दमक, ५ पौष/ नक्कली कागजात बनाई तेस्रो मुलुक जान खोज्ने चार जना गैरभुटानीलाई प्रहरीले झापाको दमकबाट पक्राऊ गरेको छ ।
काकडभिट्टा, ५ पौष/ झापाको पुर्वीउत्तरको गाविस बाहुनडाागीमा गत तीन दिनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
सिराहा, ५ पौष/ सिरहाको चन्द्रअयोध्यापुरमा शनिबार राति प्रहरीले गरेको कार्वाहीमा एक व्यक्तिको मृत्यु भएको छ ।
दमक, ५ पौष/ गएको मंसिर महिनामा झापामा भएका विभिन्न सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छ भने ३० भन्दा बढी घाईते भएका छन् ।
विर्तामोड, ५ पौष/ झापाको चारपाने स्थित एक व्यापारीको जडिबुटी गोदाममा बिहीबार राति आगलागी हाुदा लाखौं मूल्यको धनमाल जलेर क्षति भएको छ ।
तेह्रथुम, ५ पौष/ तेह्रथुम र संखुवासभामा सिमा जोडिएका क्षेत्रहरुमा केही समययता चोरी र डकैतीको घटनामा बृद्धि भएपछि सर्वसाधारणहरु आतंकित भएका छन् ।
इटहरी, ५ पौष/ बढेको तलब सुविधा नपाएको भन्दै सुनसरी-मोरङ औद्योगिक करिडोरमा कार्यरत जुट मजदुरहरुले शुक्रबारदेखि चरणबद्ध आदोलनको घोषणा गरेका छन् ।
दमक, ५ पौष/ कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको झापा शाखा अध्यक्षमा जनक पाण्डे निर्वाचित हुनुभएको छ ।
इलाम, ५ पौष/ पूर्वी पहाडी जिल्लामा पछिल्ला दिनमा सक्रिय विभिन्न समूहको चन्दा आतंकले सर्वसाधारण किसान तथा व्यापारीहरु प्रभावित भएका छन् ।
उदयपुर, ५ पौष/ गाविस सचिवले जनताको काम नगरेको भन्दै माओवादीको अगुर्वामा स्थानीयवासीले उदयपुरको रामपुर ठोक्शिला गाविसको कार्यालय अनिश्चितकालिन बन्द गराएको छ ।
विर्तामोड, ५ पौष/ बजेटको अभाबमा दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थमा गरिएको मिसावट परिक्षणको कार्य प्रभावित भएको छ ।
इटहरी, ५ पौष/ अज्ञात हतियारधारी समुहले शनिबार कोशी राजमार्ग अन्तरगत सुनसरीको हासपोसामा पर्ने चारकेासे जङ्गलमा एउटा मारुती भ्यानमा आगजनी गरेको छ ।
दमक, ५ पौष/ ज्येष्ठ नागरिकहरूको सेवामा सहयोग पुर्Юयाउने उद्देश्यले झापाको दमकका एक दाता परिवारले रु.२ लाख ५० हजारको अक्षयकोष स्थापना गरेका छन् ।
विर्तामोड, ५ पौष/ वैदेशिक रोजगार व्यवसायी संघको झापा अध्यक्षमा भानु सिवाकोटीलाई चुनिनु भएको छ ।
विराटनगर, ५ पौष/ लामो विवादपछि सञ्चालन अनुमति पाएको विराटनगर स्थित दिल्ली पब्लिक स्कूल-डिपीएस)ले गैरकानूनी रुपमा हिन्दी भाषाको अध्यापन थालेको छ ।
इनरुवा, ५ पौष/ मधेसी जनअधिकार फोरमका अध्यक्ष एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले एक मधेस एक प्रदेशको सवाललाई फोरमले जीवनपर्यन्त नछाड्ने बताउनु भएको छ ।
इटहरी, ५ पौष/ नेकपा (माओवादी) सुनसरीले जिल्ला नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको भन्दै त्यसको खण्डन गरेको छ ।
इलाम, ५ पौष/ नेकपा (एमाले)का महासचिव झलनाथ खनालले इलामको साखेजुङ-७ मा नेपाल टेलिकमका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
विराटनगर ५, पौष/ विराटनगरको शहीद मैदानमा सञ्चालित अन्तर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलमा श्रीराम बोर्डिङ्ग स्कूलले ब्राइट एङ्गल बोर्डिङ्ग स्कूललाई ८८ रनले पराजित गरि दोस्रो चरणमा प्रवेश गरेको छ ।
उर्लाबारी, ५ पौष/ राजघाट फुटबल समुह मोरङको आयोजनामा भएको पुर्वाञ्चल स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी झापाको सैनिक ११ ले कब्जा गरेको छ ।
बिराटनगर ५ पुस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शाक्तिहरु समयमा सचेत नभए जनवादी गणतन्त्र स्थापना हुने बताउनु भएको छ ।
पुष ५, प्रहरीले जथाभावि गोली प्रहार गरी एक जनाको हत्या र स्थानिय गाउले माथी कुटपिट गरेको भन्दैे सिराहाको चन्द्रअयोध्यापुरका सर्वसाधारणले महेन्द्र राजमार्ग अन्तर्गत चोहरुवा खण्डमा आज विहानदेखि चक्काजाम गरेका छन् ।
पुस ५, पल्लो किरात लिम्बुवान मञ्चले गरेको यातायात बन्दका कारण आज कोशी राजमार्गको धरान धनकुटा र इटहरी पुर्वमा यातायात संचालन हुनसकेको छैन ।
पुस ५, बिराटनगर २० मिल्स एरिया स्थित राजेन्द्र श्रेष्ठको घरमा आज बिहान आगलागि भएको छ ।
पूर्व-पश्चिम राजमार्गको सुनसरी जिल्लाको पकली गाविस, वडा नं. ५ मा पर्ने सडकखण्डमा पश्चिमबाट इटहरीतिर आउँदै गरेको को.१ख ६५२ नं.को ट्रकले मे.१प ४८१८ नं.को मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा
नेवा: जागरण मञ्च जापानले दिनको दस घण्टा लोडशेडिंगको घोर भर्सना गर्दछौ । राज्यको अदुरदर्सी नितीले गर्दा आजको स्थितिमा आइपुगेको र अझ पनि दिर्घकालिन निती
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\'लाई \'डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०६५\' प्रदान गरिएको छ ।
विर्तामोड, ३ पौष/ बेचबिखनबाट प्रभावित महिलाहरू विभिन्न कारणबाट अझै पनि समाज र परिवारमा पुनःस्थापित हुन नसकेको झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
इलाम, ३ पौष/ इलाम जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी नहुदा दैनिक कामकाजमा समस्या भएको छ । दुई साताअघि स्थानीय विकास अधिकारी मेघनाथ काफ्ले सरुवा भएर गएपछि जिविस इलाम प्रमुखविहीन बनेको हो ।
खोटाङ, ३ पौष/ सगरमाथा खच्चड व्यवसायी संघले तीन दिनदेखि खोटाङमा गरेको बन्द बिहीबारबाट फिर्ता लिएको छ ।
‹ First < 6 7 8 9 10 11 12 > Last ›