

राजनैतिक, सामाजिक तथा सांगठनिक इतिहास घटनाहरुको थुप्रो मात्र होइन ति घटनाहरु एक टापूजस्तो स्वतन्त्र र एक्लो पनि कदापि हुनसक्दैन । यि सबै घटनाहरुमा एकसंग अर्काको प्रत्ाक्ष्य सम्वन्ध रहन्छ, जसरी मालामा फूल एक अर्कासंग जोडिएका हुन्छन । यसरी नै राजनैतिक, सामाजिक तथा सांगठनिक संरचनामा व्याक्ति र उसभित्रको प्रवृक्ती, विचार र विचार निर्माणको नेतृत्व गर्ने व्यक्ति पनि एक आपसमा सम्वन्धित हुन्छन् ।
स्वतस्फुर्त नौलो र वास्तविक समृद्धि तथा विकासको चाहना भएका नेपाली चेतनाको अवमूल्यन गर्दै अधिनायकवादी सोचहरु व्यक्तिवादी संरचनामा यत्रतत्र संगठित हुदै धमिलो पानीमा माछा मार्दैछन । वेइमानहरुले सामाजिक घटनाक्रमहरु, त्यसमा आफ्नो संलग्नता र त्यसले दिएको परिणाम सोर्है आना लुकाउने प्रयास गर्दछन । कतै समाजसेवा, कतै वर्गसेवा, कतै दलिय सेवा त कतै सांगठनिक सेवा आदिका नाममा । वर्तमान अवस्थामा विभिन्न सेवा, उद्धार, क्रान्ति लगायतका समुहहरुको, स्वच्छ परिकल्पनामा स्पष्ट नितिनिर्माण हुन जरुरी छ । त्यसकोलागी व्यावहारीक ज्ञान, सैद्धान्तिक विशिष्टता तथा सामाजिक वातावरणको उचित समायोजन त्यतिकै आवस्यक हुन्छ । यि पुर्वाधार विनाको कुनैपनि गतिविधि तथ कृयाकलापहरु कुनै एक व्याक्तिको प्रतक्ष्य लाभमा संचालन गरिन्छ वा का्रन्तिको नाममा वर्गीय उत्थानको नाराले सर्वहारा वर्गको मजबुरी तथा प्रारम्भिक अल्पज्ञानको अवसरमा त्यस वर्गलाई कोरा आश्वासनमा फासाइन्छ भने त्यो कदापि का्रन्ति हुनसक्दैन । वास्तविकता छिपाई सजातियहरुको रगत चूस्ने यस्ता कथित का्रन्तिहरु, का्रन्ति नभई सामन्ति संस्कारले हुर्केका शोसकहरुले एक कालखण्ड छोपी सोझा, सिधा जनता फासाउने अवसरवादी दिग्भ्रम मात्र हो । विभिन्न कालखण्डमा भएका यस्ता गतिविधिको लागी प्रमाणको रुपमा ईतिहासवाट स्पष्ट हुनसकिन्छ । अवसरवादको प्रवृति नै ठीक, सत्यतथ्य नबोल्नु र हजार फूलबुट्टा भर्दै अन्ततः अवसरवाद बोल्नु हो जुन यत्रतत्र देख्न र सुन्न पाइन्छ, पाइरहेका छौं । भर्खरै एउटा पत्रिकामा आएको लेखतर्फ मेरो ध्यानाकर्षण भएको छ । शाब्दिक जालले भ्रमित पार्नखोज्ने नोकरशाही तथा प्रतिगामीहरुको बुर्जुवा रणनीति सजिलै थाह पाउन सकिन्छ , यदि सचेत रहने हो भने, रोजगारको खोजीमा धेरै देशहरुमा शरणर्थीकोरुपमा शिविर कुरिरहेेका नेपालीहरुको मुक्तिको नाराले रामै्र अवसर दिन सक्छ उनिहरुलाई, तैपनि कलमको सहायताले चेतना सकेसम्म सबैलाई पुर्याउनै पर्छ । शब्दमा विश्वास गर्नेको