
सगठनात्मक गतिविधिद्धारा उचित गन्तव्यमा अवतरण गराई सर्वहारा वर्गको हितमा समयसापेक्ष समायोजन गराउनु कम्युनिष्टहरुको एक महत्वपूर्ण विषय हुन्छ । यस्ता कार्यको लागी भौगोलिक,राजनैतीक, सामाजीक, सांस्कृतीक एवं अन्य विविध तवरले पिछडिएका वर्गहरुलाई जनचेतना जगाई मुक्तीको लागि अग्रसर बनाउनु जरुरी हुन्छ । किनभने मुक्तिको अभिलासामा रहेको वर्गसमुदायलाई वुर्जुवा नोकरशाही वर्गहरुले विशाल जनसमुदायमा भ्रम फैलाई उनिहरुको क्रन्तिकारी चेतनाको पृष्ठभुमीमा खेलवाड गरिरहेका हुन्छन् । तिनीहरुको पञ्जावाट फुस्काइर्ं राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाई राज्य संचालनमा प्रत्यक्ष संलग्न गराउन त्यति सजिलो हुदैन, त्यसरी नै सांगठनिक गतिविधिहरु विभिन्न रणनैतीक हिसावले चलाउन पर्ने हुन्छ ।
क्रान्तिकारी चेतनाले सचेत, राष्ट्र र राष्ट्रियताप्रति वफादार लाखौको संख्यामा विदेशिएका नेपाली यूवाहरु गोलबद्ध हुन जरुरी छ । बेरोजगारीको पीडाले पील्साएको हाम्रो यो पीढीले अब स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्नै पर्दछ । प्राकृतिक सम्पदाले भरीपूर्ण हाम्रो देशको राज्यसक्ता वुर्जुवा राजनीतिमा सीमित रही कुनैपनि क्ष्ेात्रमा ओद्योगिक विकास नभएको र देशको सर्वाङ्गीण विकासकोलागि ने.क.पा. माओवादी संघर्षरत रहेको कुरा सबैलाई विदितै छ । प्रसस्त औद्योगिकी करणका पूर्वाधारहरु विद्यमान हाुदाहाुदै पनि देशका यूवा वर्गहरु विदेश पलायन हुनु नालायकी राज्यसक्ताको उपज हो यस्ता शोषक र सामन्तिहरुको वहुलवादी तथा नोकरशाही राज्यसक्ताको नामेट गरी दलाल तथा नोकरशाही पुाजीपतिको सम्पति जफत गरी औद्योगिक विकासमा लगानी गर्नुपर्दछ । जातिय शोषण र उत्पीडन, पीतृसतात्मक शोषण लगायत सबै प्रकारका शोषण र उत्पीडनको अन्त्य गरी पूर्ण निरपेक्ष नेपालको समुन्नत विकास हुनुपर्दछ । फलत औद्योगिक विकासले प्रत्येक नागरीकलाई रोजगारीको ग्यारेण्टी हुनसक्छ । स्वदेश तथा विदेशमा श्रम अनुसारको ज्याला निर्धारण हुनसक्छ । यस्ता विविध आवाजहरुलाई आत्मसाथ गर्दै कुरीति र कुव्यवस्थालाई जरैसाग उखेली जनगणतान्त्रिक नेपालको स्थापनामा औद्योगीक क्रान्तिलाई सफलीभुत वनाउनु नै प्रवासी क्रान्तिकारी सगठनहरुको एक गन्तव्य हुनपर्दछ । कम्युनिष्ट क्रान्तिकारी संगठनहरु सर्वथा, अचूक र अपरिवर्तनशिल रहन सक्दैनन । सर्वहारा मजदुर वर्गको वर्गसंघर्षका स्थितिहरु विकासका निरन्तर चलिरहने प्रक्रियामा हुने परिवर्तनमा अधिनस्य हुन्छन । समय र परिस्थिती अनुकुल