१० पौष/ अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झााक्रीले आर्थिक, राजनैतिक र सामाजिक रुपान्तरणका लागि शैक्षिक क्रान्ति अत्यावश्यक रहेको बताउनु भएको छ ।
१० पौष/ अज्ञात समुहले बुधबार राति सप्तरीको धरमपुर स्थित ईलाका बन कार्यालय कञ्चनपुरमा आगजनी गरेको छ ।
१० पौष/ राज्य स्तरीय खेलाडी छनौटका लागि मोरङको दोस्रो गणतान्त्रिक उसु छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
१० पौष/ तलब बृद्धि लगायतका माग राख्दै अखिल नेपाल पसल मजदुर संघले बिहीबार सुनसरीको धरान बजार बन्द गराएको छ ।
१० पौष/ एग्रोभेट क्रिकेट क्लबको आयोजनामा विराटनगरको सहिद मैदानमा सञ्चालन भइरहेको अन्तर कलेज २०-२० क्रिकेट प्रतियोगिताको उपाधी सिटी कलेजले कब्जा गरेको छ ।
१० पौष/ तराई क्षेत्रमा देखिएको सशस्त्र द्वन्द्व तथा असुरक्षाका कारण कृषि विकास बैंक, लहान शाखा सिराहाले लगानी गरेको करोडौ रुपैया जोखिममा परेको बैंकले जनाएको छ ।
१० पौष/ पहिरोका कारण विस्थापित भएका इलामको लक्ष्मीपुरका वासिन्दाले सरकारसाग राहतको माग गरेका छन् ।
१० पौष/ दैनिक १० घण्टाको लोडसेडिङबाट आजित भइरहेका नेपाली जनताले आगामी सोमबारदेखि थप तीन् घण्टा गरी १३ घण्टाको लोडसेडिङको व्यहोर्नु पर्ने भएको छ ।
१० पौष/ मोरङको इन्द्रपुरमा बिहीबार दिउसो ट्रयाक्टरको ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् ।
१० पौष/ झापा जिल्लामा बिहीबार विहान ६ बजेर १२ मिनेट जादा भूकम्पको धक्का महसुस गरियो ।
१० पौष/ दुई वर्षपछि सबै नेपालीलाई साक्षर बनाउने सरकारको अभियान अन्तर्गत इलममा निरक्षर व्यक्तिको लगत संकलन गर्ने कार्य सुरु गरिएको छ ।
१० पौष/ सुनसरी र मोरङका सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुखहरुले स्थानीय स्तरबाटै समाजिक न्याय र जनमूखी सेवा प्रबाह गरी सुशासन कायम गर्ने प्रतिवद्धता जनाएका छन् ।
१० पौष/ नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकायको प्रथम मोरङ जिल्ला सम्मेलन बिहीबार समपन्न भएको छ ।
१० पौष/ मुलुकले भोग्नु परिरहेको लोडसेडिङको विकराल अवस्थाबाट मुक्ति पाउन सरकारले राष्ट्रिय विद्युत् संकटको घोषणा गरेको छ ।
९ पौष/ कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री देव गुरुङ्गले भ्रष्टचारको पूर्ण रुपमा नियन्त्रण नगरेसम्म लोकतन्त्रको विकास हुन नसक्ने बताउनु भएको छ ।
९ पौष/ इलामको पश्चिमी क्षेत्रका विद्यालयमा किरात जनवादी वर्कस पार्टीका नाममा मोटो रकम चन्दा मागेपछि शिक्षकहरुमा आतंक मच्चिएको छ ।
९ पौष/ कोशी बाढी पीडित संघर्ष समितिले गृह मन्त्रालयसाग वार्ता गर्नका लागि १३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
९ पौष/ सिरहाको महेशपुरबाट प्रहरीले संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका तीन जना कार्यकर्ताहरुलाई हतियारसहित पक्राऊ गरेको छ ।
९ पौष/ ताप्लेजुङको मुख्य आयस्रोतको रूपमा रहेको अलैाचीको मूल्यमा गिरावट आएपछि किसानहरू निरास भएका छन् ।
९ पौष/ सप्तरीमा बढेको सितलहरका कारण अत्यधिक चिसो बढ्दा बुधवार दुई जनाको कठांगि्रएर मृत्यु भएको छ ।
९ पौष/ सडकको क्षमताभन्दा बढी भार बोक्ने दुईवटा भारतीय ट्रकलाई यातायात व्यवस्था कार्यालय मेचीले कारवाही गरेको छ ।
९ पौष/ अनेरास्ववियुका अध्यक्ष रामकुमारी झाक्रीले नयाा संविधान निर्माण र राज्यको पुनसंरचनाको बारेमा गाउ तहसम्म छलफल हुनुपर्ने बताउनु भएको छ ।
९ पौष/ अबरुद्ध टेलिफोन सञ्चालनको माग गर्दै सप्तरीको शम्भुनाथ ३ स्थित पुर्व पश्चिम राजमार्गमा स्थानीयवासीले बुधबार चक्काजाम गरेका छन् ।
९ पौष/ सुनसरीको धरानमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।
९ पौष/ एक साता अगाडि अज्ञात हतियारधारी समुहको अपहरणमा परेका सप्तरीको नर्गो स्थित एक विद्यालयका प्रधानाध्यापक बुधबार विहान मुक्त भएका छन् ।
९ पौष/ क्याम्पस सञ्चालनको लागि आर्थिक अभाब भएपछि उदयपुरको हडिया स्थित जनता उच्च माध्यामिक विद्यालयले सप्ताह पुराण लगाई १२ लाख रुपैया संकलन गरेको छ ।
९ पौष/ सशस्त्र द्वन्द्वका क्रममा प्रहरीले सर्वसाधारणबाट नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न सुरु गरेको छ ।
ताप्लेजुङ, ९ पौष/ जिल्ला वन कार्यालय ताप्लेजुङले सालको काठ चोरी गरेको आरोपमा ४ जना स्थानीयवासीलाई पक्राऊ गरेको छ ।
दमक, ९ पौष/ गत वर्षको तुलनामा यो वर्ष झापामा धानको उत्पादनमा बृद्धि भएको छ ।
इनरुवा, ९ पौष/ सुनसरीको दक्षिणवर्ती गाविस राजगञ्ज सिनुवारीमा लगाइएको ठूलो परिमाणको गााजा खेती प्रहरीले नष्ट गरेको छ ।
‹ First < 3 4 5 6 7 8 9 > Last ›