

१ चैत्र/ संविधानसभा निर्वाचन नजिकिदै जाादा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न झापाको मेचीनगरमा माओवादीको युवा संगठन वाईसिलले नियमित रात्री गस्ती सुरु गरेको छ । वाईसिलका एरिया सदस्य सञ्जयको नेतृत्वमा रहेको टोलीमा ३०० युवाहरु परिचालित रहेका छन् । टोलीले सााझ ७ः०० बजेदेखि विहान ६ः०० बजेसम्म पालैपालो गस्ती गरिरहेको वाइसिल क्षेत्रीय संयोजक निरु खतिवडाले जानकारी दिनुभयो । बढ्दै गइरहेको चोरी, डकैती, हत्या, लुटपाट, बलात्कार जस्ता क्रियाकलापहरुको नियन्त्रण तथा निर्वाचनमा हुने अबैध कृयाकलाप नियन्त्रण गर्न गस्ती सुरु गरिएको वाईसिएलको भनाई छ । एमाले , कांग्रेसले निर्वाचनमा जनतालाई पैसा बााड्ने, भोज खुवाउने जस्ता कार्य गर्ने प्रयास गरिरहेकोले त्यसलाई समेत गस्तीले निगरानी र नियन्त्रण गर्ने बताइएको छ । शान्ति, सुरक्षा र अपराध नियन्त्रणको जिम्मा प्रहरीको भएको भएपनि चुनावी व्यस्थताको कारण अपराध बढ्ने भएकोले प्रहरीलाई सहयोग गर्न गस्ती सुरु गरिएको वाईसिएलले जनाएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|