विभेदिकरणका सीमाहरु प्रति विशिष्टिकरण कायम गर्दै सर्वहाराको अग्रदस्ता संगठनले खोजी गनुपर्छ । हिजोका दिनहरुमा साम्यवादी राज्यव्यवस्था स्थापना गरी नयाा नेपालको दिशानिर्देशमा संघर्षरत हुादाहुादेै थुप्रै विजयका अनुभुतिमा रमाइरहेका क्रान्तिकारी योद्धाहरु दुस्मनले चलाएका ठुलठुला अपरेशनहरु प्रति प्रतिरोधात्मक र आक्रामक शैलीले जवाफ दिनेहरु विभिन्न कारण विदेश पलायन भएका छन । पाटीपंक्ति भित्रैका मान्छेहरु अवसरवादी बनी जनताको बिश्वासमा घात गरी पनि पलायन भएका छन । विदेशको अनुभव र संघर्षले क्रान्तिकारी छलाङ्ग मारेकाहरुपनि थुप्रै छन । प्रत्येकको वास्तविकता पहिचान गरी एकवद्ध हुनपर्दछ । नयाा नेपालको निर्माणमा यूवाशक्तिको संलग्नता नभएमा वुर्जवाहरुको हालीमुहाली हुने कुरामा दुइमत छैन । यस सम्भावित खतरावाट राष्ट्रलाई जोगाउन युवाहरु एकजुट हुनपर्दछ । जुन समुन्नत नेपालको पुर्वाधार पनि हो । प्रवासमा धेरै मजदुरहरु शोषित र पीडित छन, कतै संगठनका नाममा कतै दलालीहरुबाट कतै कम्पनिवाट कतै कम्पनिले बनाएका चम्चेहरुबाट र धेरै सम्बन्धित राज्यसक्ताको र ठाउाविशेषको वैदेशिक जनशक्तिप्रतिको नितीबाट । मजदुर वर्गहरुले विभिन्न स्थानबाट उचित रणनितीलिई यिनीहरुको शोषण र दमनबाट मुक्ति पाउनु पर्छ । यसकोलागी स्वयं जागरुक हुनुपर्ने देखिन्छ । किनभने यस्ता विविध वस्तुस्थितीको बारेमा स्पस्ट जानकारी हुदाहुदै पनि सम्वन्धित निकाय मौन छ । अझै दुतावासका कर्मचारीहरु पीडितलाई डर र त्रास देखाई लुट्नमै व्यस्त छन । संघ,संगठनहरु -अपवादवाहेक) उद्धारको नारामा मजदुरलाई नैै भ्रम फिाजाई मजदुरमारा काम गरी व्यक्तिगत मुनाफा जुटाईरहेका छन । सस्तो लोकपि्रयताको रणनितीले लुटिरहेका छन । नयाा नेपालका संवाहकहरुलाई समूहगत एकताको भावनामा चोट पुर्याईरहेका छन आखिर यस्को जिम्मेवारी कस्को ? संसोधनवादी र अवसरवादीहरु सजिलै पन्छिने छन् जिम्मेवारीबाट । त्यसैले अब सबैतिर क्रान्तिकारीहरुले मजदुरको पक्षमा अझ सशक्त भएर एकबद्ध हुन जरुरी भएको छ । अराजकताका पक्षपोषकहरु अवसरको पर्खाईमा हुन्छन्, यिनीहरु हाम्रो देशमा मात्र होइन सबैतिर उक्तिकै मात्रामा रहेका छन । जनयुद्धको समय र चरण, नेपाली समाजमा भएका अग्र्रगामी रुपान्तरणको भीषण उथल-पुथलकारी, रक्तरञ्जित, ऐतिहासिक र अविस्मरणिय रहे । जुन तरङ्ग अहिले प्रवासमा चलिरहेको छ जसको उचित अनुसन्धान र तथ्यगत जानकारीबाट सम्वन्धित सवैलाई विषयवस्तुको विश्लेषण अनुसार जागरुक बनाउनु पर्दछ । लाखौको संख्यामा