


देशको समुल विकासको लागि उचित योजनाको सफल कार्यान्वयन गर्न निश्चित एवं व्यावहारिक कार्यक्रमहरुको तर्जुमा समन्वयात्मक तरिकाले गर्नु पर्दछ । कुनै योजना समन्वयात्मक ढंगले तयो बेलामात्र गर्न सकिन्छ जबकि योजना तर्जुमा गर्ने तहलाई वास्तविकताको ज्ञान हुन्छ । अनि कार्यन्वयन पक्षलाई । समग्र राजनैतिक योजना रणनीति र त्यससंग प्रतक्ष्य वा परोक्ष सम्वन्ध राख्ने वस्तुहरुको उचित ज्ञान नहुनु वा अल्पज्ञानमा नै भ्रमित रहनु मूलुकलाई अग्रगमन तर्फ धकेल्नु अवस्य होइन । अग्रगामी निकास, क्रान्तिकारी छलाङ्ग कुनै समूह विशेष वा ब्याक्ति बिशेष खास किसिमको सम्बन्ध स्थापना भएर घटित हुँदैन । एक सम्यक रणनीतिको चट्कारो आवस्यकताले समस्या समाधानतर्फ निर्देश गरिरहँदा हँुकार गर्नेहरु परिवर्तन प्रति कति बफादार हुनसक्छन् यो एक विश्लेषणको बिषय बनेको छ । अब समझदारि र सहकार्यको साझा थलोको रुपमा देशलाई अग्रगमन तर्फ बढाउने अहिलेको स्थिती अभूतपुर्व नै हा यो अवसरबाट कोही पनि चुक्नु हुँदैन अझ जनताको भावनालाई अवमूल्यन गर्न कोही पनि अग्रसर रहनु हुँदैन । जनताको म्यान्डेड वास्तवमै यही हो कि अब सबै दलहरु आपसी समझदारीमा अगाडी बढुन र सर्बसाधरण जनताको काखे बालकको छाक कोही अजनबीले जबरजस्ति नखोसोस् वा त्यस्तो अवस्था सिर्जना नहोस् । यो जनमतको एकमात्र चाहना हो यदी सर्बसाधरणसम्म पुगेर विश्लेषण गर्ने हो भने । अवचेतन, अर्धचेतन र चेतनशिल विचारक, र पथप्रदर्शकहरु बीचको तात्विक भिन्नता, सामाजिक अवस्थाले त्यस वातावरणको जून स्तर निर्धाण गर्छ त्यसले राज्यब्यावस्थासंग प्रतक्ष्य सम्बन्ध त राख्छ नै तथापी महत्वपूर्ण कुरा केछ भने राज्यब्यावस्थाका सैद्दान्तिक मान्यता तथा ब्यावहारिक पक्षहरुसंग अन्तराष्ट्रिय सामाजिक तथा राजनैतिक परिस्थिती सामजस्यता संग विकासशिल मुलुकहरुको राज्यब्यावस्था प्रतिस्पिर्धी यात समावेशी नहुने हो भने बिकासको गतिरोध हुने कुरामा कसैको दुईमत नहोला । द्वन्दात्मक भौतिकवादी हुन वा समाजवादी, साम्यवादी वा अरुकुनै । ब्यावहारिकतामा लचकता हुँदैन भने त्यो कुरा यो युगालाई मान्य पनि हुँदैन । प्रजातन्त्रवादीहरु परिणाममुखी हुन नसक्नुको कारण कोही अगाडी पर्न सक्ला तर त्यो समयको उचित सदुपयोगले मात्र राजनैतिक पृष्टभुमीलाई दरिलो बनाउने गर्छ । नीति र सिद्दान्तको राजनीति राजनेताहरु बाट टाडीदै जाँदा, सशस्त्र युद्दमा लागेका पक्षहरुको पकड जम्नु नौलो कुरा होइन तर उनिहरु अग्रगामी परिवर्तन र नयाँ निर्माणको क्रममा अगाडि आईसकेपछी सर्बसाधरण जनताको अधिकार साम, दाम, दण्ड, भेद, नीति, अर्थ आदिबाट आफुमा प्रयोग गरिसकेपछी ब्यावहारिकतामा कठोरताको प्रदर्शन हुनु अनि पुरानै शैलीलाई क्रान्तिको जडसुत्र मानि अधिनायकत्व लिन प्रयास गर्नु कदापी क्रान्तिकारीहरुको