दमक, २ पौष/ झापा र मोरङमा बसिरहेका सवा लाख भुटानी शरणार्थीहरुले भुटानको १०१ औ राष्ट्रिय दिवस बहिस्कार गरेका छन ।
इलाम, २ पौष/ पूर्वी इलामको पशुपतिनगर नाकाबाट १२ वटा सुनका बहुमूल्य मूर्तिसहित आठ जनालाई मंगलबार राति प्रहरीले पक्राऊ गरेको छ ।
संखुवासभा, २ पौष/ ट्याक्टरको ठक्करले संखुवासभाको जलजलामा बुधबार एक व्यक्तिको मृत्यु भएको छ ।
पाचथर, २ पौष/ अज्ञात समुहले पाचथरको अमरपुरमा मंगलवार राति खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेको छ ।
भोजपुर, २ पौष/ प्रहरीले कव्जा गरेको भोजपुर सदरमुकाममा रहेको टुंडिखेल १३ वर्षको लामो संघर्षपछि स्थानीय बासिन्दाको स्वामित्वमा आएको छ ।
विर्तामोड, २ पौष/ झापामा गठन गरिएको शान्ति समितिलाई जिल्लामा पूर्णरुपमा क्रियाशिल गराइने भएको छ ।
इलाम, २ पौष/ सरकारले तोके अनुसारको न्यूनतम ज्याला दिन निगम तयार भएपछि इलामको कन्याममा पाच महिनादेखिको मजदुर आन्दोलन बुधबार टुंगिएको छ ।
सिराहा, २ पौष/ लामो समयदेखि सशस्त्र द्वन्द्वबाट प्रभावित भएका सिरहाका २५ वटा गाउ विकास समितिमा रहेका ८९ वटा विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरिएको छ ।
इलाम, २ पौष/ किशोर किशोरीलाई स्वास्थ्य शिक्षा दिने उद्देश्यले इलामका १० वटा माध्यमिक विद्यालयमा स्वास्थ्य शिक्षा कक्षा सुरु गरिएको छ । स्वास्थ्य समस्या एक अर्कामा खुलस्त राखी समाधान गर्न
दमक, २ पौष/ जडीबुटीजन्य कुरिलो खेतीप्रति झापाका कृषकहरु आकषिर्त भएका छन् । जिल्लाका दक्षिणी क्षेत्रका दर्जनभन्दा बढी गाविसका कृषकहरूले व्यावसायिक रूपमा कुरिलो खेती सुरु गरेका छन् ।
विर्तामोड, २ पौष/ चिकित्सकको लापरवाहीले छोरीको आखाको ज्योति गुमेको भन्दै झापा अनारमनीका एक महिलाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएकी छन् ।
दुहवी, २ पौष/ सरकारले तोकेको न्युनतम ज्यालाको माग गर्दै मजदुरहरुले बन्द गराएको सुनसरीको सोनापुरका तीन उद्योगहरू बुधबारबाट सञ्चालनमा आएका छन् ।
इलाम, २ पौष/ पूर्वी इलामका अल्पसंख्यक लाप्चा समुदाय नया व्यावसायिक तरकारीले खेतीतर्फ आकषिर्त भएका छन् । पञ्चकन्या, मानेभन्ञ्याङ, पांगचे र छिरिङका लाप्चाले कात्तिक महिनाभित्र नै
यही आउने दिसेम्बेर २० तारेख (नेपाल सम्बत ११२९ थिंलाथ्व ९ , अैइतावाः) का दिन नेवा: जागरण मन्च इतालीको भेनिसमा नेवा: जागरण मन्च इताली गठन हुने भएको छ।
नेपाल बौद्ध परिवारको आयोजनामा आउंदो सलनाल जनवरी २५ तारिखका दिन दोंगुक युनिभर्सिटी सउलमा आयोजना हुन लागेको शान्ति सौगात २००९ सांस्कृतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त युगल जोडी उदय सोताङ
विराटनगर, १ पौष/ शुक्रबारदेखि काठमाडौंमा हुने राष्ट्रिय कराते प्रतियोगिताको लागि पूर्वाञ्चल स्तरीय क्षेत्रीय छनौट कराते प्रतियोगिता सुनसरीको इनरुवामा मंगलबार सम्पन्न भएको छ ।