जमातपनि कम छैन, नेपाली समाजमा । अब समय बित्न लागिसक्यो जाग्नका लागी । शाब्दिक खेलमा समाज बिरोल्नेहरु, आपक्ति निम्त्याउनेहरु फरक फरक तरिकाले परिस्थिती संगत अवसरमा बोल्छन् । आज तिनकै मुक्तिकालागी आवाज बुलन्द गर्नेहरु मातृभुमीप्रतिको कर्तव्य साक्षी राखेर भन त .. किन प्रलोभनमा पारेर देशका युवाशक्ति पलायन बनायौ ? फेरी सस्तो लोकपि्रयताकोलागी राष्ट्रघाति मानव तस्करहरुको भण्डाफोर गर्ने नीतिलिई उदार र उदाक्त दिलमाथी बलात्कार गर्न खोन्दैछौ ? अबका मजदुरहरुले धामी र बोक्सी छुट्टाउन गार्हो हुने अवस्था छैन त्यसैले नयां दुर्गबाट नयां पाखाबारी खरिद गर्ने सपना नदेखे हुन्छ । लाखौ युवाहरु विदेशिएका छन् । गाउं शुन्यप्राय छ । जति विदेशिए सवै लुटिए तस्करवाट, पुराना दुर्गहरुप्रति पैसा कमाउने विश्वास घटेछ क्यारे त्यसैले तिनै स्वदेशवाट आफैले पलायन बनाएका युवाहरुलाई प्रयोग गर्दैछन, अवसरवादीहरु । चकलेटमा मुख मिठ्याउन व्यस्त छन अनुयायीहरु । वास्तविक परिचय दिएर दलालीले दलाल गर्छ भने उसको धर्मप्रति आपक्ति जनाउन धेरै सान्दर्भिक नहोला तर.... ?
आजका युवाशक्तिको का्रन्तिले यस्ता प्रवृक्तिलाई प्रोत्साहन दिनु हुदैन । हिजोका तथा आजका सबै घटनाहरु र त्यसले व्यावहारतः दिएको परिणाम -दुवै) जस्ताको तस्तै मजदुरसामु छर्लङ्ग पार्ने हिम्मत गर्नुपर्छ । हिजो वैदेशिक रोजगार नै राष्ट्रको प्रमुख आयश्रोत भन्दै जनयुद्धमा तातिएका युवाहरुलाई विदेश पलायन बनाउने तस्करहरु आज किन स्वरोजगार भन्दै कुर्लदैछन ? मजदुरीगरी संञ्चय गरेको मजदुरहरुको पारिश्रमीकमा गिद्धे नजर परेको त होइन ? सोच्नेवेला वित्दै छ । आर्थिक समन्वयको लागी पहल गरिने लेख, आव्हान, विज्ञप्तिको औचित्य कहांसम्म ? विचारको विश्लेशण गरी तथ्य पत्ता लाउने समय वित्दैछ । ठुलै संख्यामा देश तथा विदेशमा लागिपरेका छन रक्तविजहरु त्यसैले व्यूउंझने उचित मूहर्त वित्दै छ ।
राजनैतिक, समाजिक तथा विभिन्न सांगठनिक इतिहास भित्र समेटिएका विभिन्न वैचारिक प्रवृक्ति - का्रन्तिकारी र गैर्हका्रन्तिकारी) हरु र त्यस्ता प्रवृक्तिहरुले समाज रुपान्तरणमा पर्ने सकारात्मक तथा नकारात्मक प्रभावहरु एवं यी प्रवृक्ति वोक्ने प्रतिनिधिपात्र -का्रन्तिकारी र अवसरवादी) यो पुस्ताले चिन्नै पर्छ, जान्नै पर्छ जसकोलागी व्याक्तिको समाजिक तथा राजनैतिक अवलोकन र विश्लेशण गर्नैैपर्छ । पृष्ठभुमी भित्रका घटनाहरुलाई सिर्फ घटनाको थुप्रोमात्र देख्ने एवं घटनाहरुको अविछिन्न र अन्योन्याश्रति सम्वन्धलाई अलग गरेर हेर्ने र वुझ्ने काम भयो भने कोही पनि ठिक गन्तव्यमा पुग्न सक्दैनौ । फलतः सबैको का्रन्तिकारी छलाङ्गप्रतिको उत्साह तथा तागत अवसरवादीहरुले शुन्यमा पुर्याउने छन् ।
