

पहिलो जोहर जयााको हलमा कार्यक्रम सञ्चालन गर्ने कुराहरु लाई मिडीया र पम्प्लेटहरुमा अवगत गराएता पनि प्रशासनिक दबाबका कारण लार्किङ्गको TAN HJ. YUNUS हलमा कार्यक्रम गर्ने निर्णय गरेको कुरा प्रतिनिधि भिमसेन तिमिल्सीनाबाट अवगत हुन आएको थियो ।
म लगायत मेरा सहकर्मी मित्र अभिलेख साप्ताहिकका समाचारदाता इश्वरी भुर्तेल लार्किङ्ग हुादै कार्यक्रम स्थल तर्फ पुग्यौं त्यहाा पुगिसकेपछि हाम्रो जान पहिचान, कार्यक्रममा क्षेत्रीय प्रतिनिधि साग भयो । निर्धारित समय भन्दा ३ घण्टा पछि, कार्यक्रम सञ्चालन हुादा दर्शकहरु निकै ठूलो आघात बोकीरहेका थिए । बास्तवमा व्यवस्थापन पक्षको कमजोरी निकै हद सम्म देखिन्थ्यो । दर्शक र कलाकारको मर्म भन्दा आफ्नो नीजि स्वार्थमा तल्लिन देखिन्थे अयोजकहरु ।
टिकट विक्री र आय-व्ययमा मात्र सिमीत आयोजक पक्षले व्यवस्थापन देखि लिएर प्राविधिक समस्या पनि खडा गरेको छर्लङ्ग देखिन्थ्यो । दर्शकहरुलाई पुतली नचाए झैं नचाईरहेको थिए । प्रतिष्ठित र बहुचर्चित कलाकारहरुलाई सडकमा नचाएर नेपाली कला र संस्कृतिको खिल्लि उडाएका थिए आयोजकहरुले बास्तवमा त्यो क्षेत्र, रत्नपार्कको खुलामञ्च जस्तै थियो । जहाा कलाकारहरुलाई फुटपाथमा विछ्याइएको थियो । दर्शकले कलाकारहरुको मान सम्मान गर्न कत्तिपनि कन्जुस्याई गरेको थिएन । झन उपि|m उपि|m तालिका फोहराहरुले स्वागत गरीरहेको थिए ।
कलाकार कुनै फुटपाथ को रंगकर्मी होईन । कलाकार श्रष्टा हुन, भगवान हुन भन्ने ज्ञान भुलेका, आयोजकहरुले कलाकारहरुलाई बदनाम मात्र गराएनन्, नङ्गाए पनि । द पृष्ठभूमी साप्ताहिकका असंख्य प्रतिनिधिहरु त्यसका प्रतिनिधि देखिन्थे । साहित्य क्षेत्रमा लाग्ने नरम दिलका हुन्छन् भन्ने सुनेको थिए भोगेको थिए । तर त्यहाा त्यसको ठिक विपरित भयो । कला र साहित्यलाई बीच चौरमा नचाइरहेका थिए । यो एउटा कला र कला पारखीहरुका लागि दुर्भाग्यको कुरा हो । हाम्रा बरिष्ठ कलाकार सडक नाटक प्रहसव गर्न होइन । एउटा सम्मानीत कला र संस्कृति पस्कन आउनु भएको थियो । जे जति कलाकारहरु आउनु भएको थियो । जति पनि आफ्नो कला कौशलतालाई दर्शक सामु पस्कनु भयो ति अतिनै मार्मिक, चर्चित र स्मरणीय रहने खालका थिए । कलाकार पक्षप्रति कसैलाई पनि खोट लगाउने ठाउा छैन ।
कलाकारहरुको बीच प्रस्तुतिमा प्राविधिक पक्ष अतिनै कमजोर रुपमा देखिन्थ्यो । बीच बीचमा साउण्ड सिष्टम विग्रनु । गित गाएको, बोलेको प्रस्ट रुपमा नबुझिनु ले गर्दा दर्शक अतिनै मर्माहित बनेका थिए । कतिले बोल्थे, आयोजक विकाउ हो टिकट चेक १५ चोटी सम्म गरिन्थ्यो । प्राविधिक पक्ष चेक एक पटक पनि गरिदैन्थ्यो । नपत्याए तिनै कलाकारलाई सोध्नुहोस्, जसले जोहोरबारुको कार्यक्रममा पीडा बोकेर गएका छन् । अपमानित भएर गएका छन् । यदी कलाकारको सम्मान कार्यक्रम स्थलको उचित व्यवस्था, व्यवस्थापनलाई कार्यान्वयन गर्न सकिदैन भने, आयोजक बन्न धिक्कार हो । अलिकति पनि लाज मान्नु पर्ने हो । हामीलाई आभाष हुने गर्दथ्यो कि त्यहाा नेपाली सांस्कृतिक कार्यक्रम होइन कुनै फुटबल खेल हेरिरहेका छौं ।