विदेशिएका युवाहरुनै नयाा नेपाल निर्माण र संवाहकका परिचालक हुन् । त्यसैले अग्रगमनको लागि समाजका \'कू\' हरुप्रति सजगरही उनिहरुको क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा लाग्नु जरुरी हुन्छ । समाज तथा राष्ट्रको आमुल परिवर्तन गर्ने क्रान्तिकारी संगठनको विरुद्धमा अवसरवादी तथा संसोधनवादीहरु टीका टीप्पणी र आलोचना गर्ने गर्दछन । जुन पराजीत मानसिकताको उपज हो, यस्ता खाले टीका टीप्पणीबाट क्रान्तिकारीहरुलाई सांगठनिक पे्ररणा मिल्न जान्छ । वास्तविकता भन्दापनि रंगिन कुराहरु गर्नु उनीहरुको धर्म पनि हो । संसोधनवादी र अवसरवादीहरु संगठनलाई शुद्ध व्याक्तिकेन्दि्रत भएर हेर्दछन् । व्यक्ति प्रधान बनाएर विषयवस्तुलाई प्रधानता दिनु वुर्जुवा वर्गहरुको विशेषता हो । त्यसैले आजका युवा पीढीले यस्तो कार्यहरु बुझ्न र यथार्थता तर्फ पाइला चाल्न अति नै आवश्यक छ । जसले भविष्यसम्म देश र जनताको पक्षमा वकालत गर्न सकोस् ।
माओको जनवादी क्रान्तिदेखी महान सर्वहारा सांस्कृतिक का्रन्तिसम्म वहाको जोड थियो की समाजका कु तत्वहरुको बारेमा एक पटक होइन सयौ पटकसम्म जनतालाई एकै कुरा भनिरहन पर्छ । नोकरशाही पुाजीपतीवर्ग र त्यसका हिमायतीहरुको वास्तविकतासाग सचेत नहुने हो भने जुनसुकै क्रान्ति पनि गन्तव्यमा पुग्न सक्दैन, प्रतिक्रान्तिको खतरा उत्पन्न हु्न्छ । हुनत वर्गीय क्रान्तिमा प्रथम चरणमा उपेक्षा र उपहासको पात्र बनिनु कुनै नौलो कुरा होइन । दलाल, शोषक र सामन्तिहरुको झुण्डको वास्तविकता मजदुरहरुले नबुझेससम्म क्रान्ति लाई तिरस्कृत वनाउाछन् । जतिवेला ने.क.पा. माओवादीले भीषण जनयुद्धको उद्घोष गर्यो त्यो तत्कालीन परिस्थितीमा धेरै उपहास र उपेक्षाको पात्र बन्यो । भाषण गर्नै सिपालु चित्र बा. केसीहरु \"जसको हातमा गुलेली छैन, त्यसले संंघर्षको कुरा गर्ने ? हा । हा । हा...\" गरेर हास्नेहरु जिउादै छन । खुम बा.हरुले तिन महिनाको आयु तोकेको विदितै छ । विदेश भ्रमणमा भएका माघव कु. नेपालले विदेशवाटै \" रिमले निर्देशन गर्या होला, २-४ दिन त टिक्लान\" । तमाम संसोधनवादी र पुराना राज्यसक्ताका हिमायतीहरुको यस्तै टिप्पणी थियो एक गम्भिर विषयमा । र आज प्रवासमा पनि त्यस्तै टिप्पणी र उपेक्षाका श्रृखलाहरुले क्रान्तिकारीहरुको मनोवलमा ह्रास आउने क्रियाकलाप गर्छन र गर्दैछन । यस्ता क्रियाकलापबाट विचलित नभई मजदुर वर्गहरु दृढ हुनुपर्दछ । पाखण्डीहरुलाई संकिर्णताको रेखामाथि पुर्याउन समय लाग्ने भएकोले धैर्य गर्नसक्नुपर्छ । मजदुर मुक्ति र स्वतन्त्रताले नै देशको उन्नती हुन्छ । साम्यवादी राज्यसक्तामा जनगणतान्त्रिक नेपालको निर्माण नै मजदुरको पक्षमा हुने हुनाले ओद्योगिक का्रन्तिको पुर्वाधारकोलागी प्रवासी मजदुरहरु सामुहिक नेतृत्वमा संगठित हुनुपर्ने चर्को आवस्यकता छ ।