जुन यथार्थता मलेसियाको नेपाली श्रमीकहरु माथि छ त्यो सबैले सोच्ने र जनमानसमा व्यापक छलफल तथा विश्लेषण गर्नुपर्ने चर्को आवश्यकता रहेको छ । हाल मलेसियामा रहेका करिब ३ दर्जनमाथिका संघ संस्थाहरुको कुन र केको उपज निर्माण भएका हुन ? किन नेपालीहरु एउटै श्रमीकवादी संस्थामा अटाउन सकेनन् । गम्भिर बहसको बिषय बनेको छ । जसतर्फ सम्बन्धित सबैको ध्यान नजाने हो भने ठूलै दुर्घटना निम्तनसक्छ । संगठनका अगुवाहरुको उचित नेतृत्व क्षमता नहुनु मात्र होईन, श्रमीकहरुको मजबुरीको नाजायज फाईदा उठाई उनीहरुको संगठनप्रतीको भावनामा आघात पुराउनुले पनि यो अवस्था सिर्जना गरेको हो भन्दा अत्युक्ति नहोला ।
प्रतिगामी र त्यसका मतियारहरुले एकदमै व्यस्त रहने यहांका मजदुरहरुलाई विभिन्न प्रकारका क्रान्तिका नाराले उनिहरुको एकताको भावनामा प्रतक्ष्य असर पुर्याएकोले गर्दा अग्रगामी दिशातर्फ सबैलाई ध्रुविकि्रत गराउनलागि लागि पर्ने प्रगतिशिल तथा परिवर्तनका संवाहकहरुलाई गार्हो पर्ने कुरामा पनि दुईमत नहोला । त्यसैको उपज हुनसक्छ, भर्खरै मलेसियाकोलागि नयां नेपाली राजदूत डा. ऋषि अधिकारीको कल्याणकारी कोषको अग्रगामी बिचारमा यहांका मै हुं भन्नेहरु मौन रहेका छन् । अवसरबादीहरु कुनै न कुनै हिसाबले अवसरनै बोल्ने कारण पनि यसबाट उनीहरुको मजदुर भ्रममा पार्ने नयां रणनीति विफल हुनसक्ने सम्भावना पनि त्यतिकै टट्कारो रुपमा छ भने हिजोको अवस्थामा मजदुरहरुलाई यातना दिएको तथा अपहरण, कुटपीट् आदि अमानविय कार्यको पोल खुल्न सक्ने संभावनाले पनि तर्साएको हुनसक्छ । बास्तवमा यहां साच्चै मजदुरहरुको मुक्तिको लागि सबै एकजुट भएर शंखघोष गर्ने हो भने नेपाली मजदुरहरुले सजिलै उन्मुक्ति पाउने छन्, यहां कसैले पनि अबैधानिक रुपले प्रत्येक पल मानसिक पीडामा काम गनुपर्ने छैन, सम्झौता अनुसार तलब सुविधा नपाउंदा आवाज उठाउंदा, मालिकको कुटाई खानुपर्ने अवस्था नै सिर्जना हुनसक्दैन । तर मानवतस्करहरु नै आफै धामी आफै बोक्सीको भुमीकामा रहंदा त π जस्तोसुकै नीति तथा कल्याणकारी अवधारण पनि फेल खान्छ नै , त्यस तर्फ सम्बन्धित सबैले ध्यान पुर्याउनु पर्नेछ । अन्यथा राजदूतको दुरदर्शी पुर्ण अवधारणा वहांको कार्यकाल सम्म पनि सोचेको तवरले नजाने कुराको सजिलै ठोकुवा गर्न