


बर्ष दिनको बाह्र महिनाहरु मध्ये अक्टोवर महिना विश्व इतिहासको दुइवटा महान घटनाहरुले अंकित भएको महिना हो । यस महिनामा दुइवटा देशहरु रुस र चीनमा युगान्तकारी घटना घटेका छन् । सन १९१७ को अक्टोवर महिनामा रुसमा भ्लादिमी इल्यीच लेनिनले नेतृत्व गरेको वोल्सेभिक पार्टिले निरंकुस जार शाहिको अन्त्य गर्दै समाजवादी ब्यावस्थाको स्थापना गरेको थियो भने यता चीनमा सन १९४९ को अक्टोवर महिनामा अध्यक्ष माओ चे तोङ्ग को नेतृत्वमा चिनिया कम्युनिष्ट पार्टिले च्याङ्गकाइसेकको पार्टि कुओ मिन्ताङ्गलाई परास्त गर्दै जनसंख्याको आधार संसारको सबैभन्दा ठुलो देश चीनमा समाजवादि ब्यावस्था अर्थात जनवादी गणतन्त्र चीनको स्थापना गरेको थियो । त्यसबेला चीनीया कम्युनिष्ट सेनासाग हारेर भागेको च्याङ्गकाइसेकको नेता र सेनाहरु तत्कालीन अवस्थामा फर्मोसा नामले चिनिएको हालको ताइवानमा गएर बसे । त्यो पनि चीनकै भुभाग भएको कारणले माओको सेनाले त्यसलाई पनि कब्जामा लिन सक्ने स्थीती हुदाहुदै पनि सरणको रुपमा बस्नकोलागि मात्र आक्रमण नगरि स्वतन्त्र रुपमा बस्न छाडि दिए । हालसम्म पनि त्यहाा उही च्याङ्गकाइसेकको अनुयायीहरुले त्यसबेला देखी चीनसागको समानान्तर सरकार गठन गरेर आजसम्म बसि रहेकाछन ।
रुसमा वोल्सेभिक पार्टिले बिजय हासिल गरेपछि सन १९२२ मा एक दर्जन भन्दा बढि गणराज्यहरु मिलेर सोभियत युनीयन (Union of Soviet Socialist Republic-USSR) गठन भएको थियो । आज अक्टोवर क्रान्तीको परिणाम स्वरुप स्थापना भएको सोभियत युनीयन र सर्वाहारा वर्गको अधिनायकत्वमा आधारित शासन ब्यावस्था इतिहासको पानामा सिमित भए पनि रुसको उक्त क्रान्तीलाई बिश्व भरिका माक्र्सवादी लेनिनवादीहरुको लागि महान अक्टोवर क्रान्ती कै रुपमा लिइन्छ । यस क्रान्तीको परिणाम स्वरुप नै जार शाहीको अन्त्य गर्दै रुस आधुनीक रुसमा रुपान्तरण भएको थियो । एकताका बिश्व दुइ ध्रुवमा बिभाजन हुदा एकातिर अमेरिकाले नेतृत्व गरेको ध्रुब बिपरितको ध्रुवलाई रुसले नै नेतृत्व गरको थियो । रुसमा मिखाइल गोर्बाचेव राष्ट्रपति भए पछि ग्लास्त्नोस्त र पेरोस्त्रोइका निती लागु गर्ने कसरत सागै सोभीयत युनीयनको बिघटन मात्र भएन की सर्बहारा वर्गको अधिनायकत्वमा आधारित समाजवादी ब्यावस्थाको अवसान समेत भएको थियो ।
