


काठमाण्डौंस्थित बागबजार स्थिाई घर भएका ममता वि.क. रोजगरको शिलशिलामा आज भन्दा दुई बर्ष अघिबाट मलेसियाको जोहोर राज्यस्थित एक Karyatama Mitra Sejati Sdn.Bhad मा कार्यरत छिन् ।
आई.ए.सि. सम्मको शिक्षा हांसील गरेकी ममता आफूलाई एक डान्सर भन्न रुचाउछिन् । उनी आफ्नो अनिकालको मिठो शिक्षलाई बेरोजगारको तितो भूमरीमा रोजगारको अवसर नपाए कै कारण जनरल वर्कर बनेर मलेसियालाई आफ्नो कर्मथलो बनाउन विवस यर्थात बताउछिन् ।
आफ्नो कर्म र धर्ममा विश्वास राख्ने ममता आफ्नो देशको कला, भाषा, साहित्य, संस्कार संस्कृतिलाई माया गरेर अगाडि बढ्ने कुरा व्यक्त गर्छिन् । साथै आफू प्रवासमा रहेर पनि आफ्नै देश र गाउंघरको अनुभूति हुने गरेको उनि बताछिन् । उनी अगाडि भन्छे प्रवासमा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको माया ममताले गर्दा नै होला मैले आजको सफलता र उहांहरुको माया ममता पाउन सफल भएकी छु ।
हुन पनि मलेसियाको विभिन्न ठाउंहरुमा आयोजना हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रायः ममताको सहभागी हुने गरेको छ । ममताको उपस्थिती बिना कार्यक्रम नै खल्लो भएको अनुभव निर कुमार थापा मगर बताउछन् । नेपाली लोक सांस्कृतिलाई रुचाउने ममता दर्शकहरु माझ पनि लोक सांस्कृतिक नृत्य प्रस्तुत गरेर प्रवासमा रहेका नेपालीहरुलाई गाउंघरको झझल्को दिलाउने गरेकी छिन् । त्यसैले होला दर्शकहरुको राजाईमा परेकी ममता मलेसियाबाटै तयार गरीएको दुई भिडियो सि.डी. मा समेत आफ्नो प्रतीभा प्रस्तुत गरीसकेकी छिन् ।
नव गायक कृष्ण गाउंलेको \"फोन पत्रमा\" र रुकु रिमाल द्धारा निर्मित \"बोलेका ताबोले\" अर्थात \"हुन्छ कि हुदैन\" भन्ने गीती एल्बममा अभिनय समेत गरीसकेकि ममता, मलेसिया रोजगारको शिलशिलामा प्रवेष गरेर नेपालीहरुद्धारा आयोजना गरीएको कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्दा गर्दै एका एक चर्चामा पुग्न सफल आजकल आफै अचम्मित हुने गर्छिन । घर परिवारको सल्लाह बाटै प्रवासीएकी ममता आफ्नै साथीहरुको प्रेरणा र आफ्नै सर्घषबाट सफलता भएको पनि उनी बताउछिन् । उनी भन्छे एउटा लगनशिलता र धर्यता भयो भने अवश्य सफल भइदो रहेछ ।
मलेसिया आए पछि केटाहरुले केटी साथी र केटीहरुले केटा साथी खोज्छन् रे नि हो ? भन्ने प्रश्नमा उनी भन्छे । मानिसको मन हो मनलाई जता लग्यो त्यतै जान्छ । यी कुराहरुको पछि लाग्नु र नलाग्नुमा आफूमा भर पर्ने कुरा हो । मैले आज सम्म आफ्नो मन त्यस्तो गतिविधी तिर दौडाएको छैन् । तर कहिले काही अन्य साथीहरुको नराम्रो समाचार सुन्नु पर्दा भने ज्यादै दुःख लागेर आउछ । उनी भन्छे यस्तो गलत बाटोमा नहिड्न सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा अनुरोध गर्दछु । साथै आफ्नो गाउंघर र परिवार नभुली छिट्टै स्वदेश र्फकन सम्पूर्ण नेपालीहरुलाई अग्रग गर्दछु । परदेशमा साहूको काममा १२ घण्टा रगडिएर कमाएको पैसा आफ्नो परिवारलाई सम्झी क्षणिक मोज मस्ती, तास, जुवा, तथा प्रवासी तरुणीहरु संग नलाग्न पनि सबैमा मेरो बिन्ती छ । उनीले हांस्दै भने ।
सम्वाद सहयोगी कृष्ण गाउंले