क. माओका अनुसार\" विचार सही वा गलत हुनुले सबै चीजको निर्धारण गर्दछ । विचार सही छ भने आफुसाग नभएको चीजपनि प्राप्त हुन्छ, विचार गलत भएभने आफुसाग भएको चीजपनि गुम्छ\" बैचारिक प्रवृक्ति विचार र विचार निर्माणसाग नेतृत्व, संगठन, योजना तथा कार्यान्वयन पक्ष अभिभाज्यरुपले गाासिएका हुन्छन । नेतृत्व संगठन र योजना विना विचार निर्माण हुने कुराको कल्पना गर्नसम्म पनि सकिदैन । यदि कोही गर्छ भने त्यो संसोधनवाद हुन्छ । विचारसाग नेतृत्व, योजना, संगठन र योजनालाई भिन्न तुल्याएर बुझ्ने बिसर्जनवादी प्रकृतीको पहिचान गर्न निर्मम वैचारीक संघर्ष चलाउने र गलत प्रवृतिमाथी विजय हासिल परिपक्वता ज-जसले हासिल गर्न सक्छन् , तिनले मात्र विचार निर्माणमा सहयोग पुर्ाउाछन् । त्यसैले सही र खोटो बिचारहरु युवा वर्गले बिश्लेषण वर्नुपर्छ । बिचारको आलोकमा बस्तुबादी र वैज्ञानिक योजना निर्माण गर्न नेतृत्व र मनोगतवादी योजना र बिचार निर्माणको योजना छुट्टाउनुपर्छ । विश्वसाम्राज्यवादलाई चुनौतीकोरुपमा रहेको ने.क.पा.माओवादीले विश्वमै अतिवादीको सोचमा परिवर्तन गर्नसमेत सफल हुदैछ । त्यसैले हामी जहाा छौ जस्तो स्थितीमा छौ त्यहीवाट क्रान्तिकारी दिशामा अगाडी वड्न पर्छ । १२ जना चिनियाा मान्छेहरुले १९२१ मा कम्युनिष्ट पाटर््री गठन गरेर विश्वसामु कम्युनिज्मको परिचय दिएको वास्तविकताबाट प्रेरणा लिनपर्ने हुन आएको छ । वर्ग, क्रान्ति, संगठन प्रति सजग इमान्दार र कर्तब्यनिष्ठ भई मजदुर वर्गको हितकोलागी साम्यवादी नयाा नेपालको पृष्ठभुमीमा औद्योगिक क्रान्तिको महान दिशामा निर्दिष्ट हुनु स्वदेशी तथा प्रवासी मजदुरको प्रमुख लक्ष्य हुनु आवष्यक छ ।
मजदुर वर्गको दैनिक संघर्षमा उचित नेतृत्वको आवष्यकता पर्दछ । हरेक पक्षहरुलाई सकारात्मक सोचको आवस्यकता पर्दछ । निहित स्वार्थलिप्साले संगठनको जिम्मेवारी प्रति घातगर्ने तत्वपनि घुल्नसक्छ जे भएतापनि संगठन श्रमिक आन्दोलनको लागी तत्पर, साहसी, दुरदर्शी र बुद्धिमानीपुर्वक नेतृत्व चयन गनुपर्ने हुन्छ । र सोहि अनुसार नेतृत्व परिचालित हुनपर्दछ । जसको लागी श्रमीक आन्दोलनको चरणमा कामको समय, श्रमको सर्तहरु, परिश्रमीक र श्रमको अवस्था आदिका बारेमा मजदुर र