चरित्र होईन यो शताब्दिमा । झन राजनैतिक आचारसंहिताको आधारभूत ज्ञान नहुनेहरुबाट सदन र सडक बीचको अन्तर खुट्टाउन नसक्नु पनि नौलो कुरा होइन । अबको क्रान्ति भनेको जूनसुकै सिद्दान्तका पक्षधरहरुले देश र जनताप्रति वफादार रही बर्तमान राजनैतिक परिवृतलाई सही ढंगले विशलेषण गरी राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई प्रमुखताका साथ गुणत्मकरुपले बढाउनु नै हो । चाहे जुनसुकै रणनीति किन अख्तियार नगरोस् । तब दशले र देशको राजनीतिले छलाङ्ग मार्दछ । सु-साशन र सु-ब्यावस्था अब नारामा मात्र सिमित हुने हो भने यि नाराहरुले नै जनतालाई पोल्न थाल्दछ अनि पोल्नुपर्छ पनि । परिणाम उस्तै मिल्छ जहाँबाट नयाँ नाराले नयाँ रक्तपातको स्थिती पैदा गर्छ । लोकतन्त्रको मान्यता र परिधि भित्र रही विधिको शासन सिर्जना गर्नुपर्दछ । विधिको शासनको नाममा भूतको पुनरावृति गरिनु हँुदैन, स्वतन्त्रतको अपब्याख्या गरिनु हँुदैन अनि जनताले र शासक दुबैले मूलुकप्रतिको कर्तब्यबोध गर्नुपर्दछ वा विधिको शासनले गराउनु पर्दछ । जसले मुलुकलाई संबृद्द र अन्तराष्ट्रिय स्तरमा नै स्वाबलम्वन प्रदान गरोस् । यहाँ संवेदनशिल कुरा केछ भने मुलुकमा जनताहरु विशेषतः कतै दलमुखी कतै संगठनमुखी र कतै ब्याक्तिमुखी भएको स्पष्ट छ जस्ले राज्यलाई कानुनी मान्यताभन्दा स्थापित गरिदैछ । आज अमुक संगठनको ब्याक्तिले अमूक अर्को अमूक संगठनको ब्याक्तिलाई निर्ममतापूवृक हत्या गर्दापनि यहाँ संगठन जिम्मा लिन्छ भने राज्य मूकदर्शक बनेर हेर्छ । अनि यो प्रक्रिया प्रतिक्रिया बनेर रहन्छ । के विधिको शासन अनि जनतालाई मुक्ति दिलाउने रामवाण यही नै होत ? यो प्रक्रियाले विकासको गतिशिलता कहाँ पुर्याउला ? जनताले कानुनी राज्यको महसुस कहिले गर्लान अनि कानुनी मान्यता भित्र कहिले सम्म रहलान ? बन्द, हड्ताल, अस्वाभाविक जुलुस आदि कुराहरुबाट सर्बसाधरणलाई सताउने तथा गैर्ह नागरिक राष्ट्रिय उत्तरदायित्वविहीन कार्यको अन्त्यको आभास सर्बसाधरणले कहिले गर्लान ? विधिको शासनले यसको निराकरण गरिनु पर्छ अनि शुरु हुन्छ क्रान्ति र परिवर्तन नयाँ युगबाट छलाङ्ग मार्दै । केही यहाँ जनताको म्यान्डेडको धावा दिन्छन् अनि आन्दोलनको हुँकार गर्छन । कोही अनेकतामा एकताको विरुद्द कुर्लन्छन् । बीउ त्यही रोपीयो जहाँबाट रक्तपात शरु भयो । विश्वमानचित्रमा हामी खोज्न कोही तयार छैन यहाँ । सबैलाई आफु हराउने चिन्ताले पीरोल्छ उनीहरुको आँखाले त्यहा क्रान्ति देख्न सक्दैन । लाग्छ, नेपाली बनेर रहनु वा नेपाली भनेर चिनीनु पनि सामन्ति परम्पराको अवशेष भन्नेछन देखिएका क्रान्तिकारीहरु । त्यहि भएर त सस्तो लोकपि्रयताको लागि आफुलाई बेच्दैछन रक्षकहरु । सुस्ता सुस्ताउँदै गर्दा परचकि्रले गरेको आक्रमणको बोली राष्ट्रिय विभूती