विराटनगर, ३ पौष/ परराष्ट्रमन्त्री एवं मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एक मधेस स्वायत्त प्रदेशको माग फोरमको दिर्घकालिन लक्ष्य भएको बताउनु भएको छ ।
सिराहा, ३ पौष/ सिराहाको डुमरीबाट बुधबार राति प्रहरीले अखिल तराई मुक्ति मोर्चाका एक कार्यकर्तालाई हतियारसहित पक्राऊ गरेको छ ।
दमक, ३ पौष/ नेकपा माओवादीको कोचिला राज्य समिति सदस्य तथा झापा जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी \'सन्देश\'ले नेपाली कााग्रेस शान्ति सम्झौता विपरित अगाडि बढिरहेको आरोप लगाउनु भएको छ ।
धरान, ३ पौष/ नेवार जातिको साँस्कृतिक पर्व यःमरी पूणर्ीको अवसरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, धरानले ३ दिने प्रथम यःमरी उत्सव २०६५ धरानमा सम्पन्न गरेको छ ।
विर्तामोड, ३ पौष/ स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेलले नया संविधानको निर्माणपछि नेपाली समाजको युगान्तकारी परिवर्तन हुने बताउनु भएको छ ।
विराटनगर, ३ पौष/ तराईमा सशस्त्र संघर्ष गरिरहेको मधेशी मुक्ति टाइगर्सले सरकारसाग वार्ताको गर्नको लागि वार्ता टोलीको सार्वजनिक गरेको छ ।
इनरुवा, ३ पौष/ नेपाल बसोबास बस्ती संरक्षण समाजले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एक मागपत्र बुझाउदै बसोबासका लागि सरकारसग जग्गाको माग गरेको छ ।
विर्तामोड, ३ पौष/ झापाको चारपाने स्थित पुर्व पश्चिम राजमार्गमा मिनी बसको ठक्करबाट एक बालक गम्भीर घाईते भएका छन् ।
उर्लाबारी, ३ पौष/ कृषि सुधार तथा प्राविधिक सहयोग मञ्च उर्लाबारीले स्थानीय २० विपन्न समुदायका कृषकहरूलाई बाख्रा तथा बङ्गुर उपहार प्रदान गरेको छ ।
धनकुटा, ३ पौष/ धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा कल्पना मगरको मृगौला उपचारको सहयोगार्थ अखिल क्रान्तिकारी धनकुटा क्याम्पस इकाई समितिले रकम संकलन गरेको छ ।
विराटनगर, ३ पौष/ नेपाल युवा सामाजिक मञ्चले यही पौष १५ र १६ गते विराटनगरमा युवा मेलाको आयोजना गर्ने भएको छ ।
इनरुवा, ३ पौष/ सुनसरीका ४५ वटा विद्यालयहरुलाई शान्ति क्षेत्र बनाउन यहाका राजनीतिक दल र सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।
इटहरी, ३ पौष/ स्वास्थ्य बचाउ अभियान इटहरीको आयोजनमा सुनसरीको एकम्वामा एक दिने आाखा शिविर सम्पन्न भएको छ ।
उर्लावारी, ३ पौष/ पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगिताको बिहीबारको खेलमा सम्राट स्पोटिङ्ग विराटनगर विजयी हुदै फाइनल प्रवेश गरेको छ ।
विराटनगर, ३ पौष/ किरात वर्कस पार्टीका केन्द्रीय अध्यक्ष आङ्गामीलाई तीन महिनाभित्र उपस्थित नभए भौतिक कार्बाही गर्ने चेतावनी किरात जनवादी वर्कस पार्टीले दिएको छ ।
इटहरी, ३ पौष/ तीन दिनदेखि बढेको जाडो र बाक्लो हुस्सुका कारण सप्तकोसी बाढी विस्थापितहरुमा निमोनियाको सङ्क्रमण फैलिएको छ ।