खोटाङ, १ पौष/ सुरक्षा र बाटो बन्द गराउनेलाई कार्वाहीको माग गर्दै खच्चड व्यवसायीहरुले मंगलबार खोटाङ बजार र सिम्पानी बजार बन्द गराएका छन् ।
इनरुवा, १ पौष/ भारतको विहार राज्यका जलस्रोत तथा ऊर्जामन्त्री विजेन्द्रकुमार यादवले मंगलबार सुनसरीको सप्तकोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
दमक, १ पौष/ अन्तरराष्ट्रिय दातृसंस्था लुथरन विश्व फेडरेसनले सप्तकोसी बाढी पीडितहरुलाई करिब रु. ५२ लाख बराबरका विभिन्न राहत सामग्री सहयोग गरेको छ ।
इलाम, १ पौष/ संविधान निर्माण प्रक्रियामा सिमान्तकृत वर्गको आवाज सुनिश्चित गर्ने उद्देश्यले मेची विकास संघले इलाममा कार्य प्रारम्भ गरेको छ ।
इनरुवा, १ पौष/ गुणस्तरहिन चाउचाउ र न्युन गुणस्तरको खाद्य वस्तु उत्पादन गरेको भन्दै ५ उद्योग विरुद्ध क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले उजुरी दर्ता गरेको छ ।
काकडभिट्टा, १ पौष/ द्वन्द्वको समयमा असुरक्षाको कारण विस्थापित भएका झापाका छोटी भन्सारहरू अझैसम्म पुनःस्र्थापना हुन सकेका छैनन् ।
दमक, १ पौष/ झापाको दमक बहुमुखी क्याम्पसमा मंगलबार साहित्यिक गोष्ठी सम्पन्न भएको छ । दमक साहित्यिक मञ्चको आयोजनामा भएको गोष्ठीमा डेढ दर्जन स्रष्टाले गीत, गजल, कविता, हाइकु र तान्का वाचन गरेका थिए ।
उर्लावारी, १ पौष/ मोरङको राजघाटमा सञ्चालन भइरहेको पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेल नाइटचेस क्लव काकडभिट्टाले जितेको छ ।
विराटनगर, १ पौष/ मृतकका परिवारलाई क्षतिपुर्तीको माग गर्दै आफन्त र स्थानियवासीले मंगलबार बन्द गरेको विराटनगर-रंगेली सडक अपरान्ह क्षतिपुर्ती दिने सहमति भएपछि खुलेको छ ।
उच्चस्तरीय भूमिसुधार आयोगका अध्यक्ष हरिबोल गजुरेलले सामन्ती भूस्वामित्वको अन्त्य गरी भूमिहीन कृषकको हातमा जग्गा वितरण कार्यलाई तत्काल थालनी गरिने बताउनु भएको छ ।
सांगठनिक जिम्मेवारीमा हेरफेर गर्दै नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को केन्द्रीय समितिको बैठक मंगलबार सम्पन्न भएको छ ।पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले दोहोरो जिम्मेवारीमा रहेका पार्टीका केन्द्रीय नेताहरुलाई त्यसबाट मुक्त गराएको छ ।
किरात राईहरुको महान चाड साकेला सिली उधौली गत १४ तारिक २००८ का दिन सम्पन्न भयो । किरात राई यायोक्खा हङकङद्धरा आयोजना गरिएको सो कार्यक्रको अध्यक्षता सोहि संस्थाको अध्यक्ष नरहाङ राईले
यही आउने दिसेम्बेर २८ तारेख २००८ आइतबारका दिन तोक्योको एदोगावाबाशी स्थित नेपाल रेस्टुराँ एन्ड बार सुकुन्दामा (03-3816-5548)
विराटनगर जुट मिलका मजदुरहरुले जुट मिल सञ्चालनलगायतका चार सूत्रीय माग पूरा नभएको आक्रोशमा नेपाल भारत जोगबनी नाका अनिश्चितकालका लागि ठप्प पारेका छन् ।
‹ First < 8 9 10 11 12 13 14 > Last ›