नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देशको अधिकांश क्षेत्रमा संविधानसभा निर्वाचन आफूले चुनाव चित्छु भन्ने नेकपा एमालेको अहंकारले बाम तालमेल हुन नसकेको आरोप लगाउनुभएको छ।
दक्षिण कोरियाको छोङनाम नोनसानको सामयोड मेशिनरी कम्पनीमा कार्यरत ४० वर्षिय निलकण्ठ न्यौपाने आज मार्च १६ तारिख आइतबारका दिन करिब दिउँसोको ३ बजेतिर काम गरिरहेको अवस्थामा अचानक मेशिनले थिचेर मृत्यु भएको छ ।
नेपाली कांग्रेसको दक्षिण कोरियास्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति फेन्थेक क्षेत्र नम्बर ५ को आइतबार सम्पन्न अधिवेशनले सुरजमणि पाठकको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ ।
नेपाली समाज ट्रोन्हेम, नर्वेले आगामी मार्च २९ का दिन यहाँ बृहत साँस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ ।
चैत्र ३, २०६४ हालै यूएईको भ्रमणमा रहनु भएका नेपाल पत्रकार महासंघका उपसभापति शिव गाउंले र यूएईकालागि महामहिम राजदूत अर्जुन बहादुर थापाको उपस्थितिमा नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएईको प्रथम बाषिर्कोत्वको अवसरमा तनहूंको पहिलो अनलाईन वेभ पत्रिका तनहूं अनलाईन डटकमको यूएईको दुवईमा भव्य कार्यक्रमका साथ समुद्धघाटन सम्पन्न भयो ।
२ चैत्र/ विराटनगर ६ शान्ति चोकका स्थानीयवासीहरुले विारटनगर भृकुटी चोकमा रहेको सप्तकोशी नर्सिङ होममा आइतवार विहान तोडफोड र आगजनी गरेका छन् ।
३ चैत्र/ विराटनगर पिपलचोकबाट शुक्रवार साँझ अपहरणमा पर्नु भएका मोरङ क्षेत्र नम्वर ३ का उम्मेदवार हरीकुमार बस्नेत आइतवार विहान मुक्त हुनु भएको छ ।
३ चैत्र/ वेपत्ता युवाको रिहाई र खोजीको माग गर्दै विराटनगर रानीका स्थानीयवासीले विराटनगर भन्सारका तीनै वटा गेट बन्द गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ठुला दलहरुले जिल्ला विकास समितिको निर्वाचनजस्तो विकास निर्माणका कुरा गरेर जनतामा भ्रममा राख्न खोजेको टिप्पणी गर्नुभएको छ।
नेपाली कांग्रेसले पार्टीले आधिकारिक उम्मेदवार उठाएका निर्वाचन क्षेत्रहरुका विद्रोही उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्ताहरुलाई चैत ४ गते सोमबारभित्र आधिकारिक उम्मेदवारको समर्थनमा वक्तव्य निकालेर आफ्नो उम्मेदवारी रद्द गर्न आग्रह गरेको छ।
नवलपरासी क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार डा. शसांक कोइरालाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएका छन् ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रलाई संस्थागत गर्न सात दलबीचको एकता आगामी दश वर्षसम्म कायम रहनुपर्ने बताउनुभएको छ। आफ्नो निवास बालुवाटारमा शनिबार कलाकारहरुसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचनपछि पनि संयुक्त सरकार बन्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हिंसा र बलका आधारमा नभई विचार र तर्ककाका आधारमा जनतामा प्रभाव जमाउन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ।
कोरिया जानका लागि यही चैत १६ गते हुने भनिएको भाषा परिक्षा दिन फारम भर्नका लागि राजधानीको दशरथ रंगशालामा हजारौ युवाको भिड लागेको छ ।
१४ मार्च/
