

नेपाली कांग्रेसले अधिकारिणी अधिकार प्रधानमन्त्रीमा रहने व्यवस्थासहितको चुनावी घोषणापत्र बिहीबार सार्वजनिक गरेको छ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
३२ पेज लामो घोषणापत्रलाई ७ खण्डमा विभाजन गरिएको छ। कांग्रेसले गत असोजको महासमितिको बैठकले पारित गरेको घोषणापत्र मस्यौदालाई सामान्य हेरफेर गरेको जनाएको छ।
कांग्रेसले राष्ट्रपति पद्धतिलाई स्वीकार गरे पनि कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा रहने प्रस्ताव गरेको छ। राष्ट्र प्रमुखको रुपमा आलंकारिक राष्ट्रपतिको प्रस्ताव कांग्रेसले गरेको छ। लोकतन्त्र र विधिको शासनमा जोड दिएको कांग्रेसको घोषणापत्रमा संघीयतालाई स्वीकार गरिए पनि अहिल्यै कतिवटा संघ हुने भन्नेबारे केही उल्लेख गरिएको छैन ।
भाषा, संस्कृति भौगोलिक विशिष्ठताका आधारमा संघहरु निर्माण हुने र त्यसको छिनोफानो पछि लगाइने उल्लेख गरिएको छ। सेनालाई समावेशी र व्यवसायिक बनाइने उल्लेख गरिएको घोषणापत्रमा निजामति र प्रहरीलाई संघीयताअन्तर्गत पुनःसंरचना गरिने उल्लेख छ।
| पाठक प्रतिक्रिया | |
|
|