संयोग नै वा के भनौ रुस समाजवादी क्रान्ती सफल भए पछि त्यसको ३२ वर्षपछि चीनमा पनी सोही महिनामा सोही प्रकृतीको क्रान्ती सम्पन्न भयो । १९४९ अक्टोवर १ का दिन अध्यक्ष माओत्सेतुङले सर्वहारा वर्गको अधिनायकत्वमा आधारित जनवादी गणतन्त्र चीनको घोषणा गर्नु भएको थियो । यही दिनलाई हाल चीनको राष्ट्रिय दिवसको रुपमा मान्ने गरिन्छ । चीनको विशिष्ट प्रशासनिक क्षेत्र भएको कारणले यो दिन मकाओ र यस हङ्गकङ्गको पनी राष्ट्रिय दिवस हो । हङ्गकङ्ग र मकाओ क्रमशः बेलायत र पोर्तुगालको उपनिवेशबाट मुक्त भए पछि यो नयाा राष्ट्रिय पर्व थप भएको हो ।
आर्थिक उदारिकरण खुल्ला बजार ब्यावस्थाका कारण चीन हिजोको १९४९ ताकाको आर्थिक ढााचाभन्दा केही फरक रुपमा रुपान्तरण हुदै आएको छ । तापनी हालसम्म यसले गरेको प्रगती अक्टोवर क्रान्तीबाट निर्माण राजनैतिक पृष्टभुमीमा नै भइ रहेकोछ । कुल ग्राहृयस्थ उत्पादन बृद्धी सबैभन्दा धेरै हुने राष्ट्रमा चीन पनि पर्दछ । आज चीनले आर्थिक रुपमा आश्चर्य जनक रुपमा ठुलो फड्को मारेको छ । विश्व ब्यापार संघमा प्रवेश गरेपछि चिनिया उत्पादनले विश्व बजारमा ठुलो स्थान ओगट्दै आएकोछ ।
बिज्ञान र प्रविधीको क्षेत्रमा चीनले अग्रता देखाउदै अन्तरिक्ष यात्रा समेत गरि सकेकोछ । हालै सम्पन्न विश्व ओलम्पीक खेलमा देखाएको अग्रस्थानले पनि चीनको सम्बृद्धीको सुचकको रुपमा लिइएकोछ । पश्चिमा ढाचाको प्रतिस्पर्धात्क राजनीतीक प्रणाली नभएको कारणले मानव अधीकार नभएको भनेर अमेरिका लगायत पश्चिमा देशहरुबाट आलोचना खेप्दै आएको चीनले आफ्नो देशमा राजनैतिक स्थीरता कायम गर्न सकेकै कारणले हाल आएर विश्व रंगमन्चमा एउटा उदियमान शक्तीको रुपमा अगाडि आउन सकेको कुरामा पनी कसैको दुइमत छैन । यसरी चीनलाई हालको अवस्था सम्म ल्याइ पुर्याउनको लागि कारक तत्व बनेको राजनैतिक परिवर्तनको ऐतिहासिक पृष्टभुमी बोकेको अक्टोवर क्रान्तीको बारेमा मार्क डेस्टेफेनो (Mark DeStepheno) ले तयार गरेको लेखको सारंसलाई यहा प्रस्तुत गरिएकोछ ।
सान १९४९ सम्ममा चीन राजनैतीक आर्थीक सामाजीक रुपमा लथालिङ्ग रुपमा डुबेको थियो । सन १९३१ देखी १९४५ सम्मको १३ वर्ष सम्मको जापानको अधिनमा रहेको चीन त्यसपछि तुरुन्तै च्याङ्ग काइ सेकको राष्ट्रवादी पार्टि कुओ मिन्ताङ्ग को सरकार र माओत्सेतुङले अगुवाइ गरेको कम्युनिष्ट पार्टिसागको गृह युद्दले आक्रन्त बनेको थियो । बर्षौ देखीको दरिद्रता, हिंसा र राष्ट्रवादी पार्टि कुओमिन्ताङ्गको भ्रष्टचारबाट आक्रन्त चीनिया जनताहरु एकछाक खान, शान्ती र स्थायीत्वको खोजीमा थिए ।