इटहरी, ३ पौष/ स्याङजाको भाटखोलाका एक शारिरीक अपांग नया नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको हकहित सुनिश्चित गरौ भन्ने नाराका साथ हृविलचेयर यात्रामा निक्लिएका छन् ।
बेलबारी, २ पौष/ ज्यान मुद्धाको विषयमा दिईएको उजुरी प्रहरीले सुनुवाई नगरेको मोरङको बेलबारीका पीडितले आफ्नो भाईको हत्यारा पत्ता लगाउन सहयोगको अनुरोध गरेका छन् ।
धनकुटा, ३ पौष/ धनकुटा अपांग सेवा संघ धनकुटाको व्यवस्थापन र अपाङ्ग महासंघ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजना धनकुटामा ३ दिने पञ्चवषर्ीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।
इलाम, २ पौष/ वैदेशिक रोजगारी लागि भन्दै भारत लैजान लागेका दुई युवतीलाई माइती नेपाल पशुपतिनगर इलामले उद्धार गरेको छ ।
इटहरी , २ पौष/ सुनसरीको इटहरीमा मंगलबार राति कट्टी प्रहारबाट एक युवकको हत्या भएको छ ।
विराटनगर, २ पौष/ जिल्ला सामुदायिक सूचना तथा परामर्श केन्द्र रंगेलीले प्रवासी र तिनीहरुका परिवारको एचआईभी तथा यौन रोगको लाक्षणिक निदानका लागि मोरङ्गको सोराभागमा बुधबार घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विराटनगर, २ पौष/ भन्सार छलेर ल्याउादै गरेको ५२ हजार मूल्य बराबरको अबैध सामान बुधबार विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।
विर्तामोड, २ पौष/ भुटानी मानव अधिकारवादी नेता डिबी काफ्लेलाई अल इण्डिया ह्यूमेन राइट्स एशोसियसनले ६० औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सम्मान तथा पुरस्कृत गरेको छ ।
इनरुवा, २ पौष/ प्रशासनले १५ दिनभित्र माग पुरा गर्ने सहमति जनाएपछि डेढ महिनादेखि आन्दोलनरत सुनसरीका कोशी विस्थापितहरुले बुधबारबाट आन्दोलन फिर्ता लिएका छन् ।
विराटनगर, २ पौष/ सेवा सुविधामा बृद्धि गर्नुपर्ने माग राख्दै आंशिक रुपमा पठनपाठन कार्य बन्द गरी आन्दोलनमा उत्रिएका ए-वन क्वालिटि बोर्डिङ्गका शिक्षक-कर्मचारी र विद्यालय व्यवस्थापनबीच सहमति भएको छ ।
विर्तामोड, २ पौष/ \'सम्पूर्ण तमुहरुको चाहाना- संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना\' भन्ने मुल नाराका साथ तमु-गुरुङ) छोंज धिं को चौथो जिल्ला अधिवेशन पौष ५ र ६ गते झापाको विर्तामोडमा हुने भएको छ ।
विराटनगर, २ पौष/ सरकारले बृद्धि गरेको ज्याला कार्यान्वयन गराउनु पर्ने माग राखेर आन्दोलन गर्दै आएका मोरङका चार मजदुर संगठनले आन्दोलन स्थगित गरेका छन् ।
उर्लावारी, २ पौष/ मोरङको उर्लावारीमा सञ्चालन भइरहेको पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगिताको बुधबारको खेलमा सैनिक-११ झापाले जित्दै फाइनल प्रवेश गरेको छ ।
विराटनगर, २ पौष/ गाउ विकास समितिको बजेट परिचालनमा सहभागिता नगराउदा विकासमा महिलाहरुको भुमिका प्रभावकारी हुन नसकेको गुनासो मोरङको दुर्गम सिंहदेवीका महिलाहरुले गरेका छन् ।
‹ First < 7 8 9 10 11 12 13 > Last ›