आईएसका दुई खतरनाक हत्यारा पक्राउ, पश्चिमा मुलुकका बन्धकको शीरच्छेदनमा संलग्न

0
7

[ad_1]

ती दुई जनालाई सिरियाका कुर्दिश लडाकूले पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा एलेक्जेन्ड्र कोटे र अल शफी अल शेख रहेको बताइएको छ ।

उनीहरुको ग्याङ्गमा चार सदस्य रहेको बताइन्छ । लण्डन निवासी उनीहरुले आफ्नो ग्याङ्गको नाम ‘बीटल्स’ राखेका थिए ।

यिनीहरुले नै पश्चिमा देशका २७ भन्दा बढी बन्धकको शीर काटेर हत्या गर्नुका साथै चरम यातना दिएका थिए । यस समूहको मास्टरमाण्ड भने मोहम्मद एम्वाजी रहेको र उनलाई ‘जिहादी जोन’ नामले पनि चिनिने जनाइएको छ । जिहादी जोन भने सिरियामा सन् २०१५ मा भएको हमलामा मारिएका थिए ।

यस समूहका अन्य एक संदिग्ध आइन डेविसलाई गत वर्ष टर्कीमा पक्राउ गरी जेलमा राखिएको छ । (एजेन्सी)



[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here