नेकपा (माओवादी) कोचिला राज्य समिति सचिव अपारले नेपालका वामपन्थी शक्तिहरु एकै ठाउ भएमात्र नेपाली क्रान्ति सहज रुपमा सम्पन्न हुने बताउनु भएको छ ।
इलामको उत्तरी क्षेत्रमा बिहीबारदखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
आफूलाई बलात्कार प्रयास गर्ने एक युवकलाई पांचथरको फिदिमकी एक महिलाले हत्या गरेकी छन् ।
द्वन्द्ध रुपान्तरण तथा शान्ति निर्माण प्रक्रियाको प्रवर्द्धन गर्नका लागी ताप्लेजुङमा १९ सदस्यीय जिल्ला स्तरीय स्थानीय शान्ति समिति गठन भएको छ ।
लोडसेडिङ कम गर्न विद्युतको बैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्दै शुक्रबार विराटनगरमा उद्योगी र मजदुरहरुले संयुक्त प्रदर्शन गरेका छन् ।
अज्ञात हतियारधारी समुहले बिहीबार राति सप्तरीको भारदहबाट एक महिलाको अपहरण गरेको छ ।
इलामको श्रीअन्तुमा बिहीबार राति विद्युत सर्ट भई लागको आगलागीबाट १२ लाख रुपैया भन्दा बढीको क्षति भएको छ ।
बिरामी लिन बोलाएर एम्बुलेन्स र चालकलाई अपहरण गर्नेमाथि प्रहरीले कारवाही नगरी संरक्षण गरेको आरोप ग्रामिण महिला जागरण केन्द्र विराटनगरले लगाएको छ ।
सप्तरीको कोशी टप्पु वन्य जन्तु आरक्षभित्र अर्नाले हानेर एक महिलाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इटहरीमा शुक्रबार भएको सडक दुर्घटनामा एक बृद्धको मृत्यु भएको छ ।
चोरीको आरोपमा पक्राऊ परेका झापा चारपानेका युवक एक युवकको प्रहरीको हिरासतमा नै मृत्यु भएको छ ।
राजनीतिक आन्दोलनमा बालबालिकाहरूको प्रयोग गरेर उनीहरुको कलिलो दिमागमा दवाद सिर्जना गरिएको शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
सार्वजनिक यातायातमा भाडा नघटाएको भन्दै शुक्रबारदेखि सुनसरीको चतरामा स्थानीय बासिन्दाले अनिश्चितकालिन चक्काजाम गरेका छन् ।
ताप्लेजुङको जिल्ला अस्पताल परिसरमा रहेको प्लासेन्टा पिठ (सालनाल फाल्ने ट्यांकी) भित्र पुरिएको अवस्थामा एक वेवारिसे नवजात शिशुको शव फेला परेको छ ।
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा वाईसिएल इञ्चार्ज कुलप्रसाद केसी सोनामले नेपाली क्रान्ति सम्पन्न गर्न माओवादीले सडक, सदन र सरकार तीनै मोर्चा नछाड्ने बताउनु भएको छ ।
निजामती सेवासरह तलब र सुविधा बृद्धि लगायतका विभिन्ने माग राख्दै विद्यालय कर्मचारीहरूले जिल्ला शिक्षा कार्यालय सप्तरीमा तालाबन्दी गरेका छन् ।
स्वर्गीय गणेशमान सिंहको ९४ औ जन्म जयन्तीका अवसरमा तरुण दल मोरङले शुक्रबारदेखि विराटनगरमा तेस्रो अन्तर कलेज फुटवल प्रतियोगिता सञ्चालन गरेको छ ।
धनकुटाका विभिन्न १० गाविसमा रहेका धामी झााक्रीहरुलाई भेला गराई स्वास्थ्य प्रशिक्षण तालिम दिइएको छ ।
उदयपुरका किसानहरुले साना किसानबाट लिएको ऋण मिनाहाको माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् ।
नेकपा माओवादीले ११५ औं माओ जयन्तीको अवसर पारेर विराटनगरमा दिवाकर स्मृति पुस्ताकलयको स्थापना गरेको छ ।
धनकुटा र सुनसरी जिल्लाको सिमानामा पर्ने अति रमणिय स्थल भेडेटार बजार विस्तार हुन नसकेपछि यहाा आउने पर्यटकहरुले समस्या बेहोर्नु परेको छ ।
किरात याक्थुम चुम्लुङ हंगकंगको आयोजनामा आयोजित तङनाम चासोक(धान नाच) मंङकि हिलमा आज २५ डिसेम्बरमा धुमधामका साथ मनाए उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष निर बहादुर लिम्बुले गर्नु भएको थियो।
१० पौष/ उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एकै देशमा दुई सेना हुन नसक्ने भएकोले सेना समायोजन गर्नु अनिवार्य रहेको बताउनु भएको छ ।
१० पौष/ आफ्ना मागहरु पुरा नगरेको भन्दै मजदुरहरुले उदयपुर सिमेन्ट उद्योगमा लगाएको ताला बिहीबारबाट खोलेपछि उद्योग सञ्चालनमा आएको छ ।
१० पौष/ खोटाङको उत्तरी गाविस सुङ्देल उपस्वास्थ्य चौकी स्वास्थ्यकर्मीको अनुपस्थितिमा सात महिनादेखि बन्द रहेको छ ।
१० पौष/ सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमकमा जुटमिलका मजदुरहरुमाथि विभेद गरेको भन्दै सुनसरी र मोरङमा सञ्चालित ९ वटा जुट मिलका मजदुरहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
१० पौष/ सरकारले तोके अनुसार पारिश्रमिक नदिएको भन्दै मजदुरहरु धर्नामा बसेपछि कान्तिपुर दैनिकको विराटनगरको प्रकाशन बिहीबारदेखि बन्द भएको छ ।
१० पौष/ सप्तरीको छिन्नमस्ता-२ का २७ वषर्ीय मञ्जित शर्मालाई अज्ञात समूहले अपहरण गरेको छ ।
१० पौष/ बालअधिकारका हनन रोक्नको लागि सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बिहीबार धनकुटामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
१० पौष/ चार महिनापछि सरकारले कोशीको बाढीले ढालेका बिजुलीका टावर निर्माण सुरु गरेको छ ।
‹ First < 2 3 4 5 6 7 8 > Last ›