

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा भाग लिन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' ले हिजो कतारका अमिर सेख हमिद बिन खलिफा अल-थानीसंग द्विपक्षीय भेटघाट गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरण र भारतको पावर ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबीच आज ६० मेगावाट बिजुली आयातसम्बन्धी सम्झौता हुने भएको छ। विद्युत उत्पादन कम हुँदा लोड सेडिङ्गका मार खेपिरहेका नेपालीलाई सम्झौताले केही राहत दिने अपेक्षा गरिएको छ।
बरिष्ठ लेखक एवं पत्रकार शुकदेव नेपाल अग्निशिखाको यही गत आइतबार राति हृदयघातबाट ५४ वर्षकै उमेरमा दुःखद निधन भएकोमा नेपाल पत्रकार महासंघ सम्पर्क समिति दक्षिण कोरियाले गहिरो दुःख व्यक्त गरेको छ।
एक फिलिपिनी महिलाको हत्या गरेको अभियोगमा कुवेतको अदालतले फाँसीको सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पा लामो जेल सजाय पछी नेपाल फर्किन सक्ने भएकी छन् ।
नक्कली राहदानीका भरमा रोजगारीका लागि कतार पुगेका भोजपुरका दुई दाजुभाइ दोहा विमानस्थलबाटै पक्राउ परी थुनामा परेका छन् । दोहा पुगेलगत्तै पक्राउ परेका भोजपुरका २१ वर्षिय मनिराम श्रेष्ठ र २० वर्षिय हरि श्रेष्ठ दुई महिनादेखि घर फिर्ती केन्द्रमा थुनामा रहेका छन् ।
व्यवस्थापिका संसदको आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका केही जिल्लाहरुमा आएको बाढीपहिरोले पुर्याएको जनधनको क्षतिबारे जानकारी गराउनु भएको छ ।
अमेरिका भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसबीच अमेरिकाको न्यूयोर्कमा गएराती भेटवार्ता भएको छ ।
चीनका लागि नेपाली राजदूत टंक कार्कीले नेपाली भूमिबाट चीनविरोधी गतिविधि गर्नेहरुमाथि नेपालले लिदै आएको नीतिबाट चीन खुशी भएको बताउनु भएको छ ।
प्रगतिशील साहित्यकार एवम् पत्रकार अग्निशिखाको गए राति हृदयाघातबाट निधन भएको छ । उहां ५४ वर्षको हुनुहुन्थ्यो ।
अध्यक्ष विश्वकान्त मैनालीलाई बहस पैरवीमा रोक लगाउने सर्वोच्च अदालतको निर्णयको विरोधमा उत्रिएको नेपाल बार एसोसिएसनले कारबाही फिर्ता नभएसम्म वार्तामा बस्न नसकिने स्पष्ट पारेको छ।
उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन व्यवसायमा महिलाको सहभागिता वृद्धि गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रसंघीय मिसन अनमिन प्रमूख इयान मार्टिनले दुवै सेना समायोजन नभएसम्म दीगो शान्ति स्थापना हुन नसक्ने बताउनु भएको छ ।
पाकिस्तानको राजधानी इस्लामाबादको एउटा होटलमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । मारियोट होटलमा विस्फोटक पदार्थ भएको ट्रक ठोक्काइदा भएको
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थमन्त्री डा. बाबुराम भट्टराईको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
पाँच दिने औपचारिक भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कनु हुने भएको छ । पाँच दिने भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री प्रचण्ड बिहान बैंग्लोरमै हुनुहुन्छ ।
नेपाल-भारतबीच सहयोग र समझदारीका विभिन्न २२ बुँदे सहमतिमा पत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' र भारतीय समकक्षी मनमोहन सिंहले हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' भारत भ्रमणको सिलसिलामा आज बिहान भारतको सूचना प्रविधि सहर बैङ्गलोर आइपुग्नु पुग्नुभयो ।
‹ First < 17 18 19 20 21 22 23 > Last ›