

१ चैत्र/ जिल्ला सुरक्षा समिति मोरङले संविधानसभा निर्वाचनमा मोरङका १७ गाविस सुरक्षाको दृष्टीले संवेदनशिल रहेको ठहर गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यलयमा आयोजित निर्वाचन सुरक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद रेग्मीले त्यसबारे जानकारी गराउनु भएको हो । विशेष गरी दक्षीणवर्ती गाविसका १७ मतदान केन्द्र र विराटनगर उपमहानगरपालिका भित्रका ३ वटा वडा सम्वेदनशिल रहेको बताइएकोे छ । मोरङका बााकी गाविसका ७ सय ६ मतदान केन्द्रको अवस्था सामान्य रहेको रेग्मीले बताउनु भयो । संविधानसभा निर्वाचनमा मोरङ जिल्लामा नेपाल प्रहरीका १ हजार ३ सय ४६ र सशस्त्रका ७ सय ४६ सुरक्षकर्मी परिचालन गरिने छ । यसैगरी निर्वाचन सुरक्षा सहयोगको लागि १ हजार ५ सय ६ जना म्यादी प्रहरी र २ सय जना म्यादी सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षामा खटाइने छ । सुरक्षाकर्मी र कर्मचारी गरी मोरङमा ८ हजार २ सय ७२ जना निर्वाचनमा परिचालन गरिने भएको छ । त्यस वाहेक जिल्लामा ३ हजार ८ सय ७२ जना स्वयंसेवक परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । छलफलमा सात राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका व्यक्तिहरु समेत सहभागि हुनुहुन्थ्यो । निर्वाचनका उम्मेदवारको सुरक्षाका लागि हतियार सहितका सुरक्षाकर्मी परिचालन गर्न सकिने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भएको छ । उहााले आवश्यकता अनुसार त्यस्ता सुरक्षाकर्मी उपलव्ध गराइने नीति रहेको जानकारी दिनुभएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|