Your Donations


Your Ad Here

मृत्यूदण्डबाट घलेलाई बचाउन सबैलाई अपिल

मृत्यूदण्डबाट घलेलाई बचाउन सबैलाई अपिल


क्वालालम्पुर, २५ नोभेम्बर २०१० ।
नुवाकोट बर्सुन्चेत गा.वि.स वडा नं. १ निवासी हरिबहादुर घले विगत सन् ३० मे २००३ का दिन मलेसियामा लागू औषधी कारोवार गरेको अभियोगमा पक्राउ परेका हुन । मलेसियामा आफ्नो तीन बर्षको कार्यअवधी पुरा गरी स्वदेश र्फकने क्रममा मलेसियामै चिनजान भएका गणेश तामाङको आग्रह अनुसरा उनले दिएको झोला लिएर होटल पुगेको र होटलमा केही अपरिचित साथीहरुसँग कुरा भईरहेको अवस्थामा मलेसियाका प्रहरी एक्कसी होटलमा प्रवेश गरी निज हरीबहादुर घलेको साथमा रहेको गणेश तामाङले दिएको झोला खनतलासी गर्ने क्रममा ८७५ ग्राम हिरोइन फेला परेको र हरिबहादुर घले लगायत निजका साथी साजन गुरुङलाई लागू औषध कारोबारको अभियोगमा पक्राउ गरी जेल चलन गरेको र झोलाको मालिक गणेश तामाङ भने उक्त घटना हुनु पूर्व नै परार भै सकेको यहाँस्थित नेपाली राजदूतावासले पत्रकार सम्मेलन गरी प्रकाशित विज्ञप्तीमा जनाएको छ ।
हरिबहादुर घले सँगै पक्राउ परेका साजन गुरुङको भने विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भई उपचारको क्रममा नेगरीसिम्मिलान सेरेम्बान राज्यस्थित काजाङ आस्पतालमा गत २० जनवरी २०१० मा मृत्यू भई सकेको छ ।
अभियुक्त घलेलाई मलेसियाको प्रहरी प्रशासनले लागू औषध सम्बन्धी नियम १९५२ को दफा ३९ अन्र्तगत मुद्दा चलाएको हो । जलन दुता हाईकोर्टले २६ नोभेम्बर २००९ मा निजलाई मृत्यूदण्ड दिने फैसला गरेको थियो । उक्त फैसला उपर ६ महिना भित्र कोर्ट अफ अपिल्समा अपिल गर्न पाईने प्रावधान अनुसरा घलेले पनि कोर्ट अफ अपिल्समा आफ्नो सजाय उपर सुनुवाईका लागि अनुरोध गरेकोमा २० अक्टोबरमा कोर्ट अफ अपिल्समा निजको मुद्दामा सुनुवाई भएको थियो । आफ्नो प्रतिरक्षा गर्ने वकिलको टुङगो लागत रकमको पनि बन्दोबस्तो भई नसकेकोले र कुरा चलीरहेको अवकीलले पनि अध्यानका लागि पर्याप्त समय नभएकोले राजदूतावासको अनुरोधमा सुनुवाईको मिति आगामि १७ जनवरी २०११ मा सारिएको कुरा पनि प्रकाशित विज्ञप्तीमा जनाएको छ ।

यहाँस्थित नेपाली राजदूत महामहिम डा. ऋषिराज अधिकारी हरिबहादुर घलेको बचाउ अभियानमा सम्पूर्ण नेपालीहरुलाई अपिल गर्दै ।

दूतावासको प्रतिनिधिसँगको भेटमा हरि घलेले आफू अञ्जानमा यस्तो मुद्दामा फसेको र निर्दोष रहेकोले बचाउन आग्रह गर्दै आएको पनि विज्ञप्तीमा जनाएको छ ।
मलेसियामा यस्तो कुद्दामा एकपटक वहसपैरवी गर्नका लागि आफूले न्यूनतम शूल्क आरएम ३५,००० लिने गरेको बताउने वकिल राजपाल सिंहले राजदूतावासको अनुरोधलाई स्वीकार्दै एकपटकको वहसपैरवीको लागि आरएम २०,००० पाएमा उक्त मुद्दाको वहसपैरवी गर्न तयार रहेको जानकारी दिएका छन् ।
तसर्थ हरि घलेको बचाऊका लागि आगामि १७ जनवरी २०११ मा कोर्ट अफ अपिल्समा हुने सुनुवामा वहसपैरवीका लागि वकिल राजपाल सिंहलाई आरएम २०,००० भुक्तानी गर्नुपर्ने भएकोले साहयता स्वरुप विभिन्न क्षेत्रमा कार्यरत व्यावसायीहरु, सामाजिक संघ-संस्था, समाज सेवामा समर्पित महानुभावहरु एवं विभिन्न संस्था तथा इच्छुक महानुभावहरुलाई आर्थिक सहयोगको लागि नेपाल राजदूतावास क्वालालम्पुर मलेसिया हार्दिक अनुरोध गर्दछ । विज्ञप्तीमा जनाएको छ । तपाईको अमूल्य सहयोगले एक निर्दोष नेपाली नागरिकले जीवनदान पाउने छन् ।
२९ बषिर्य घलेको परिवारमा विवाहित एक बहिनी र एक नावालक छोरी मात्र छन् ।

नेपाली मुलका स्थानीय नेपाली तथा एनआरएन मलेसियाका अध्यक्ष शंकर बहादुर पौडेल सबैलाई सहयोगको अपिल गर्दै । उनले यहाँका स्थानीय पत्रकारहरुको तर्फबाट राम्रो सन्देशको आपेक्षा राखेको बताए ।

सो पत्रकार सम्मेलनमा यहाँस्थित स्थानीय पत्रकारहरु, नेपाली पत्रकारहरु, व्यावसायीहरु लगायत विभिन्न संघ-संस्थाका प्रतिनिहिरुको उपस्थिती रहेको थियो ।
नोटः हरिबहादुर घले बचाऊ अभियानको लागि नेपाली राजदूतावास मलेसियाले मलेसियाको Maybank मा खाता ५१४०५७३११८६५ नं. को खाता खोलि सकेको छ । जसको Swift Code प्रयोग गरी इच्छुक महानुवहरुले उक्त खातामा रकम जम्मा गर्न सक्नुहुने छ । वा सोझै नेपाली राजदूतावासमा सम्पर्क गर्नु भै हस्तान्तरण पनि गर्न सक्नुहुने छ । साथै देश तथा विदेशमा रहनु भएका महानुभावहरुले Paypal वा Credit card or Bank account मार्फत पनि आर्थिक सहयोग गर्न सक्नुहुने छ ।
Paypal वा Credit card or Bank account मार्फत सहयोग गर्ने महानुभावहरुको नाम क्रमशः अपडेट गरिने छ ।
हाल सम्मका सहयोगिहरुः
घलेको बहिनीले आरएम ५००० (पाँचहजार) परारष्ट्र मन्त्रालयाद्धारा नेपाली राजदूतावास क्वालालम्पुर मलेसियामा पठाएको दूतावासले जनाएको छ ।
मलेसियाबाट हाल सम्म आरएम १७ जम्मा भएको छ ।