शिक्षा मन्त्री तथा मधेशी जनाधिकार फोरमकी केन्दि्रय सदस्य रेणु कुमारी यादवले सेना समायोजनकालागी गठन हुन लागेको विषेश समितिको संयोजक माओबादीलाई दिन नहुने बताउनुभएको छ ।
२०५७ सालमा स्थापना भएको शसस्त्र प्रहरीले अहिले सम्म तत्कालिन शसस्त्र प्रहरीका महानिरिक्षक कृष्ण मोहन श्रेष्ठ सहित ३ सय १० जना जवानलाई गुमाईसकेको समाचार सम्प्रेसण कक्षका प्रमुख अजय छत्कुलीले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरीका महानिरिक्षक बासुदेव ओलीले सरकारले दिने कुनैपनि निर्देशनको आफुहरुले अक्षरंस पालना गर्ने बताउनुभएको छ ।
दाङ्गको तुलसीपुरबाट टरिगाउं गाविस जादैगरेको स्कुटर पल्टिदा २ जना घाईते भएका छन ।
तुलसीपुर कारागारमा रिले अनशन गरिरहेका १० जना वन्दि प्रहरीहरुले आज देखि आमरण अन्सन शुरु गरेका छन ।
शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा \'प्रभाकर\' ले सेना समायोजन राष्ट्रिय महत्वको विषय भएकाले विशेष समिति निर्माण गरेर सेना समायोजनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।
नेपाल मगर संघ द. कोरियाको चौथो साधारण सभा आइतबार सउलस्थित टप माउन्टेनको सभाकक्षमा सम्पन्न भएको छ । संघका अध्यक्ष अप्त पुन मगरको अध्यक्षतामा सम्पन सो सभामा मगर
नेपाली जनअधिकार मञ्Юच, दक्षिण कोरियाको प्रथम अधिवेशनको यहि आउंदो आईतबार अक्टुबर २६ तारिखका दिन हुने निश्चित भएको छ । गत अक्टुबर ५ तारिखका दिन सउलको जोग्येसा मन्दिरमा हुने भनिएको उक्त अधिवेशन नेपालमा माओवादीको केन्द्रीय समितिको बैठकले गर्दा सारिएको थियो ।
नेपालको साँस्कृतिक झलक दिई नेपाल भ्रमण गर्न अभिप्रेरित गराउने उद्देश्यले गणतन्त्र कोरियाको योन्देरी गाउँमा नेपाली साँस्कृतिक गाउँ स्थापना गरिने भएको छ ।
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयमा राखिएका सरकारी वेब सर्भरТ मा विद्युत् रोकिँदा सरकारको आधिकारिक वेबसाइटसहित मन्त्रालय, विभाग र विभिन्न संस्थाका ३४ वटा वेबसाइट अवरुद्ध हुन पुगेको समाचार छ ।
नेकपा एमाले स्थायी समिति सदस्य एवम् प्रचार विभाग प्रमुख ईश्वर पोखरेलले माओवादी लडाकुको सेनामा समायोजन सम्बन्धी विस्तृत शान्तिसम्झौता बमोजिम मन्त्रिपरिषद्बाट बन्ने विशेष समितिको सिफारिसमा हुने बताउनुभएको छ ।
बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेविया पुगेका २ सय ४० नेपाली कामदार अलपत्र परेका छन् । तिमध्ये ५ महिला रहेका छन् । अलपत्र कामदारले आफूहरु पुलमुनि बस्न बाध्य भएको बताएका छन् ।
जापानमा भोलिदेखि कात्तिक १५ गतेसम्म हुने संसद तथा राजनीतिक दलहरुको व्यवस्थापन विषयको अन्तरक्रिया कार्यक्रममा भाग लिन आठ सभासद् र तीनजना अधिकृत कर्मचारीको टोली आज जापानतर्फ प्रस्थान गर्यो ।
नेकपा एमालेका सल्लाहकार तथा प्रजातन्त्र सेनानी सिद्धिनाथ ज्ञवालीको शनिबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित ज्ञवालीको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भारत सरकारले सप्तकोसी बाढीपीडितका लागि राहत सहयोगस्वरूप ३२ करोड रुपियां प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\'लाई नेपालका लागि भारतका राजदूत राकेश सुदले उक्त राहत
संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले एक दुइ दिनमै नयाँ संविधान बनाउने प्रक्रिया शुरु हुने बताउनुभएको छ । स्वीट्जरल्याण्डको राजधानी जेनेभाबाटमा सम्पन्न आइपीयुको ११९ औं सम्मेलनमा भाग लिएर स्वदेश
प्रधानमन्त्री प्रचण्डले माओवादी जनसेनालाइ नेपाली सेनामा मर्ज गर्ने नभइ शान्ति सम्झौता बमोजिम समायोजन र पुनस्थापना गरिने बताउनुभएको छ । बाढीपिडीतका लागि रिपोर्टस क्लव र सिटिजन्स वैंकले जम्मा गरेको राहत
गैरकानुनीरूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारहरूलाई त्यहाँको सरकारले आम माफी दिने घोषणा गरेपछि स्वदेश फर्कन चाहने नेपाली कामदारहरू फर्कने प्रक्रिया पूरा नहुँदै एयरपोर्टबाटै समातिएका छन् ।
खोटाङ जिल्ला बाम्राङ गाउ बिकास समितीबाट हङकङ आई बसोवास गर्ने बाम्राङ परिवार हङकङले यही अक्टोबर १२ का दिन मंकिहीलमा एक भेटघाट तथा बिबिक्युको आयोजना गर्यो ।
पूर्वराजा ज्ञानेन्द्र र शाही परिवारका नाममा रहेका जग्गाजमिन र वन नेपाल सरकारले राष्ट्रियकरण गरे पनि मालपोतको मोठ स्रेस्ता र नापीको फिल्डबुकमा भने साबिकै श्री ५ महाराजाधिराज\' शब्द कायमै रहेको थाहा भएको छ ।
हरेक वर्ष मुस्लिमहरुको चाड रमदानको अवसरमा Saudi Arabian Oil Company (Saudi Aramco) अर्न्तर्गतको Haradh Gas Plant, Haradh मा कार्यरत विभिन्न मुलुकका कामदारहरुवीच Indoor तथा Outdoor खेलकुद प्रतियोगिताहरु हुने गर्दछ ।
बुसान फाउन्डेशन फर इन्टरनेशनल एक्Юटिभिटिज् को आयोजनामा ग्लोबल गेदेरिङ्ग २००८ मा नेपाली सम्Юपर्क समिती बुसान शाखाले नेपालको नेतृत्Юव गरी सहभागिता जनाएको छ ।
नेपालीहरुको महान पर्व विजयादशमी तथा मोहनिको चाड, नेवा: जागरण मञ्च जापानको आयोजनामा जापानमा बस्ने नेपाली दाजु भाई दिदी बहिनीहरुले विविध साँस्कृतिक कार्यक्रमका साथ ओक्टोबर १३ मा टोक्योको नेपाली रेस्टुराँ मन्डलाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ ।
डडेल्धुरा जिल्लामा यसै महिनाको पहिलो साताको अविरल वर्षापछि आएको बाढीका कारण प्रभावित बासिन्दाहरू प्रदूषित पानी पिउन बाध्य भएका छन् । बाढीले खानेपानीका मुहानहरू बगाएपछि उनीहरू प्रदूषित पानी पिउन बाध्य भएका हुन् ।
पूर्वी नेपालको सिराहा जिल्लामा डा. उपेन्द्र महतोले आफ्नी आमाको नाममा करोडौंको व्यक्तिगत लगानीमा एउटा अस्पताल निर्माण गरिने भएको छ भने एउटा विद्यालय भवन तयार भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको एउटा प्रमुख घटक नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाललाई सरकार संचालनमा मार्गदर्शन गर्न र संविधान निर्माण कार्यमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
यहि आउंदो अक्टुबर २६ तारिखका दिन चितवनवासीहरुको छाता संस्था चितवन सम्पर्क समितिको आठौं साधारण सभा हुने भएको छ । राजधानी सउलको यङदम्फो स्थित गंगा जमुना ईन्टरनेशनल मार्टको हलमा हुन लागेको उक्त
यहि आउंदो अक्टुबर २६ तारिखका दिन चितवनवासीहरुको छाता संस्था चितवन सम्पर्क समितिको आठौं साधारण सभा हुने भएको छ । राजधानी सउलको यङदम्फो स्थित गंगा जमुना ईन्टरनेशनल मार्टको हलमा हुन लागेको उक्त
विश्वका सभामुख एंव सभाध्यक्षहरूको बैठकमा भाग लिन संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ शनिबार जेनेभा प्रस्थान गर्नु भएको छ ।
< 1 2 3 4 5 6 > Last ›