जापानले चीनमा १३ वर्षसम्म अधिनमा लिदा चीनको कम्युनिष्ट पार्टिले च्याङ्गकाइ सेकको राष्ट्रवादी पार्टिसागै मिलेर जापानलाई धपाउने अभियानमा लडेको थिए । यसरी जापान बिरुद्ध लड्ने क्रममा चीनिया कम्युनिष्ट पार्टिले अत्यधिक किसानहरुलाई आफ्नो पार्टिमा संगठित गराएर माक्र्सवादि-लेनिनवादी शिक्षाको आधारभुत ज्ञान हासिल गराएका थिए । सर्वसाधरण जनतासाग उनिहरुले जे खान्छन आफु पनि त्यही खाएर, उनिहरुसाग हातेमालो गर्दै बिना हिच्कीचाहट सम्पुर्ण मजदुरी लगायतका कामहरु गर्दै अति मेहनत र इमान्दारीकासाथ काम गर्दै स्वयं माओले मात्र मन जित्नु भएन उनका सबै कार्यकर्ताहरुलाई पनि यसरी नै जनताको मन जित्ने बनाउनु भयो । कम्युनिष्ट पार्टिको सेना जसलाई जनमुक्ती सेना (People Liberation Army) पनी भनिन्छ ले अति कडा अनुसाशनमा रहेर सदा जनताको सामिप्य भएर जनताको वास्तवीक रक्षक भएर काम गर्यो । यस कारणले उनिहरु धेरै भन्दा धेरै समर्थक र शुभ चिन्तकहरुको मन जित्न सफल भयो । शुरुमा विषेश गरि उत्तरपुर्वी र पश्चिम-दक्षिण क्षेत्रको अधिकांश भुभागमा कम्युनिष्ट पार्टिले आफ्नो अधिन कायम गर्दै गयो । यसलाई मुक्त क्षेत्रको रुपमा लिइयो । यस्ता क्षेत्रमा राष्ट्रवादी पार्टि कुओ मिन्ताङ्गको शासनको पहुच अन्त्य भयो ।
दोश्रो विश्व युद्धको बेला जापानसागको युद्धमा निरासाजनक क्षमताभएका च्याङ्गकाइ सेकको सरकारले जापानीजहरुलाई हराएर चिनिया भुमीबाट लखेट्नको लागि तत्कालीन सोभियत सेनासाग सहयोग मागेको थियो । यसको लागि मन्चुरियामा सोभियत सेनालाई प्रवेश गर्न दिएको थियो । तर जापानीजहरुसागको युद्धको अन्त्यपछि जापानीजहरुसाग खोसेका सबै हातहतियारहरु कम्युनिष्ट सेनालाई बुझाइ दिए । यसरी आफ्ना हितैसी सोभियत कम्युनिष्ट सेनाले दिएको हातहतियारको कारणले चिनीया कम्युनिष्ट सेनालाई निकै फाइदा पुग्यो र राष्ट्रवादी पार्टि विरुद्धको संघर्षमा धेरै प्रगती भयो ।
सन १९४६ र १९४८ भित्रमा राष्ट्रवादी सेना र कम्युनिष्ट सेना विचको संघर्ष उत्कर्षमा पुग्यो । जापान विरुद्ध लडेका कुओ मिन्ताङ्गका सेनाहरु निकै थकित भएका थिए । उनिहरु सान्तसाग आफ्नो परिवारीक जीवनमा र्फकन चाहन्थे । राष्ट्रवादी सेनाहरुमा बिभाजनको अवस्था देखा पर्यो । अनुसाशनको कमी र आफै भित्रको भ्रष्टाचारको कारणले कमजोर भएको राष्ट्रवादी सेना उच्च अनुसाशन र उच्च बिचारले सुसज्जीत जनमुक्ती सेनासाग तुलना नै नहुने अवस्था सृजना भयो । सन १९४९ को जनवरी महिनामा कम्युनिष्ट सेनाले बेइजिङ्गमा कब्जा जमायो र देशका बाकी शहरहरु र अन्य भागहरुमा पनी क्रमश कम्युनिष्टहरुको अधिनमा आउदै गए र कम्युनिष्ट ब्यावस्था अन्तरगतका नियमहरु लागु हुदै गयो ।
