

नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा एमाले भाइ कांग्रेस बनेको बताउँदै उन कम्युनिष्ट र कांग्रेस दुवै हुन नसकेको तेस्रो लिङ्गी भएको बताउनुभएको छ।
बिहीबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै एमालेकै कारण चुनावी तालमेल हुन नसकेको दोहोर्याउनुभयो । उहाँले भन्नुभयो, एमालेलाई अस्तित्व जोगाउने अवसर थियो तर उनीहरु भाइ कांग्रेस बने त्यसैले तालमेल हुन सकेन ।
एमालेले माओवादीसँग तालमेल नगरेर आत्महत्या बारे डा. भट्टराईको भनाइ थियो । एमाले अब बामपन्थी नरहेको उहाँको दावी थियो ।
अब उनीहरु न त बामपन्थी नै रहे न त प्रजातन्त्रवादी नै साँच्चिकै भन्नु पर्दा उनीहरु तेस्रो लिङ्गीजस्तै भएका छन् ।
माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग वाइसीएल सुध्रेनन् नि भन्ने संचारकर्मीको प्रश्नमा डा. भट्टराईको भनाइ थियो, \'माओवादी र वाइसीएल सुध्रे भने राजा ज्ञानेन्द्र सप्रन्छन्।
| पाठक प्रतिक्रिया | |
|
|