

१ चैत्र/ सेवा बचत तथा ऋण सहकारी संस्था इटहरीले जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका हजारौ बिपन्न महिलाहरुका लागि ३ करोड १८ लाख ४५ हजार ऋण प्रवाह गरेको जनाएको छ । ग्रामीण बिपन्न महिलाहरुको जिवन स्तर उकास्ने उद्देश्यले स्थापीत संस्थाले जिल्लाका इटहरी, हाासपोसा, भासी, जनताबस्ती, गैसार लगायतका क्षेत्रका गरिव महिलाहरुलाई सहुलियत व्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ । नौ बर्ष अगाडि २७ जना सदस्यहरुले स्थापना गरेको संस्थामा अहिले २ हजार ७ सय ४७ शेयर सदस्यहरु रहेका छन् । संस्थामा ९१ प्रतिशत महिला सदस्य छन् । सञ्चालक समिति र शेयरमा केही पुरुष बाहेक अन्य बााकी महिला रहेको सञ्चालक समितिका सदस्य कमल तिम्सिनाले जानकारी दिनुभयो । संस्थाको नवौ बाषिर्क साधारण सभाको अवसरमा दिइएको जानकारी अनुसार संस्थाले दिगो जिवन पर्वाह, लघु वित्त कार्यक्रम, प्राङ्गारिक कृषि तालिम, उद्यम विकास लगायतका क्षेत्रमा समेत लगानी तथा सहयोग गर्दै आएको छ । संस्थाले विभिन्न सामाजिक भवन निमार्णमा सहयोग, अभिमुखिकरण गोष्ठी लगायतका कार्यक्रम सञ्चालका कार्यक्रम नियमीत रुपमा गर्दै आइरहेको तिम्सिनाले जानकारी दिनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|