अन्ततः सन १९४९ को अक्टोवर १ माओत्सेतुङले राजधानी बेइजिङ्ग स्थीत थिअन अन मेन स्क्वायर / (Tiananmen Square) सगै रहेको इम्पेरल प्यालेसबाट कम्युनिष्ट जनवादी गणतन्त्र चीन (Communist PeopleТs Republic of China) को जन्म भएको घोषणा गर्नु भयो । माओ चेतोङ्गले नया सरकार गठन गरेको बेला अनैको खाले अनगिन्ती समस्याहरुको थुप्रो थियो । चीनलाई जनवादी गणतन्त्रात्मक अधिनायकत्व भएको राष्ट्रको रुपमा स्थापीत गर्दा माओले रुसको स्थापित राज्य प्रणालीमा आधारीत माक्र्सवाद लेनिनवादी शिद्धान्तलाई अपनाए पनि चीनको विशिष्टतालाई हेरेर चीनको मोडेल अनुसारको स्वतन्त्र कम्युनिष्ट ब्याबस्था स्थापना गर्नु भयो । त्यस पछि उहाले भन्नुभयो \"अब चीनको जनता उठेकाछन्\"The Chinese people have stood up! ╞ र \"अब चीनले कुनै एक पक्ष तर्फ झुकावराख्दा सोभीयत समाजवादको पक्षमा लागे पनि चीनको बिशिष्ट परिवेशलाई होसीयार पुर्वक संवोधन गरिनु पर्ने हुन्छ \" ।
कम्युनिष्ट नेतृत्वको उच्चस्तरिय अनुसासन, अभुतपुर्व सांगठानिक संजाल र दृढ संकल्पको कारण कम्युनिष्ट सरकारले देशलाई पुनः संयोजन र ब्यावस्थापन गर्ने प्रकृयामा तिब्रता हासिल गर्यो । देशको अधिकांश क्षेत्र कम्युनिष्ट पार्टिको अधिनमा आइसकेको भए ता पनि देशको राजनैतिक र सैनिक निकायहरु लगायत थुप्रै निकायहरुमा राष्ट्रवादी भनेर चिनिएका प्रतिकृयावादीहरु यथावत रहेका थिए । यसो भए तापनि तत्कालिन कम्युनिष्ट सरकारले यस्ता कम्युनिष्ट बिरोधीहरुलाइ पदबाट हटाएनन् बरु उनिहरुको योग्यता र क्षमतालाई देशको सुधार र पुननिर्माणमा सहयोग हुने गरि यथासम्भव उपयोग गर्ने निती लिए ।
प्रशासनीक प्रवृती अनुसार चीनलाई जम्मा ८ क्षेत्रमा बिभाजन गरियो । जस्मा कम्युनिष्ट पार्टिका नेतृत्व तहका नेताहरुले योग्यता र क्षमताको आधारमा आ-आफ्नो क्षेत्रको जिम्मेवारी लिए । जस्मा \"माओ चे तोङ्ग\" ले देशको सामान्य मार्गदिशालाई ध्यानमा राख्दै कम्युनिष्ट पार्टिको अध्यक्ष पदको जिम्मेवारी लिनु भयो । माओको बिचारलाई देशकोलागि पवित्र वाणीको रुपमा लिने अवस्था थियो । त्यसकारणले चाहे पार्टिको उच्चतह सम्म होस या सरकारको निकायहरुमा माओको बिचारले नै प्रमुखता पाउदथ्यो ।
विषेशगरि अन्तराष्टिय सम्बन्धको सवालमा कम्युनिष्ट सरकारलाई प्रभावकारी र सहजरुपमा कामकारी बनाउन \"चाउएनलाई\" प्रधान मन्त्रिमा नियुक्त हुनुभयो । \"लिउ शाओ ची\" को भुमिका पनि \"चाउएनलाई\" कै जस्तो भए पनि उहाको भुमिका आन्तरीक मामलामा रहृयो । यता आर्थिक मामलामा विषेश दखल राख्नुहने \"तेङ्गस्याओ फिङ्ग\" \"लिशाओ चि\" को सहायकको रुपम रहनु भयो र १९ वर्ष सम्मको द्वन्दको मारमा परेर आर्थिकरुपमा ध्वस्त चिनलाइ पुनः संरचना तर्फ डोर्याउन कडा मेहनत गर्नु भयो । सन १९५० को शुरुवात तिर नै चीनलाई अधिकांश देशहरुले जनवादी गणतन्त्रको