

२९ फाल्गुन/ सप्तरीमा घर भै सिन्धुपाल्चोकमा कार्यरत प्रधानाध्यापक राजकुमार यादव अझैसम्म वेपत्ता रहेकोले खोजी दिन गृह मन्त्रालय लगायत अन्य स्थानमा आफन्तहरुले उजूरी दिएका छन् । सप्तरी पकरी- १ सोनरा निवासी यादव सिन्धुपाल्चोकको सिद्धि गणेश मावि सानो सिसुवारीमा प्रधानाध्यापक पदमा कार्यरत रहेको र गत ४ गतेदेखि वेपत्ता रहेको उजूरीमा जनाईएको छ । उक्त दिन चौताराबाट काठमाण्डौ आई रहेको समयदेखि प्रअ यादव सम्पर्क विहिन रहेको कुरा यादवकी श्रीमती रिंकुकुमारी यादवले वताएकी छन् । वेपत्ता प्रअका पिता सत्यदेव यादवले बिहीवार गृहमन्त्री, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखा र इन्टरपोल महाशाखामा जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत उजूरी पठाउादै वेपत्ता प्रअको खोजी गरि दिनका लागि आग्रह गरेका छन् ।
| पाठक प्रतिक्रिया | |
|
|