
मानव समाजको उत्पत्तीसंगै वर्गको उदय पश्चात सम्पत्तीमा नीजि स्वामित्व कायम गर्ने प्रक्रियाको सुरुवात भयो । दुईवर्गमा विभाजित समाज, एउटा सर्व सम्पत्तीवान र अर्को सम्पत्ती विहीन देखिन्छ । वर्गको ऐतिहासिक उदय संगसंगै वर्गसंघर्षको पनि सुरुवात भयो । समाज विकासको विभिन्न चरणहरुमा मुठ्ठभिर शोषक सामन्तहरुको एकपछि अर्को चर्को शोषण दमनको विरुद्धमा उत्पीडित वर्गले आफ्नो स्वाभिमानको निम्ति गास, वास, कपास संगसंगै न्याय, स्वतन्त्रता र मुक्तिको खातिर सर्वहारा वर्गले उपयुक्त सम्बृद्ध विश्व दृष्टिकोण र सिद्धान्तको अभावमा हजारौं वलिदानीपूर्ण लडाईंहरु लडे । लाखौं महिला, मजदूर, किसान वर्गको हत्या गरेर शोषक वर्गले आन्दोलनलाई लगातार दवायो । तर सयौं, हजारौं बहादुरीपूर्ण विद्रोहहरुबाट सर्वहारा वर्गले नयां नयां सिप, अनुभव हांसिल गर्दै अघि वढे । इतिहासालाई अध्ययन गर्दा महिलाहरुको विद्रोह र संघर्षलाई श्रृंखलावद्ध रुपमा अगाडि बढेको देखिन्छ । तसर्थ महिलाहरुले नै गरेको ऐतिहासिक जो अन्र्तराटि्रय श्रमिक महिला दिवस मार्च ८ भनेर विश्वमा आजसम्म चर्चित छ । यसटक यहीं फागुनको २५ गते ९८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस परेको छ । संसारभरिका मुक्ति, संघर्ष र विद्रोह चाहने महिलाहरुले महान् पर्व एंम उत्सवको रुपमा मनाउदै आएका रहेका कुरा सर्वविधै छ । तसर्थ सोही ऐतहासिक पर्वलाई नेपाली जनयुद्धमा आधारीत सामान्य चर्चा गर्ने कोशिष गरिएको छ । विश्वभरिमा मजदुर एवं किसान विद्रोहहरु धेरै भएको पाईन्छ जस्तै बेलायतको मेसीनफोर आन्दोलन । प
आम जुलुश तथा हड्ताल जस्ता क्रियाकलापको सरकारले वेवास्ता गर्दै थप दमनको शिकार बनाउने जुक्ति निकाल्दै थियो । १२ वर्ष पछिसम्म आन्दोलन निरन्तर अघि बढ्यो । सन् १९०९ मार्च ८ का दिन त्यहांको शिकागो शहरमा श्रमीक महिलाहरुको विशाल पंक्तिले उक्त सरकारको विरुद्ध पुनः संघर्षको उठान गर्यो । सो विरोध प्रदर्शन निकै शक्तिशाली संगठित एवं व्यवसिथत थियो । त्यो आन्दोलनको त्यहांका न्यायप्रेमी जनसमुदाययले स्वागत गरे । सहयोगी पुरुष मजदूरहरुले झन् ठूलो सात दिएका थिए । महिलाहरुको उक्त संघर्षप्रति अमेरिकी जनताको समर्थन व्यापक बढेर गयो । तसर्थ तत्कालिन अमेरिकी संसदले आर्थिक समानताको माग सहित महिलाहरुलाई पछिल्लो पटक मताधिकार दिन बाध्य भयो । यसरी अमेरिकी सरकारलाई महिलाहरुको आन्दोलनद्वारा घुंडा टेकाउन सफल भएको उक्त दिन १९१० मार्च ८ लाई महिला नेतृ क्लारा जेटकीन ले महिलाहरुको महान् संघर्ष, त्याग, बलिदानी मनाउने प्रस्ताव पास गराउनु भयो । तसर्थ उक्त दिनलाई महान् पर्वको रुपमा मनाउने क्रमको विकास भयो ।
यसरी सरसर्ती हेर्दा, समानताको निम्ति विद्रोहको झण्डा उठाएपछि महिलाहरुको संगठित विद्रोह संसारभरिका श्रमीक महिलाहरुबीचमा स्थापित छ । ती उच्चतम संघर्ष पश्चात महिलाहरुको अवस्थामा क्रमिक सुधार र परिवर्तन हुदै आएको कुरा प्रष्ट देखिन्छ । तथापी फेरि पनि निरन्तर संघर्ष माग गर्दै बस्तुगत स्थिति अगाडी बढेको पनि विर्सनु हुदैन ।
