

गत ११ तारिख मंगलबार दिउासो पञ्चम थारुको अचनाक मृत्यु हुन पुगेका छ ।
बिहानै उठेर नजिकै रहेको मलायु पसलमा चिया पिएको र त्यसपछि कोठामा आएर मेरो त पेट दुख्यो भन्दै ओछ्यानमा सुतिरहेको थियो । बिहानको ९ वजे संगैको साथी बद्री लामीछाने खान पकाउन जाादा मलाई त सार्Юहै पेट दुख्यो सहनै सकिन थारुले भनेका थिए । सुपरभाइचरलाई फोन गरी नजिकै रहेको क्लिनिकमा लगेर जााचिएको गरिएको र सुई लगाई दिएको बताउाछन् बद्री लामिछने । अझ उल्टै दिसा-पिसाब रोकिएपछि केलाङ्ग हस्पिटल पुर्Юयाई आई क्युमा राखिएको थियो ।
हामी हस्पिटलबाट फर्केपछि दिउासो २ वजे मृत्यु भएको जानकारी प्राप्त भएको थियो । थारुको लास नेपाल पठाउन केहि समय लाग्ने र इन्स्योरेन्सको लागि पहल गरिने कम्पनीका एक अफिसरले श्रमलाई बताए । थारुको बारेमा अस्पतालले केहि रिपोर्ट दिएको छैन । थारु नेपालको पोटला ओभरसिज प्रा.लि. बाट २०६० सालमा मलेसिया आएका हुन् । पञ्चम थारु कपिलवस्तु तौलिहवा निवासी हुन् भने सी.सी.के मार्केट एस.डी.एन.बी.एच.डी.मा केलाङ्ग र मेरुको सेन्टरमा पर्ने पासर बेसर नजिकै काम गर्दा थिए ।
स्मरण रहोस् थारुले मृत्यु हुनु भन्दा एक हप्ता अगडि मात्र आई.एम.ई. केलाङ्ग मार्फत श्रीमति अकुरी थारुको नाममा ने.रु.८,८००/-पठाएका थिए । थारुको भिषा सकिएकोले कुम बहादुर तामाङ्गको नामबाट पठाएका हुन् । इन्स्योरेन्सको लागि आई.एम.ई. केलाङ्गमा बुझ्दा नमिल्ने बताएका छन् । साथै पञ्चम थारुको मलेसियामा कोहि आफन्त भएमा चाडो भन्दा चााडो बदि्र लामिछानेलाई ०१६ ९४८५६३२ सम्पर्क राख्नु होला ।
| पाठक प्रतिक्रिया | |
|
|