सप्तरी, २५ मंसिर/ सप्तरीको बोधेवर्साइनमा मंगलबार राति प्रहरी र सशस्त्र हतियारधारी समुहबीच दोहोरो झडप भएको छ ।
विराटनगर, २५ मंसिर/ मिल सञ्चालनको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका विराटनगर जुटमिलका मजदुरहरुले बुधबार नेपाल र भारतको दोस्रो ठूलो जोगवनी नाका चार घण्टा ठप्प पारेका छन् ।
विराटनगर, २५ मंसिर/ एग्रोभेट क्रिकेट क्लवको आयोजनामा विराटनगरमा जारी अन्तर कलेज २०-२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा सिटी कलेजले कोवाश कलेजलाई ४ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।
इनरुवा, २४ मंसिर/ जिल्लामा बृद्धि भइरहेका अपराधिक कृयाकलाप एक हप्ताभित्र नियन्त्रणमा लिने दावी सुनसरी प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले गर्नुभएको छ ।
इन्द्रपुर, २५ मंसिर/ मोरङ बनिगाउका जनताले २ किलोमिटर बाटो श्रमदानबाट निर्माण सम्पन्न गरेका छन् ।
विगत एक महिनादेखि बन्द गोरखाको मनकामना केबुलकार आजबाट सञ्चालनमा आएको छ ।
नेपालभरका मुसलमान समुदयले आफ्नो ठूलो चाड इदुल आजाहा अर्थाता बकर इद मनाउंदै छन् । आजाको दिन बिहानै नुहाइधुवाइ गरी सफा लुगा सबै मुसलमान इदगाह, मस्जिद वा खुला मैदानमा भेला भई नमाज पढेर
विराटनगर, २३ मंसिर/ जिल्लामा हालै देखिएको वाईसिएल र युथफोर्सबीचको तनाबको छानबिन गर्न नेकपा एमाले मोरङले सर्वपक्षीय छानविन समितिको माग गरेको छ ।
धनकुटा २३ मंसिर/ धनकुटामा बसेको सर्वपक्षीय भेलाले जिल्लालाई बन्दमुक्त घोषणा गर्ने सहमति गरेको छ ।
इनरुवा, २३ मंसिर/ गत कार्तिक १९ गते राति बालिकामाथि भएको सामुहिक बलात्कारमा संगल्न अपराधीलाई पक्राऊ गर्न माग गर्दै सोमबार जिल्ला प्रसाशन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाइएको छ ।
धनकुटा, २३ मंसिर/ सरकारले तीस हजारसम्मको कृषि ऋण मिनाहा गर्ने घोषणा गरेपछि कृषि विकास बैंक धनकुटा शाखामा धनीपूर्जा झिक्नेको घुइाचो लागेको छ ।
भोजपुर, २३ मंसिर/ शान्ति मन्त्रालयको लापरवाहीका कारण सशस्त्र द्वन्द्वमा मारिएका भोजपुरका ४१ जनाका परिवारलाई राहत वितरणमा समस्या भएको छ ।
ताप्लेजुङ, २३ मंसिर/ ताप्लेजुङमा विगत वर्षभन्दा चालू वर्षमा जिल्लाको प्रमुख नगदेबाली समेत रहेको अलैंचीको उत्पादनमा बृद्धि भएको छ ।
उर्लाबारी, २३ मंसिर/ विभिन्न अपराधको अभियोगमा मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयमा हिरासतमा राखिएका बन्दीहरुबीच झडप भएको छ ।
संखुवासभा, २३ मंसिर/ संखुवासभाको मावादिङमा आइतबार राति भएको आगलागीमा एक घर जलेर नष्ट हुादा दुई लाख रुपैंया बरावरको क्षति भएको छ ।
विर्तामोड, २३ मंसिर/ आइतबारदेखि बन्द रहेको मेची अञ्चलको यातायात सोमवार मध्यान्हबाट खुलेको छ ।
इनरुवा, २३ मंसिर/ आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै कोशी बाढी पीडितहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार पनि धर्ना दिएका छन् ।
विराटनगर, २३ मंसिर/ स्वास्थ्यकर्मीले उचित ध्यान नपुर्Юयाउादा कोशी अञ्चल अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ ।
इलाम, २३ मंसिर/ सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलनरत कन्याम चिया बगानका मजदुरहरूले मेची राजमार्गको कन्याम सडकखण्ड सोमबार पनि अवरुद्ध गरेका छन् ।
इटहरी, २३ मंसिर/ सरकारले निर्धारण गरेको मासिक ज्यालाको माग गर्दै सुनसरीको सोनापुरमा रहेका तीन उद्योगमा मजदुरहरुले तालावन्दी गरेका छन् ।
विर्तामोड, २३ मंसिर/ प्रेश स्वतन्त्रता र शान्तिको कामना गर्दै झापाका पत्रकार मोहन कट्टेलले मेची-महाकाली उल्टो साइकलयात्रा सुरु गरेका छन् ।
सिराहा, २३ मंसिर/ सिरहाको मुक्सार र जमदह गाविसका दलित बस्तीमा फैलिएको झाडापखालाका कारण त्यहााका दुई दर्जन दलितको अवस्था गम्भीर हुादै गएको छ ।
सप्तरी, २३ मंसिर/ जिविस महोत्तरीका स्थानीय विकास अधिकारी कृष्णकुमार मिश्रमाथि भएको गोली प्रहारको विरोधमा सप्तरीको स्थानीय निकायका कर्मचारीहरुले सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।
विराटनगर, २३ मंसिर/ एग्रोभेट क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको अन्तर कलेज २०-२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सिटी कलेजले पुसेट कलेजलाई ९७ रनले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलाम, २३ मंसिर/ आफ्नो स्थापनाको ५० औं वाषिर्क उत्सव शान्ति निकेतन उच्च माध्यमिक विद्यालय कोल्बुङ्ग इलामले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता दिएको उपलक्षमा नेवा: जागरण मञ्च जपान र दिदिबहिनी समाजको संयुक्त आयोजनामा यही डिसेम्बर ७ आइतवार तोःक्योः
कुवेत फुटबल टूर्नामेन्ट अन्तर्गत कुवेत सीटीको सर्कमैदानमा हालै भएको नेपाल र नाईजेरियाबीचको खेलमा नाईजेरियाले नेपाललाई ० को बिरुद्ध १ गोलले पराजित गरेको छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि हिजो भर्ना हुनु भएका नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको उपचार जारी छ ।
सिराहा, ३३ मंसिर/ उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले तीन महिनाभित्र तराइमा शन्ति सुरक्षा कायम हुन नसके आफुले राजिनामा दिने बताउनु भएको छ ।
दमक, २२ मंसिर/ नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच भएको सहमति कार्यनवयन नभएको भन्दै संघीय लिम्बूवान राज्य परिषदको युवा संगठन लिम्बूवान भोलेन्टियर्सले आन्दोलनको घोषण गरेको छ ।
‹ First < 10 11 12 13 14 15 16 > Last ›