प्रसंग बदलौं, विश्व कम्यूनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्ने हो भने जर्मन, पेरु, रुस र चिनमा क्रमशः माक्र्स,लेनिन र माओले सर्वहारा श्रमजीवीवर्गको मुक्तिको निम्ति संघर्षको उठान गरे । फलस्वरुप त्यसैको जगमा टेकेर अझ थप नेपाली बिशिष्टतामा विकास गर्दै २३८ वर्षे सामन्ती सत्ताको अन्त्य गर्ने र सर्वहारा वर्गको हातमा सत्ता ल्याउने महान् उदेश्यले नेकपा -माओवादी) को स्थापना भयो । जनयुद्धद्वारा वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय उत्पडिनको विरुद्ध चौतर्फी हमला र हस्तक्षेप लाई तेज पार्यो । फौजी र राजनैतिक कार्यदिशालाई संयोजन गरेर अगाडी बढेको जनयूद्ध सबै किसिमको भेदभाव, शोषण दमकको चिरफार गरेर द्रुत गतिमा चमत्कारपूर्ण ठाउंमा पुग्न सफल भयो । जहां समाजकै दोस्रो दर्जाको संज्ञा दिइएको निरिह, दासी र परनिर्भरताको पराकाष्ट सम्म पुर्याइएका महिलाहरु अधिकतम सहभागी भए । फौजी रुपमा लड्न भिड्न दुश्मनको बंकरमा पड्कन सफल भए भने राजनैतिक रुपमा कथित आरक्षणको कोटामा राखिएका महिलाहरु प्रतिस्पर्धा गर्नसम्म सक्ने हैसियत राख्ने भए । नीति निर्माणको ठाउंसम्म पुगेर आधा संसार महिलाहरुको भाग्य र भविष्यको फैसला गर्ने स्थान ओगट्न सफल भए । अझ भनौं ५० वर्षे कम्यूनिष्ट आन्दोलनमा नभएका परिवर्तनहरु १० वर्षे जनयुद्धमा देखाइ दिए ।
हिच्किचाहट नगरी खुलस्त भन्दै जाने हो भने वर्षौबाट खुम्चिएर बसेको महिलाहरुको दिमाग पखेटा हालेर परेवा सरी उड्ने भए, यो कुनै आदर्शवादी काल्पनिक कथा होइन १० वर्षे जनयुद्धद्वारा आर्जित यथार्थ व्यवहारिक उपलब्धी हो । तसर्थ यही जनयुद्धको बीचबाट विभिन्न ऐतिहासिक पर्व, दिवश र महत्वपूर्ण उत्सवहरु हाम्रो विचार, चालचलन र रीति अनुरुप मनाउने गर्दछौं । त्यसै अन्तर्गत प्रत्येक वर्षको मार्च ८ को दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवशलाई अनेमसंघ -क्रान्तिकारी) को अगुवाईमा विद्रोह, संघर्ष र मुक्तिको रुपमा शसक्त भनाउने गरिएको छ । जसलाई अन्य राजनैतिक पार्टीको महिला संगठन र गैर सरकारी संघ/संस्था हरुले भने विशुद्ध नारिवादी र नारित्वको रुपमा मनाउादै आएको संस्कार पनि हामीले देखेका छौं । नारि दिवशको रुपमा वकालत गरेर अन्तराष्ट्रिय जगतको महिलाहरुको विद्रोहको इतिहासलाई खुम्च्याएर लैजाादा इतिहासमा कतै कंलक सावित पो होइन्छकी । जेहोस् इतिहासको नष्ट होइन संरक्ष गरेर जानुपर्छ भन्ने उदेश्यले मनाउन आवश्यक छ ।
यसर्थ महिलाहरुको साहसिक कदम अन्तराष्ट्रिय स्तरदेखि राष्ट्रिय तहसम्म आउंदाखेरी न्यूनिकृत गर्न लायक छैनन् । बरु मुक्तिको निमिक्त निरन्तर खबरदारी, संघर्ष र विद्रोह गर्न तयार छन् । अझ क्रान्तिकारी र प्रगती चाहने महिलाहरु त बलिदान गर्न पनि तयार छन् भन्ने इतिहास जनयुद्धले पुष्टि गरिसकेको छ । तसर्थ मुक्ति को नजिक पुग्नै लागेका मात्रै छौं । अझ संघर्षलाई तेज पार्न जरुर छ । नेपालमा संविधानसभाको चुनावद्वारा समान कानुन निर्माण पश्चात नौलो जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद भएर साम्यवाद सम्म पुगेको स्थितिमा मात्र महिला मुक्ति संभव छ । जसको निमिक्त सम्पूर्ण महिलाहरु एक ढिक्का भएर पितृसत्तावादी संरचनाको ध्वस्त गर्न जरुर छ । अधिकार मागेर पाइन्न खोसेर लिने विधि जनयुद्धद्वा सिक्न आवश्यक छ । त्याग, तपस्या, बलिदानी, कुर्वानी र जोखिमहरु मोलेर सम्पूर्ण मुक्ति चाहने महिलाहरु तनमन र विचारले एक भैसके पश्चात हामीले देखेको मुक्ति भादा पनि छिटो मुक्ति संभव छ ।
लेखकः अनेमसंघ (क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष हुनुहुन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|