कार्यालय क्वालालम्पुरमा कार्यरत चेली निर्मला शाहीले टिका लगाइदिनु भएको थियो ।
नेपाली संस्कृति परम्परा अनुसारनै टिका ग्रहण गर्ने कार्य भएको थियो । नेपालको र यहांको समय अनुसार ठिक १ बजेको शुभ साइतमा टिका ग्रहण शुरु गरिएको थियो । के.एलको पाण्डनइन्डास्थित हर्वोको आवासमा भएको उक्त कार्यक्रममा हर्वो इन्टरनेशनल पूर्णकालिन लिडरहरु कृष्ण बहादुर खड्का, रविन्द्रराज काडेल, नरेन्द्र चौलागाई, तेज राई, हेमराज सापकोटा, सूर्य बहादुर अधिकारी केशव शाही, वि.के काडेल, हरि खाती, लगायत ५० भन्दा माथिको संख्यामा उपस्थिति रहेको थियो ।
अत्यन्त पारिवारिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा नेपाली चेलीद्वारा पकाइएका सेल रोटीका परिकार खंादै रमाउंदै देउसी भैलो समेत सोही दिन खेलिएको थियो । रङ्गीविरङ्गी फूलको माला र निधारमा सप्तरङ्गी टिका र ढाकाको टोपीमा सजिएका दाजुभाईहरु अत्यन्त खुशी भएका थिए ।
| पाठक प्रतिक्रिया |
| tapai haruko yo malayakhabar le achai yo banda pani derai saphal ta chhuhos |
| lakpa sherpa|18-Nov-2008 14:10:36 |
| HOINA YO HARBO KO ALCHHI HARU KINA ETI BAATHO BANNA KHOJYA ,KAAM DHAM 6INA,SHOSHAK HARU, |
| AYODHYA SHARMA|03-Nov-2008 04:35:56 |
| पाठक प्रतिक्रिया | |
|
|