

३० फाल्गुन/ नेपाल आयल निगमले सर्वसाधारण उपभोक्ता र औद्योगिक प्रयोजनको लागि डिजलमा छुट्टा-छुट्टै दोहोरो मूल्य कायम गरेपछि डिजलको कालोबजारी र तस्करीमा बृद्धि भएको छ । आयल निगमले पौष २७ गतेबाट उद्योगका लागि र आम उपभोक्ताका लागि भनेर डिजलमा फरक-फरक मूल्य तोकेपछि डिजल तस्करीमा व्यापक वृद्धी भएको हो । डिजलको तस्करी बढेपछि मट्टतिेलको आयत र विक्री अत्याधिक मात्रामा घटेको पाइएको छ । लोडसेडिङका कारण उद्योगमा डिजलको खपत बढेपछि निगमले उपभोक्तालाई मार पर्ने भन्दै घाटा सहेर कम मुल्यमा डिजल उपलव्ध गराउने र उद्योगको खपतबाट घाटा पुर्ती गर्न दोहोरो मूल्य कायम गरेको हो । तर निगमको नयाा निर्णयपछि उद्योगहरुले डिजल खरिद नगरेपछि तस्करहरुले त्यसको फाइदा लिएका छन् । अहिले निगमले व्यापारीहरुलाई मागेजती डिजल दिइरहेको छ । लोडसेडिङका कारण उद्योगमा डिजल खपत बढे पनि पछिल्लो दश दिनमा निगमबाट डिजल नलगिकनै पनि उद्योग निर्वाध रुपमा सञ्चालन भएबाट तस्करी र कालोबजारी बढेको पुष्ठि हुन्छ । डिजलमा कालोबजारी बढेपछि किसानका लागि गाउामा राखिएका र तीन बर्षदेखि बन्द रहेका प्याक डिलरहरुले समेत दिनमा ६० हजार लिटरसम्म डिजल खपत गर्न थालेका छन् । त्यसले पनि कालोबजारीलाई पुष्टि गर्ने उपभोक्ताहरुको भनाइ छ । उता उद्योगहरु निगमसाग डिजल माग्न नआएको निगमका क्षेत्रीय निर्देशक पुष्कर दत्त बताउनु हुन्छ । निगमले डिजलमा दोहोरो मूल्य तोकेपछि डिजलको तस्करी बढेको कारण निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरबाट मट्टतिेलको बिक्री घटेको पाइएको छ । निगमले पूर्वाञ्चलमा पौष महिनामा २१ लाख १३ हजार लिटर मट्टतिेल बिक्रि गरेकोमा माघ महिनामा ९ लाख ९ हजार लिटर मात्र बिक्रि भएको छ । त्यस्तै फाल्गुन महिनामा मट्टतिेलको बिक्री अझ कम भएको आयल निगमको तथ्यांकबाट प्रष्ट हुन्छ । फाल्गुन २० गतेबाट डिजलको औद्योगिक मुल्यमा भारी बृद्धी भएपछि झन् मट्टतिेलको बिक्री घटेको हो । यो महिना करिव ६ लाख लिटर मात्र मट्टतिेल बिक्री भएको बताइएको छ । यसबाट विगतमा मट्टतिेलको बढी खपत हुनुमा डिजलमा मिसाइनु रहेको पुष्टि हुन्छ । अहिले डिजलकै तस्करीबाट राम्रो आम्दानी हुने अवस्था भएपछि मट्टतिेलको बिक्री कम भएको हो । निगमले उद्योगका लागि प्रतिलिटर ६९ रुपैया र सर्वसाधारणका लागि ५६ रुपैया प्रतिलिटरका दरले डिजल उपलव्ध गराउने गरेको छ । त्यसै कारणले डिजलमा तस्करी बढेको हो । उद्योगले प्रयोग गर्ने डिजलको मुल्य अघिल्लो महिनामा ६४ रुपैया हुादा माघ महिनामा उद्योगहरुले ९ लाख ५६ हजार लिटर डिजल खरिद गरेको भए पनि त्यो मूल्य बढेपछि भने पछिल्लो दश दिनमा जम्मा ९ हजार लिटर मात्र बिक्री भएको छ । उद्योगहरुले सस्तो मूल्यमा डिलरहरुबाटै डिजल खरिद गर्ने गरेका छन् । उनीह/
डिजलको सार्वजनीक मुल्य र औद्योगिक मूल्य फरकको कारण तस्करी बढेको भएपनि निगमले डिजल डिलरमा झरेको वा नझरेको विषयमा अनुगमन समेत गरेको छैन । स्रोतका अनुसार डिलरहरुले माग जति डिजल दिए वापत प्रतिलिटर तीन रुपैया निगमका क्षेत्रीय प्रमुखलाई उपलव्ध गराउने गरेको बताइएको छ । तथापी त्यसको पुष्टी हुन भने सकेको छैन ।
डिजलको कालोबजारी भएको सम्वन्धका निगमका क्षेत्रीय निर्देशक पुष्कर दत्तले भने डिजल पहिलेको जती पनि बिक्री नभएको बताउनु भएको छ । उहााले मट्टतिेलमा भन्दा डिजलमा कम घाटा रहेकोले पनि आफूले मट्टतिेल भन्दा डिजल आयातमा जोड दिएको बताउनु भयो । तर अहिले मट्टतिेलमा प्रतिलिटर ९ /mपैया र डिजलमा प्रतिलिटर १४ रुपैया घाटा रहेको छ ।
बिराटनगरबाट विक्री हुने डिजलबाट मात्र मासिक २ करोड भन्दा बढी घाटा हुने गरेको छ । त्यसमा उद्योगमा निर्यात गरे वापत डिलरहरुले मासिक ५० लाख भन्दा बढी अतिरिक्त आम्दानी गर्ने गरेका छन् ।
यस अगाडि कहिल्यै डिजलमा दोहोरो मूल्य कायम भएको थिएन । तर वाइसिएलले सुनसरीको पकली स्थित पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष शिवप्रसाद घिमिरेको पम्पमा मट्टतिेल मिसाउदै गरेको अवस्थामा रंगेहात समातेपछि घिमिरेकै डिजाइनमा डिजलमा दोहोरो मूल्य कायम भएको बताइएको छ । डिजलको तस्करीबाट राम्रो फाइदा हुन थालेपछि अहिले घिमिरेले मट्टतिेलको बिक्रि ७५ प्रतिशतले कटौति समेत गरेका छन् । मासिक ६० हजार लिटर मट्टतिेल खपत गर्ने घिमिरेको जव्दी आयलले हिजोआज बढीमा १२ हजार लिटर मात्र खपत गर्ने गरेको छ । यसबाट पनि डिजेलको कालोबजारी र तस्करीमा बृद्धि भएको प्रष्ठ हुन्छ ।
| पाठक प्रतिक्रिया | |
|
|