कतारमा नेपाली चलचित्रहरुको छायांकन एवं चलचित्र निर्माणको क्रम बढिरहेको अवस्थामा अर्को नेपाली कथानक चलचित्र ँसपना हो कि विपनाТ निर्माण हुने भएको छ।
चलचित्रको शुभमुहुर्त कतारको अलखोर पार्कमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङले हालै नरिवल फुटाई गरेका थिए।
चलचित्रमा मूख्यतयः कतारमा दुःख पाएका नेपालीहरुको अनुभव र गुरुङ संस्कृति समिटिने छन्। यस चलचित्रको छायांकन २५ प्रतिशत कतारमा र ७५ प्रतिशत नेपालको लमजुङ, कास्की, तनहूँ स्याङ्जालगायत गुरुङ बस्तीहरुमा छायाँकन गरिने निर्माता कृष्ण गुरुङले बताए।
कतारका स्थानीय कलाकारहरु भेष गुरुङ, रविन तमू, हर्क तमू, राजन तमू, जितु तमू, द्रोण तमू, कृष्ण तमू, टौमाया तमूलगायतले चलचित्रमा अभिनय गर्नेछन् भने नेपालमा हुने छायाँकनमा त्यहाँका कलाकारहरुले अभिनय गर्नेछन्।
चलचित्रको निर्माताहरुमा कृष्ण तमू, भेष तमू र ओम थापा मगर रहेकाछन्। यस चलचित्रको गीतमा टंक लिम्बू र भक्त लुङ्गेली मगरले संगीत तयार पारेका छन् भने धेरै म्युजिक भिडियोहरुमा निर्देशन गरिसकेका अनुभवी निर्देशक अमृत थापा मगरले यस चलचित्रको निर्देशन गर्नेछन्।
यस चलचित्रको ब्यवसायिकताका ध्यानमा राख्दै गुरुङको संस्कृतिलाई संरक्षण गर्नमा थप मद्दत पुग्ने कुरामा आशावादी रहेको अतिथि वक्ताहरुले बताए। नेपालीहरुको मन जित्ने सफल र भरपूर मनोरञ्जन दिन सक्ने चलचित्र बनाउन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। शुभकामना दिने अतिथि वक्ताहरुमा कान्तिपुर साप्ताहिक प्रवास प्रकाशनका श्याम सुन्दर शशी, तमू सांस्कृतिक परिवारका अध्यक्ष बिमल गुरुङ, तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन गुरुङ, नेत्र गुरुङ र बुधबल गुरुङ रहेका थिए।
तमू संस्कृतिमा आधारित यस चलचित्रको कतार छायांकनमा तमू बौद्ध सेवा समिति कतारले विशेष सहयोग पुर्Юयाउने तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन गुरुङ र तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष विमल गुरुङले बताएका छन्।