


मलेसियामा रहेर साहित्य सिर्जना र व्यङ्गचित्रमा आफूलाई स्थापीत गराएका मनि राई गोठालेले वीरेन्द्र राईद्धारा लिखित उपन्यास भाग्यले जुरायो आइतबार १६ नोभेम्बरका दिन क्वालालम्पूरस्थीत रेष्टुरेन्ट द खुकुरीमा विमोचन गर्नुभएको छ ।
कुनै तामझामबिना रेष्टुरेन्टको एउटा टेबलमा मलेसियाका सञ्चारकर्मी तथा साहित्यनुरागीहरुको उपस्थितिमा विमोचन भएको थियो । उक्त कृतिमाथि गजलकार श्रीजनश्रीले टिप्पणी गर्नुभएकेा थियो । भने प्रवासी मगर संघका सुन्दर आले, प्रवासी तामाङ एकता समाजका कुमार तामाङ, किरात धर्म तथा साहित्य उत्थान संघका पर्शुराम चोङबाङ र मोहन थेबेले शुभकामना व्यक्त गरेका थिए ।
लेखगाउा २, उदयपूरका वीरेन्द्र राई मलेसियामा कार्यरत रहादा उपन्यास सिर्जना गरेका हुन् । केही समयअघिदेखि हृदयसम्बन्धी विरामी रहेका उपन्यासकार हाल दिल्लीमा उपचाररत रहेकोले उनको अनुपस्थित रहेको थियो । उपस्थित सहभागीहरुले उपन्यासकार वीरेन्द्र राईको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|