

हङकङको भिडाम भिड मानिसहरुको टेन्सन् र बाक्लो शहरको कारण नयां हावा र स्वच्छ वातारणको अभावले व्याकुल भएको यो मनमा अलिकति सान्त्वना पाएको थियो अनेसासको बतासे डाँडाको साहित्यीक कार्यक्रमको आयोजनाले । हुने पनि किन नहोस यो मन प्रफुल्ल कति बर्षपछि पुर्नर्गठन भएको साहित्यीक सस्थाको पहिलो साहित्यीक कार्यक्रम त्यो पनि त्यती टाढो र रमणीय स्थलमा । आफुत कुनै पनि साहित्य सस्थामा आवद्घ नभए पनि अरुले गरेको राम्रो कामको ताली बजाउने मान्छे । हङकङको व्यस्तताले गर्दा अथवा रोजीरोटिको सवालले गर्दा त्यस कार्यक्रममा उपस्थिति हुन पाइएन तर नपाए पनि अरु २०/२१ जनाले राम्रै उपस्थिती जनाउनु भएकोले मन मनै खुसी लागेको थियो र सोचेको थिएं कि वतासे डाँडा जाने साहित्यीक यात्रीहरुले त्याँहाको स्वच्छ वतासका साथै त्यस जंगलमा भएको बासनादार फूलहरुको मिठो बासना ल्यार्इर्र्त्यस ठाउँमा पुग्न नसकेका म जस्ता नेपाली दाजु भाइ दिदी बहिनीहरुलाई दशै तिहारको सौगात स्वरुप बासनौ बासनाले स्वागत गर्नु हुन्छ र अनेसासको मिठो परिचय दिलाउनु हुन्छ भनेर तर आखिरीमा बतासे डाँडाबाट र्फकेर आउनु हुने साहित्यीक यात्रीहरुलेत -सबैले हैन) सोचे जस्तो बासनादारको सौगात नल्याई आधिंबेहेरी ल्याउनु भएछ र धार पनि बोकेर ल्याउनु भएछ ।
\"बाह्र बर्षामा उनीउ फूल्यो गुहुको बासना लिएर\" भन्ने बुढापाकाको भनाइपो मैले त झल्यास्स सम्झे किनकी यति लामो समय पश्चात पुर्नर्गठन भएको त्यो पनि अन्तराष्ट्रिय साहित्यीक संस्थाले आयोजना गरेको यस्तो राम्रो कार्यक्रममा उहांहरुलेनै बिबाद निकाल्नु हन्छ ता कि उहांहरुप्रति कसैले पनि आपती जनाउनु भएको थिएन । प्रकाशजीले भन्नुभएको एउटा भनाई म याहां जस्ताको तस्तै राख्छु
हङकङमा विभिन्न नाममा विभिन्न साहित्य संस्थाहरु खोलिएका भए तापनि तिनको मूल लक्ष भनेको साहित्यको उत्थानका लागि सेवा गर्नु रहेको लाग्नेमा केही समयपछि त्यो परिभाषाले अर्थ परिवर्तन गरेको बुझ्ने किसिमको हङकङेली नेपाली साहित्यका व्यक्तित्वहरुको उपस्थितिले जनाउने उक्त भेलाले के देखाएको छ भने, हङकङमा दुई धारका साहित्यकारहरुको अस्तित्व रहेकोलाई ससम्मान स्वीकार गर्नु पर्ने भएको छ । त्यसैले मूल धारका जनजाति साहित्यकारहरुको पूर्ण अनुपस्थिति रहेको उक्त बतासे डाँडा कविता वाचनमा नेपाली भाषाका कविहरुको राम्रो उपस्थिति रहेको थियो भन्दा अत्योक्ति नहोला ।
माथिको भनाइ अनुसार त जति पनि हङकङमा बिभिन्न नाममा खोलीएको साहित्यीक संस्थाहरु छन् तिनीहरु सबै अनेसासले आयोजना गरेको बतासे डाँडामा जानेहरु मात्र साहित्यीक उथानमा सेवा गर्ने भयो र नेपाली भाषि पनि भयो नत्र त प्रकाश जी को अर्थले त परिभाषा परिवर्तन गर्ने भयो यो त भयो बिडम्बनाको कुरा किन भने अनेसास बाहेक अरु साहित्यीक संस्थाले जनजातीको बारेमा दुःख पिडा मनमा लागेको कुरा लेख्ने जिम्मानै लिएको जस्तो भयो नी तर अनेसास भित्र भएका जनजाती साहित्यीककर्मीहरुले पनि त जनजातीको पिर मार्का साहित्यीक माध्यामबाट ल्याउन सक्नु हुन्छ र ल्याउंदै पनि हुनुहुन्छ । त्यसो भए लक्ष्मी दिदी, मोती चाम्लिङ आदि अनेसासमा भएको जनजाती लेखकहरुले जनजातीको बिषयमा लेख्नु हुन्न त ताकि प्रकाशजीको कुराले त जनजातीको सबै पिर र्माका लेख्ने जिम्मा अनेसास बाहेकको संघ सस्थाहरुलाई दिनु भयो नी । यदि यो लेख अनेसासको आधिकारिक लेख हो अथवा समाचार हो भने त्यस लेख प्रति अनेसासभित्रकै जनजाती साहित्यीक कर्मीहरुले पनि आपति जनाउनु पर्ने हुन्छ र प्रकाशजी अनेसासको कार्यकारी भएको हूनाले त्यस लेख प्रति एक अनेसास हङकङले पनि पुन बिचार गर्नु पर्ने हुन्छ ।
मूल धारको जनजातीहरुको पुर्ण अनुपस्थिती र नेपाली भाषाका कविहरुको राम्रो उपस्थिती । यो कसरी हुन गयो यसको अर्थ त मूल धारको जनजातीहरु साहित्यीककारहरुत नेपाली भाषि साहित्यीककार नै भएन मैले देखे अनुसार जनजाती लेखकहरुले पनि नेपाली भाषामा र नेपालीहरुको पिर र्माकाको बिषयमानै लेख्दै हुनुहुन्छ र अर्का कुरा जनजाती साहित्यकार भनेर कस्लाई भन्न खोजीएको हो कुनै पनि लेखहरु लेख्दा कुनै पनि जाती बिषेश मात्रनै लेखिन्छ भन्ने के ग्यारेन्टि छ - हुन सक्छ कुनै साहित्य जनजातीले लेख्यो होला वा बाहुन जातीले । नत्र भने अरुण बरालले किन बाहुनबादमा बाहुनहरुकै खैरो खनेको र अरु जातीलाई नै सकारात्मक भन्नु भएको छ । इन्द्र ब. राईले जनजातीको बिषयमामात्र कलम चलाएको छन् त - साहित्यको कुनै भूगोल, जात, बर्ग र संगठन हुदैन ।
| पाठक प्रतिक्रिया | |
|
|