पुाजिपतिका विचका संघर्षहरुमा मजदुर वर्गको उद्देश्यको रक्षा गर्नुपर्दछ । यस्ता प्राथमिक कार्यहरुको कुशल सम्पादनले मात्र मजदुर वर्गको मुक्तिमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने भएकाले शोषकका विरुद्धका शोषितहरुका दैनिक संघर्षहरु र विवादहरुमा सम्पुर्ण संगठनका आत्मवलिदानीपुर्ण र सचेतन सहभागिता विजयका निम्ति मात्र होइन, त्यो भन्दा अझ माथिल्लो तहको सर्वहाराको अधिनायकत्वलाई क्रियान्वित गर्न आवश्यक हुन्छ । सङ्गसङ्गै क्रान्तिकारी सगठनको आवस्यकताको नाममा संगठितभई निस्कृय भाव अपनाउनु मजदुर वर्गकै लागी ठुलो घात हुनजान्छ । मजदुरहरुका मागहरु जतिसुकै साना र साधारण भएपनि साना र साधारण ठान्न हुन्न । र असहभागिताकोलागी निहुा बनाउनु पनि हुदैन । फेरी विभिन्न सिद्धान्त र परिस्थितीका नाममा मजदुरहरुको विरोध गर्नु मूर्खतापुर्ण हुन्छ । हाम्रो देशको अग्रगामी परिवर्तन भनेको गणतान्त्रिक साम्यवादी नेपालमा औैद्योगिक समुन्नत नेपाल नै हो । यसको भाव तथा मर्म जुनसुकै नेता तथा राज्यव्यवस्थाले तिरस्कार गर्न खोजेमा मजदुरवर्गले भीषण जनयुद्धको तयारी गनुपर्ने अवस्था सिर्जना हुन्छ । पराजित मानसिकताको उपज आज वुर्जवा र प्रति क्रियावादीहरुले तराईमा हिंसा भड्काएपनि आखिरमा शाश्वत सत्यवाट मजदुरहरु सचेत हुने नै छन । मजदुरहरुको अर्थ र आवश्यकता मजदुरी गर्नेले नै बुझेका हुन्छन । विभिन्न क्षेत्रको शिप, कलामा दक्ष लाखौको संख्याम प्रवासमा रहेका युवाहरु अझ वढी दक्ष बनि स्वदेश र्फकदा उनिहरुले आफ्नो सिपको प्रयोग गर्न उचित कलकारखाना र उद्योगको विकास अति नै आवस्यकिय हुन्छ । प्राकृतिक सम्पदाले सजिएको नेपाललाई अझै सुन्दर र उन्नत बनाउन यिनै मजदुरहरुको लगावको आवश्यकता पर्ने कुरा अकाट्य छ । त्यसैले हाम्रो शिप, कला र दक्षताले मातृभुमीलाई उन्नत बनाउन हामी मजदुरहरु आफै संर्घर्षशिल हुनपर्छ । संगठीत हुनपर्छ । आज मजदुरको कारणले भित्राएको रेमिट्यान्सले राज्यसक्ता संञ्चालनमा ठूलो टेवा पुगेको छ । हाम्रो शिप र प्राप्त दक्षताले रुग्ण अवस्थामा रहेको नेपाल आमालाई मुक्ति दिलाउने पर्छ । यसकोलागी जस्तोसुकै कठोर युद्धपनि छेड्नै पर्छ । यो समग्र देश र जनताप्रति मजदुर वर्गको कर्तव्य पनि हो त्यसैले देशको उन्नत भविष्यकोलागी प्रवासी मजदुरहरु संकिर्णताभन्दा टाडारही क्रान्तिकारी चेतनाले प्रेरित भई संगठित हुन जरुरी छ ।
लेखक क्रान्तिकारी संगठन मलेसियाका केन्दि्रय सचिव हुनुहुन्छ ।
०१४-६३६११९१
| पाठक प्रतिक्रिया | |
|
|