

३० फाल्गुन/ नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिले पनि संविधान सभा निर्वाचन सम्पन्न गर्न धेरै अवरोध कायम रहेको बताउनुभएको छ । बिहीवार विराटनगरमा कोचिला राज्य समिति अन्तरगतका प्रत्यक्ष र समानुपातिक निर्वाचनका उम्मेदवारहरुको परिचय र सम्मान कार्यक्रममा बोल्दै नेता भट्टराईले संविधान सभा राजतन्त्र विरुद्धका आनदोलन भएकोले उनीहरुले षड्यन्त्र गरिरहेको र त्यो नै मुख्य अवरोध भएको बताउनु भएको हो । उहाँले संविधान सभा निर्वाचन भाड्ने ठुलो षड्यन्त्र भइरहेको सुचना प्राप्त भएको र जुनसुकै बेलामा पनि सुचना दिन सक्ने सामथ्र्य रहेको जानकारी दिनुभयो । माओवादी वाहेक कुनै पनि पार्टीले सम्विधान सभा होस् भनेर भित्रबाट नचाहेकेा भन्दै उहाले काग्रेंस र एमाले परिवर्तनको खोल ओढेर जनता झुक्याउन आएको आरोप लगाउनुभयो । नेता भट्टराईले माओवादी भनेको पार्टी मात्र नभएर सामन्तवाद विरोधि तथा युग परिवर्तन गर्ने आन्दोलन हो भन्नुभयो । नेकपा माओवादीले स्थापित गरेको संविधान सभाको मुद्धामा अरु राजनीतिक दल विजयी हुन नसक्ने बताउदै उहाले भन्नुभयो -जस्ले संविधान सभा सम्भव बनायो उही विजयी बन्ने र त्यो प्रकृया सुरु भइसकेको छ । वाम तालमेल गर्न सके मुलुकमा ९० प्रतिशत मत वामपंथिको हातमा रहने भनेर नै आफुहरुले बाम तालमेलको कुरा उठाएको दावी गर्दै एमालेलाई आत्महत्या नगरोस भनेर बचाउन खोजेपनि उसले आत्महत्या गर्न रुचाएको उहाको दावी थियो । संविधान सभा निर्वाचनलाई यथास्थितीवादी र प्रतिगामिहरुले संसदिय निर्वाचनको रुपमा बुझ्न थालेको भन्दै त्यस्तो प्रयत्नबाट माओवादीलाई डर लागेको समेत बताउनुभयो । उहाले भन्नुभयो -यदी संविधान सभालाई संसदिय निर्वाचनको रुपमा बुझियो भने कुनै पनि हालतमा परिवर्तन संभव हुदैन । पुरानो विचार र पुरानो नेतृत्वबाट नयाँ नेपाल बन्न नसक्ने दावी गर्दै नेता भट्टराईले सात सालमा व्याएको बुढी गाईले अहिले दुध दिदैन र खाइलाग्दो परेको बैली गाई व्याउदैन नव्याउने गाईले दुध दिदैन भन्दै एमाले र नेपाली काग्रंेसको पछाडि नलाग्न सचेत पार्नुभयो । त्यस अघि विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै माओवादी बरिष्ठ नेता भट्टराईले माओवादी र वाइसिएल सच्चिनु पर्छ भन्नेहरुले राजा ज्ञानेन्द्रलाई राख्नु पर्छ भनिरहेका छन् त्यस अर्थमा आफुहरु सच्चिन नसक्ने बताउनुभयो । उहाले हिजो माओवादीले ठोकेरै राजा ज्ञानेन्द्रलदाई तह लगाएको र आज ज्ञानेन्द्रका दुत भएर आउनेहरुलाई वाइसिएलले नठोके पनि उनीहरु आफै ठोक्किन आइपुग्ने गरेको बताउनुभयो । नेता भट्टराईले संविधान सभा निर्वाचन पछि एमाले पुर्णरुपमा बढारिने समेत दावी गर्नुभयो । उहाले महिला र पुरुष दुवै हैन भनेर बीचमा रहन खोज्ने प्रवृतीको कुनै भविष्य समेत नरहेकोले इमान्दार र कम्यूनिष्टहरुले आफ्नो ठाउ खोज्नु पर्छ भन्नुभएको छ । कार्यक्रममा कोचिला राज्य समितिका २२ जना प्त्यक्ष उम्मेदवार र ३२ जना समानुपातिक उम्मेदवारको परिचय र सम्मान गरिएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|