आप्रबासी दिवस भव्यरुपमा मनाइयो: नेपाल श्रमिक संगठन (NLO) तथा तानागानिता मलेसियाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय आप्रबासी श्रमिक दिवस भव्यरुपमा सम्पन्न गरिएको छ । डिसेम्बर १८ बिहीबार परेको तथा उक्त दिन मलेसियामा आप्रबासी कामदारहरुले छुट्टी नपाउने भएकोले १४ डिसेम्बर आइतबार उक्त दिवस मनाइएको थियो । दिवसमा नेपाली, बंगलादेशी, म्यानमार, फिलिपिन्स, इन्डोनेसिया, चाइना, क्याम्बोडिया, भियतनाम, श्रीलंका, थाइल्याण्ड, इण्डियालगायतका दर्जनौं मुलुकका आप्रबासी कामदारहरुको सहभागिता रहेको थियो
फोटा: युवराज बराल