रुपमा मान्यता दियो । यसपछि चीनले सामाजीक र आर्थिक योजनाहरुको शुरुवात गर्यो । जसमध्ये भुमीसुधार योजना पनि एक हो । यस योजना अनुसार करोडौ गरिब किसानहरुलाई जग्गा बितरण गरियो । बैंकहरु राज्यले पुर्णरुपमा ग्रहण गर्यो भने कलकारखानाहरुको आंशिक स्वामित्व उद्योगपतिलाई छोडेर राष्ट्रियकरण गरियो । कम्युनिष्ट पार्टिले आफ्नो देशको पाचवटा शत्रु भनेर पहिचान गरि यसको बिरुद्ध अभियान चलायो । ति पाच अभियानहरु थिए, घुसखोरी बिरुद्धको अभियान, जालझेल बिरुद्धको अभियान, राजस्व छली बिरुद्धको अभियान, सरकारी सम्पती हिनामिना बिरुद्धको अभियान र राज्यको आर्थिक गोपनियताको चोरी बिरुद्धको अभियान । देहात र शहरहरुमा बिभिन्न संघ र सस्थाहरुको नामबाट सामाजीक सम्बन्धनहरु मजबुत बनाइयो । समानतामा आधारित कानुनहरु चाडोभन्दा चाडो बनाइयो र लागु गरियो । जस्तो १९५० मा पारित भएको बिबाह सम्बन्धी कानुनले महिलाहरुको दोश्रो दर्जाको नागरिक स्थीतीलाई सदाकालागि समाप्त गरि दियो । सर्वसाधारणहरुलाई कम्युनिष्ट पार्टिको शिद्धान्तद्धारा शिक्षित पार्दै कम्युनिष्ट कार्यकर्ताहरु आफ्नो पार्टि सदस्यको संख्या बढाउन निरन्तररुपमा कडा मेहनतकासाथ लागि नै परि रहे ।
उपसंहारः माओत्सेतुङले चीनमा जनवादी गणतन्त्र चीनको स्थापना गर्नु मानव इतिहासमा विषेश अर्थ दिने अत्यान्तै महत्वपुर्ण घटनाको हो । चीन जापानबाट मुक्त मात्रै भएन की यसले छिङ्ग राजवंशको अन्त्य पछि भोगी रहेको विविध खाले गृहयुद्धको अन्त्य पनि गरायो । कम्युनिष्ट सैनिकको जितको कारणले नै अनन्त चीनमा शान्ती छायो । यसको साथै कम्युनिष्ट नेतृत्वले चिनमा सामाजीक क्रान्तीमा ठुलो फड्को मार्ने काम गर्यो । कम्युष्टि पार्टिले युगौ पुरानो सामाजीक दरिद्रता, अनियण्त्रीत रोग ब्याधीहरु, चरम आर्थिक दरिद्रता, अपर्याप्त आवास, पिछडिएको शैक्षिक अवस्था र भ्रष्टाचारमा जकडिएको राज्य संरचनालाई निर्मुल पार्न कम्मर कसेर संघर्ष गर्यो ।
फलामे अनुसाशन, दृढ संकल्प, र नागरिक जोसकासाथ नया सरकारले चीनीया जनताहरुको आफ्नै राजनैतीक र सास्कृतीक अधिपत्य प्राप्त गर्ने कुरामा आशावादी भयो । कम्युनिष्ट पार्टिले केही मुट्ठीभर सुवीधा सम्पन्नहरुको लागि मात्र नभएर यो परिवर्तनले सबै तह र तप्काका जनताहरुको अवस्थामा परिवर्तन गर्नु पर्ने मुल उद्देश्य लियो । यसरी जनवादी गणतन्त्र चीनको घोषणले चीनको बिशिष्ट परिवेशलाई सुहाउदो नया समाजवादी ब्याबस्थाको स्वरुप स्थापना गरेको छ जुन बाकी संसारको अगाडि नमुनाको रुपमा खडा भएकोछ ।
सेप्टेम्बर २४, कज्वेबे हङ्गकङ्ग
| पाठक प्रतिक्रिया | |
|
|