मान्न लालायित देखिन्छन् आजका स्वाभिमानी शासकहरु । अनि त्यसैलाई अक्षरशः अनुकरण गर्दैछन् । त्यो पनी ऐतिहासिक र अभूतपुर्व समय र स्थानमा । ठोस बस्तुलाई वास्तविकता भान्दा परदेख्ने बिल्कुल परदेख्ने परम्पराको अन्त्य गर्न अब नयाँ शैलीलाई प्रखर नबनाउने हो भने नेपाली जनताले अहिलेका शासकहरुलाई कहिल्यै माफ दिने छैनन् । बर्तमान राजनैतिक अवस्थाले वास्तवमा नै एक नयाँ, नौलो र मुक्तिको छलाङ्ग मारेको छ यो अकाट्य हो । ऐतिहासिक परिवर्तन भएको छ तर यस परिवर्तीत स्थितीलाई सार्थक बनाउन यसको पहँुच सिर्फ उपल्लो दर्जाका मानिसहरुमा मात्र सिमित राख्नु हुँदैन । विधिको शासनको नाममा सर्बसाधरण जनतालाई मारमा पार्नहुँदैन स्वाभिमान र स्वाधिनताको नाममा आफु बेचिनु हुँदैन । परिवर्तन र क्रान्तिको अर्थ सार्थक बनाउनु पर्छ । क्रान्ति र परिवर्तनको अन्तिम विन्दु कहीपनि हुँदैन र हुनहुँदैन पनि । यो बर्खायामको भेल पनि होईन । फेरी यहाँ आादोलनको नाममा हुने गरेका विकि्रती नै क्रान्ति हो त ? आन्दोलनले सबैसाधरण जनताको गरेर खाने अधिकारमा र राज्यका मुलमर्ममा आधात पार्नु कतिसम्म उचित हुन्छ ? यसको लागि कुनै झुण्डले कुनै बिषय प्राप्तिको लागि सर्बसाधरणलाई प्रतक्ष्य असर पुर्याउनु कति उचित हुन्छ ? त्यसैले अबको शाशकहरुले सर्बसाधरणलाई कानुनी राज्यको प्रत्याभूती गराउन जस्तोसुकै अवस्थासंग पनि सम्झौता गर्न हुन्न । नयाँ यूगको जन्मसंगै नयाँ सस्कारको जन्म अति नै आवश्यक हुन्छ । जसलाई उचित निर्देश गर्ने भनेको राज्यसत्तासंग प्रतक्ष्य/परोक्ष उत्तरदायित्व रहेकाहरुकै कर्तब्य हुन आउँछ । यसतर्फ बफादार नरहने हो भने अबपनि किंकर्तब्यविमुड बनेर रहँलासम्म जनताले क्षमा गर्ने छैनन् । यहाँ स्वाभिमान र आत्मसम्मान धरापमा परिसकेको छ । यो संवेदनशिलता सबैले बुझ्नपर्छ । प्रजातन्त्रको अपब्याख्या लोकतन्मा गरिनुहुन्न । नागरिक समाज तथा सर्बसाधरणले पनि यसको महत्व, अर्थ र उपयोगीता बुझ्न जरुरीछ । अख्तियारयुक्त, नागरिक समाज आदिले प्रजातन्त्र र स्वतन्त्रताको खिल्ली उडाएको इतिहास फेरी देाहोरिनु हुन्न नयाँ नेपाल निर्माणमा साँच्चै जिम्मेवारी लिने हो भने र यसको लागि अब बन्ने सरकार र संविधानले स्पष्टरुपमा निक्र्योल गर्नुपर्दछ । नत्र सत्तालिप्साले लिप्त भएकाहरु कथित नवक्रान्तिकारीहरु क्रान्तिरक्त बनेर उदाउनेछन् । अनि नेपाल र नेपालीका भविष्य झन अन्योल हुने गर्दछ । कयौ नेपालीका छोराछोरीहरुको बलिदानबाट प्राप्त आजको अवस्थालाई सस्तो लोकपि्रयतामा दाँजेर अबको शासन संचालन गर्न खोज्नु अराजनैतिक र अपवित्र ठहरिन्छ । हिजोको धरातलिय अवस्थाबाट आजसम्म आईपुग्नुको वास्तविकतालाई विश्लेषण गर्नैपर्दछ । प्रत्येक पीडी र स्तरमा दुरदर्शीता नदेखेर अगाडी बढ्नु राजनैतिक धर्म कदापी हैन ।