११ बजे प्रस्तुत गर्ने भनिएको कार्यक्रम २ बजे सञ्चालन हुादा दर्शकहरु अति कठोर सजाय भोग्न बाध्य भैरहेका थिए । खेल मैदानको बिच भागमा कलाकारलाई नङ्ग्याएर रमाइलो लिनेहरु आर्थिक उन्नती गर्नेहलाई भोलीका दिनमा तिनै दर्शकले अपमानित रुपमा हेर्न बाध्य हुनेछन् । द पृष्ठभूमीका प्रतिनिधिहरुको बर्चस्व देखिन्थ्यो । एउटा साहित्यिक क्षेत्रको व्यक्ति संस्थाले, साहित्यिक क्षेत्रलाई विचारको भन्दा द्वन्द्वको रुपले हेरेको देखिन्थ्यो ।
कार्यक्रमको विस्तृत विवरण दिनु पर्दा आयोजक जति निर्दयी देखिन्थे कलाकार त्यसको विपरीत देखिन्थें । कार्यक्रम प्रस्तुती र उद्घोषणको जिम्मा लिनु भएका चर्चित हास्य कलाकार मनोज गजुरेलले कार्यक्रममा मूख्य नायकका रुपमा नै खडा भएका थिए । आफ्ना विभिन्न हाास्य प्रहसनहरुका साथ दर्शकलाई नचाउन र हासाउन सफल मनोज गजुरेलको प्रस्तुती अति लोक पि्रय बनेको थियो । सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै, जनबादी गित गाउादै हिड्ने जीवन शर्माले दिनु भएको प्रस्तुती अति सान्दर्भीक र मौलिक थिए \"रक्तिम परिवार\' का संस्थापक गायक जीवन शर्माका जनबादी गित सुन्दा दर्शक झनै उपि|m उपि|m ताली पीटिरहेका थिए । लोक गायनको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायिका विमा कुमारी दुरा लोक गायक द्वय बद्री पंगेनी, भगवान भण्डारी, आधुनकि गायक आनन्द कार्कीको प्रस्तुती झनै उत्कृष्ट देखिन्थ्यो । भर्खमात्र चर्चामा आएको गायिका निशा सुनुवार, गायक यस कुमार ले पनि आ-आफ्नो प्रस्तुतीनै दर्शक माझ दिएका थिए । मेरी बास्सैंबाट जिरे खुर्सानी को १५४ भाग सम्म \'मुन्द्रे\' को अभिनय गरेर चर्चाको शिखरमा पुगेका हास्यकलाकार जितु नेपालको प्रहसन अति मर्मस्पर्शी रहेको थियो ।
अन्तमा चर्चित नायक निखिल उप्रतेी, दिलिप रायमाझी, नायिक झरना थापाको प्रस्तुतीको दर्शकलाई झनै तताएको थियो । बास्तवमा भन्नुपर्दा कार्यक्रम अति मनोरञ्जनात्मक बन्यो । सडकमा नााचेर गाएर हिड्ने हाम्रा कलाकार होइनन् । कलाकारको पनी मान सम्मान छ । प्रतिष्ठा छ हामीले कलाकार र कला दुवैलाई सम्मान र पुजा गर्नुपर्दछ । तर जोहोर कार्यक्रम प्रस्तुती जति रोमाञ्चित बन्यो , त्यतिनै बढी कलाकार र दर्शक आयोजक प्रति रोश प्रकट गर्न चाहान्छन् -\'अब आईन्दा यस्तो बदनामी पूर्ण आयोजना, कसैले पनि नगरेकै राम्रो ।\'
एउटा साहित्यिक क्षेत्रमा लाग्नेहरु कलम चलाउने बुद्धिजीवीहरुले बुझ्नु पर्ने कुरा हो, संस्कृति र खुला मञ्चमा प्रहसन गर्ने चिज होइनन्, जहाा व्यवस्थापनपक्ष कलाकारहरु प्रती अनुत्तरदायी हुन्छन् । कला र संस्कृति त हामी नेपालीका गहना हुन् ।
जे होस् एउटा अमूल्य संस्कृति कलालाई नेपाल धर्ति देखि बोकेर मलेसियासम्म ल्याई, सम्पूर्ण प्रवासी मित्रहरुलाई आफ्नो संस्कृति कला चिनाउन, नेपाली कलाकारहरु मलेसिया क्वालालम्पुर देखी जोहोर सम्म आइपुग्नु भयो । त्यसका लागि हामी सम्पूर्ण मलेसियामा रहेका साहित्यिक मित्रहरुका तर्फबाट नेपाली सांस्कृतिक टिमका सम्पूर्ण कलाकार बर्गहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
| पाठक प्रतिक्रिया | |
|
|