१७ मार्च सोमबार देखि मलेसियामा अबैधानिक रुपमा बसोबास गर्दै आएका नेपाली मजदुरहरुलाई
Cryst Aline Travel & Tours Sdn/Bhd ले मलेसिया सरकारबाट स्विकृत लिई बैधानिक रुपमा स्वदेश र्फकन चाहाने प्रवासीहरुलाई सुलभ तरिकाबाट नेपाल फर्काउने भएकोछ ।
मलेसियाको पेतालिङ जायास्थित साइतो कलेजमा अध्यानरत पर्वत हुवार १ का मिलन सेनको राहदानी नेपाली दुतावासले रद्द गरेकोमा मलेसिया स्थित नेपाली विद्यर्थीहरु आर्कोसित बनेका छन् ।
विराटनगर, १ चैत्र/ संविधानसभा निर्वाचनको मिति नजिकीरहादा मोरङमा राजनीतिक दलहरुले प्रचार अभियानलाई तीव्र बनाएका छन् ।
१ चैत्र/ नेपाल पत्रकार महासंघ झापा शाखाको आठौं जिल्ला अधिवेशनले मोहन काजी न्यौपानेको नेतृत्वमा नयाा कार्य समिति चयन गरेको छ ।
१ चैत्र/ संघीय लिम्बुवान राज्य परिषदले आव्हान गरेको लिम्वुवान क्षेत्र बन्दका कारण मोरङको पुर्वी क्षेत्रको जनजीवन शुक्रवार प्रभावित बनेको छ ।
१ चैत्र/ केही महिना अघि कतारमा सडक दुर्घटनामा परि मृत्यु हुनु भएका खोटाङ मात्तिमका खड्गबहादुर खत्रीको परिवारलाई खोटाङ जागृती सेवा समाज शाखा कतारले एक लाख रुपैया सहयोग गरेको छ ।
१ चैत्र/ विराटनगर उपमहानगरपालिका ८ स्थित शिव मन्दीर छेउमा शुक्रवार विहान फेला परेको प्रेशर कुकर बम मध्यान्ह प्रहरीले निष्कृय गरेकोे छ ।
१ चैत्र/ जिल्ला सुरक्षा समिति मोरङले संविधानसभा निर्वाचनमा मोरङका १७ गाविस सुरक्षाको दृष्टीले संवेदनशिल रहेको ठहर गरेको छ ।
१ चैत्र/ सेवा बचत तथा ऋण सहकारी संस्था इटहरीले जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका हजारौ बिपन्न महिलाहरुका लागि ३ करोड १८ लाख ४५ हजार ऋण प्रवाह गरेको जनाएको छ ।
१ चैत्र/ संविधानसभा निर्वाचन नजिकिदै जाादा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न झापाको मेचीनगरमा माओवादीको युवा संगठन वाईसिलले नियमित रात्री गस्ती सुरु गरेको छ ।
नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा एमाले भाइ कांग्रेस बनेको बताउँदै उन कम्युनिष्ट र कांग्रेस दुवै हुन नसकेको तेस्रो लिङ्गी भएको बताउनुभएको छ।
नेपाली कांग्रेसले अधिकारिणी अधिकार प्रधानमन्त्रीमा रहने व्यवस्थासहितको चुनावी घोषणापत्र बिहीबार सार्वजनिक गरेको छ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
३० फाल्गुन/ नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिले पनि संविधान सभा निर्वाचन सम्पन्न गर्न धेरै अवरोध कायम रहेको बताउनुभएको छ ।
३० फाल्गुन/ पन्ध्र दिन अगाडि अपहरणमा परेका विराटनगर २२ का सन्तोष कार्कीको रिहाईको माग गर्दै सीमा क्षेत्रका स्थानीयवासीहरुले बिहीवार विराटनगर भन्सार बन्द गरेका छन् ।
२९ फाल्गुन/ सप्तरीमा घर भै सिन्धुपाल्चोकमा कार्यरत प्रधानाध्यापक राजकुमार यादव अझैसम्म वेपत्ता रहेकोले खोजी दिन गृह मन्त्रालय लगायत अन्य स्थानमा आफन्तहरुले उजूरी दिएका छन् ।
निगमका प्रमुखको मिलेमतो
घिमिरे अब डिजल तस्करीमा
३० फाल्गुन/ नेपाल आयल निगमले सर्वसाधारण उपभोक्ता र औद्योगिक प्रयोजनको लागि डिजलमा छुट्टा-छुट्टै दोहोरो मूल्य कायम गरेपछि डिजलको कालोबजारी र तस्करीमा बृद्धि भएको छ ।
‹ First < 9 10 11 12 13 14 15 > Last ›