सकिन्छ । मलेसियाको सांगठनिक इतिहासलाई विश्लेषण गर्दा यहांका संगठनहरु समाज कल्याणका लागि नभई विशुद्ध व्यवसायीक तवरले स्थापना भएका छन् । विशेष गरी पत्रिका बिकाउनका लागि निर्माण गरिएका संगठनहरु व्यावसायीक सफलताकालागि आफ्नो सञ्जाल बढाउन पनि सफल भएका होलान् तर निर्दिष्ट लक्ष्य र व्यावहारको तालमेल नहुंदा, पटक पटक मजदुरहरुलाई शोषण गरेकोले अहिले अस्तित्व रक्षा गर्न समेत नसक्ने स्थितीमा रहेको सायदै कसैलाई जानकारी गराउन नपर्ला ।
प्रशंसनिय कुरा केछ भने बर्गीय मुत्तिकालागि निर्माण भएका संघ सस्थाहरु भने आफ्नो बर्ग, जाति, पेशा, संस्कृतिलाई हदसम्म संरक्षण गरी प्रवासमा पनि विविधतामा एकताको मूल नारालाई सार्थक तुल्याउन सफल हुंदैछन् । अहिले केहि मानवतस्करहरुको नयां विभृत जमातले मानेपनि या नमाने पनि प्रतिगामी मतियारहरुले स्विकारे पनि या नस्विकारे पनि हाल प्रवासमा भएका संघ-संगठनहरु -बर्गीय, जातीय,क्षेत्रीय, लिङ्गीय) को जागरणको जुन लहरहरु देख्छौ, त्यसको पछाडी महान जनयुद्ध तथा जनमुक्ति सेनाको सफलता नै प्रेरणा बनेको छ । जसबाट नयां जनगणतान्त्रिक नेपालको पृष्ठभूमीमा औधोगिक समुन्नत नेपाल निर्माणमा ठूलो टेवा पुग्ने आशा गर्न सकिन्छ । अवसरवादी, प्रतिगामी अधिनायकवादी र सर्बसत्तावादी सोचभएकाहरु तथा उनिहरुको मतियारहरु बिरुद्ध जनवर्गीय संघ तथा संगठनहरु एक भई बिद्रोह गर्नुको लागि यस्ता जनवर्गीय संगठनहरुबाट भरपर्दो बर्गीय आधार मिल्नेछ । यसतर्फ सबै धुबि्रकृृत हुनुको अर्को बिकल्प पनि छैन ।
सजातियहरुलाई चुसिरहेका कथित श्रमीक अगुवाहरुले मजदुर, दलित, महिला, जनजातिहरुको प्रतिनिधित्व गर्दैरहेका संगठनहरुलाई समेत उनिहरुको संकिर्ण धारणाको दायराभित्र ल्याउन विभिन्न प्रकारका लेख रचनाहरु प्रकाशित गरीरहेका छन् । र उनीहरु वास्तविकरुपम न्यायको पक्षमा लड्ने यस्ता संगठनहरुलाई आफूजस्तै कसैले बुझ्न नसक्ने विरंगी बनाउन प्रयासरत छन् । प्रवासी एकता उत्पीडित वर्ग, जाति र लिङ्ग तथा अन्य बर्गसमुदायहरुको एकत्रित रुप हो । यस्को निम्ति समयमै सहि बाटो तर्फजान त्रान्तिकारीहरु, मजदुरहरु र यस्ता विभिन्न उत्पीडित बर्गहरु बर्गीय एकता तर्फ निर्दिष्ट हुनुपर्छ । जो वास्तवमा सबैभन्दा अग्रगामी र जनवादी हुनेछ परिणाम आशातीत हुनेछ र अवसरवादीहरु स्वतःः किनारा लाग्नेछन् ।
लेखकः-नेपाल क्रान्तिकारी संगठन मलेसियाको केन्दि्रय सचिव तथा प्रगतिशित पत्रकार हुनुहुन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|